सुनकाण्डमा दोषीमाथि सुनपानी नछर्कियोस्
काठमाडौं । अहिलेसम्मकै सबैभन्दा ठूलो सुन तस्करी प्रकरणमा देखिएको उच्च तहको संलग्नताले यसको सतही छानबिन र जरैसम्म पुग्ने अभ्यासमाथि चोटलाग्ला कि भन्ने शंका बढ्दै गएको छ । सय केजी सुन समातिएको चौथो हप्ता कचलिरहेको छ । त्यसमा संलग्न देखिएको भनी शंका गर्ने ठाउँ देखिएका आधारमाथि यतिबेलासम्म छानबिन थालिएको देखिएन । आफूमाथि दुराग्रह राखेको भनेर सम्बन्धित पक्षले वक्तव्य दिएकै आधारमा पक्राउ परेका व्यक्तिसँगको घनिष्ट प्रकारको उठबस भएका तस्वीरहरूको पनि कुनै सत्यतथ्य छानबिनमा ल्याइएको छैन । त्यसरी तस्वीर छापिएका व्यक्ति लरतरोको होइन । पूर्वसभामुख र पूर्वअर्थमन्त्रीको हैसियत राख्थे । तर यी कुरा सार्वजनिक भइसकेपछि पनि कतै राज्यले उनीहरूमाथि छानबिन गर्न आवश्यक ठानेको देखिएन । राज्यले उनीहरूमाथि त्यस्तो छानबिन गरेको भए यदि उनीहरू निर्दोष थिए भने स्वयम् आरोपीलाई पनि राहत पुग्ने थियो । तर यी पङ्क्ति लेखिएको बेलासम्म त्यस्तो वातावरण बनाइको नै पाइएन जसले शंकाहरू बढाउँदै लगेको छ ।
सय केजी सुन पक्राउ परेको हप्ताअघि मात्रै त्यसरी नै तस्करी भएर आएको नौ केजी सुनको सन्दर्भ उठेको थियो । त्यसमा पनि त्यस्तै उच्चतहको संलग्नता रहेका भन्ने विवरणहरूले पुष्ट्याइ गरेका थिए । तर त्यो पक्षलाई छँुदैनछोई माथिमाथि मात्रै अनुसन्धान भयो । तस्करी भएर आएको त्यो सुन छुटाउने सन्दर्भमा आएको एउटा बयानले पनि धेरै कुरा बताइरहेको थियो । त्यसबेलाको भन्सार अधिकृतको सार्वजनिक भएको त्यो बयानको अंश हेरौं‘– …तत्पश्चात् निज यात्रु शाखाबाट बाहिर निस्की गएकोमा केही समयपश्चात् ९८५१००८… नम्बरबाट मेरो मोबाइलमा समेत फोन गरी सोही कुरा दोहो¥याएकोमा मैले निजलाई जफत भएको मालवस्तु जाँचपास नहुने भनेको थिएँ । सोही विषयमा आफूलाई राहुल महरा भनी चिनाउने व्यक्तिले ९८५११११ नम्बरबाट मेरो ९८५७०३५… नम्बरको मोबाइलमा फोन गरी जफत भएको उक्त इलेक्ट्रिक सिगरेट (भेप) को लिलामी प्रक्रिया के हो ? कसरी हुन्छ भनी सोधपुछ गरेकोमा मैले निजलाई जफत भएको मालवस्तु मुद्दा तथा लिलामी शाखामा पठाइने र नियमानुसार लिलाम हुने वस्तु भए बोलकबोल सूचना प्रकाशित भई लिलाम गरिन्छ, लिलाम नगरी नष्ट गर्ने चिजवस्तु भए नियमानुसार नष्ट गर्ने गरिन्छ, सो सम्बन्धमा सम्बन्धित शाखामै बुझ्दा उचित हुन्छ भनी जानकारी गराएको थिएँ ।’
यो बयानमा उल्लेख भएको आफूलाई राहुल महरा भनी चिनाउने व्यक्ति तिनै हुन् जो पूर्वसभामुखको छोरा भनी परिचय दिन्छ । साथी यो ठाउँमा उल्लेख भएको मोबाइल नम्बर पनि उनकै हो । यी टेलिफोन नम्बर कसको नाममा छन् भन्ने राज्यले हेर्न सक्छ र वार्तासमेत उतार गर्न सक्छ । पूर्वसभामुख र उनका छोराले सुन तस्कर भनी चिनिएका चिनियाँ नागरिकसँग एकदिनमा दुईपटकसम्म कुरा भएको तीन महिनाको बीचमा दुई सय पटकसम्म सम्पर्क गरिएको विवरण प्रहरीले नै फेला पारेको हो । तर उनीहरूमाथि अरू केही छानबिन नै भएन । पछिल्लो समय शंका जन्मिएको ठाउँ पनि यही हो । फरक कति भने यो नौ केजीको कुरा थियो भने त्यसपछि सय केजी । यी दुवैपटकका तस्करहरू परिचित भइसकेका छन् । यस्तो सम्बन्ध रहेकामध्ये दुईजना त पक्राउ नै परिसकेका छन् । यो सुन जसरी ल्याउन खोजियो त्यसमा उच्चतहको संलग्नता नभई सम्भव हुँदैन भन्ने विज्ञहरूको राय आइरहेको छ । तर अनुसन्धानमा यो पक्ष अहिलेसम्म छोइएको छैन । यसले नै शंका बढाएको हो । सुनकाण्डमा सुन पानी नछर्कियोस् । राज्य सतर्क हुनु जरुरी छ ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया