काठमाडौं । देशमा अहिलेसम्मकै सबैभन्दा ठूलो मात्रामा तस्करीको सुन केही दिनअघि मात्रै राजस्व अनुसन्धान विभागले पक्रिएपछि नेपाली बजारमा तरंग पैदा भएको छ । एक क्विन्टल र त्यसको हप्तादिनअघि नौ केजीका सुन समातिएको थियो । तर यी दुई काण्डमा सुन कति केजी थियो र अन्य धातु कति केजी थियो भन्नेबारे अझै अनुसन्धान भइरहेको छ । पछिल्लोपटक पक्राउ परेका यी दुवै काण्ड नाटकीयरूपले प्रकट भएका छन् । कतिसम्म कि गोदाममा थन्क्याइएका वस्तुमा सुन रहेको पत्ता लगाएर त्यसलाई निगरानी गर्न बसेका कर्मचारीले नै वस्तुसाटेर सुन बिक्री गरेका थिए भने एक क्विन्टलवाला भने सुन लुकाइएको सामान विधिवत्रूपले नै भन्सार क्षेत्र कटाएर बाहिर निकालिसकेको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो । लरतरारूपले पत्याउन पनि नसकिने यस्ता घटना कसरी भए होलान् भन्ने यतिबेला आम जिज्ञासाको विषय बनेको छ । जुन स्वाभाविक पनि हो । लरतरो प्रकारको मिलिभगतले यत्रो काम फच्चे होला भन्ने सोच्न पनि सकिँदैन । यही बेला केही शंकास्पद सम्पर्क र भेटघाटका समाचारहरू बाहिर आएका छन् । यसले बाँकी रहेको छानबिनको निष्पक्षतामाथि नै प्रश्न खडा गराएको छ ।
यो घटनामा दुईजना पूर्वसभामुख, पूर्वउपराष्ट्रपति र यी सबैका परिवार जोडिएका छन् । निष्पक्ष भयो भने यो अनुसन्धान अघि बढ्दै जाँदा यसले ठूलै पहरो तान्ने सम्भावना देखिन्छ । अझ गम्भीर विषय हो, यो कनेक्सनमा सत्ता र विपक्ष समान रहेको पाइनु । तस्करीजस्तो घटनामा सत्तारुढ र विपक्षी दलको संलग्नता देखिन थाल्नु वास्तवमा नै सामान्य होइन । यो शक्तिले छानबिनकै निष्पक्षता कायम रहन देला कि नदेला भन्ने व्यापक शंका खडा भएको छ । नाम जोडिएको व्यक्तिमा एकजना त सत्तारुढ दलका प्रवक्ता नै छन् । तस्करी भएर आएको सुन भन्सारमा रहँदाको समयमा आरोपित व्यक्ति र यी नेताबीच दुई सयभन्दा बढी पटक टेलिफोन संवाद भएका विवरणहरू बाहिर आएका छन् । भन्सारमै पनि शंकास्पद मानिएर जफत भएका वस्तु छुटाउन यो ठाउँबाट दबाब दिइएको भन्ने भन्सार अधिकृतकै बयानमा उल्लेख भएको पाइयो । यी रेकर्डभएका कुरा हुन् । त्यसलाई अनुसन्धानको विषय बनाइएको थियो भने यसभन्दा बढी कुरा प्राप्त हुन सक्ने थियो होला । तर अघिल्लो पटकको तस्करीसँग जोडिएका यी पात्रसँग सामान्य बयानसमेत लिइएको अवस्था छैन । जबकि त्यो लटका अरू अभियुक्तहरू थुनामा छन् । यसले नै अनुसन्धानमा शंका जन्माएको हो ।
यतिबेला सत्ता र विपक्षबीच बाहिर एउटा चर्चा आएको छ । त्यो हो यो सुनकाण्ड गहिरिँदै गर्दा सत्तागठबन्धन फेरिन लागको चर्चा । यसका लागि सत्ता गठबन्धन नै पनि फेरिन सक्छ । यो सुनकाण्डमा कुनै न कुनै रूपले आफ्नो संलग्नताबारे समाचारहरू आउन थाले पनि पछिल्लो समय सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटघाट बाक्लिएको देखिन्छ । भुटानी शरणार्थी काण्डमा पनि यस्तै भएको थियो जसले त्यो घटनाको अनुसन्धान पनि पूर्ण हुन नपाएको धेरैको बुझाइ छ । एउटा बयानका कारण कोही जेल गएका छन् भने त्यस्तै अर्को बयानलाई त्यसै छाडिएको अवस्था विद्यमान छ । यो घटनाले नै अहिले यो सुनकाण्डलाई पनि तर्साएको अवस्था छ । पछिल्लो समय पक्राउ परेका व्यक्ति नाइके हुन् भने उनीसँग सम्बन्ध रहेका व्यक्ति अनुसन्धान गर्न लायक हुन् कि होइनन् भन्ने अहिलेको आम प्रश्न हो । यो सुनकाण्डको अनुसन्धानलाई विश्वसनीय बनाऊ र छिटो टुङ्ग्याऊ ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया