काठमाडौं । ‘के निहुँ पाऊँ, कनिका बुक्याऊँ’ भन्ने उखानलाई चरितार्थ गर्दै आइरहेको नेपाली बजारले योपटक चामलको मूल्य बढाउन निहुँ पाएको छ । करिब एक महिनाअघि भारतले चामलको निर्यात रोक्नेबारे गरेको निर्णयले व्यवसायीलाई मूल्य बढाउने बहाना मिलेको छ । जबकि भारतले गरेको निर्णय कार्यान्वयनमा आएको छैन । यसअघि नै भारतले यस्तो निर्णय गर्ने पूर्वसंकेत गरिसकेको थियो । त्यसले नेपाली बजारमा अस्वाभाविकरूपले मूल्य बढ्न सक्नेतिर सरोकारवाला निकायले सरकारको ध्यानाकर्षण पनि गरेको थियो । तर सरकारले अनुगमनमा चासो नदिँदा अहिले नेपाली बजारमा चामलको मूल्य आकाशिएको छ । यसैकारण नेपाली बजारमा भारतको निर्णय कार्यान्वयनमा आउनु पहिले नै त्यसैलाई कारण देखाएर चामलको मूल्य भारीरूपले वृद्धि गरिएको छ । नेपालले भारतसँग उचित पहल गरेको भए यो निर्णय नेपालमा लागू नहुने सर्त कायम हुन्थ्यो । भारतको त्यो निर्णयमा नै सरकारले चाहेको देशलाई भने पूर्ववत् कायम रहने भनेर उल्लेख छ । तर नेपालले त्यस्तो सुविधा लिन अहिलेसम्म पहल गरेको देखिएको छैन । त्यसैकारण पनि होला उसले निर्यात रोक्नुअघि नै चामलमा मूल्यवृद्धि भइसकेको अवस्था छ ।
भारतले बासमतीबाहेक खासगरी आमतहले उपभोग गर्ने सबैखाले चामलको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपालमा ठूलो मात्रामा चामल आयात भएको तथ्याङ्कले देखाएको छ । भारतले गएको साउन ४ मा यस्तोे निर्णय गरेको थियो । त्यसपछिका केही दिनमा यति धेरै चामल आयात भए जसले बजार झनै सस्तो हुनुपर्ने थियो । तर भयो उल्टो । प्रतिबन्ध लागेको भोलिपल्टदेखि बजारमा अभाव हुने र त्यसको फाइदा लिन ल्याइएका यी चामल अहिले नै महँगो भएर बजारमा पुगे । जसले नियमितरूपमा बेचविखन भइरहेका चामलको भाउ समेत एक्कासी बढ्न गयो । यतिबेलाको चामलको बजार त्यसैको शिकार भएको हो । सरकाले कडारूपले हस्तक्षेप गर्नेहो भने अब चामलको मूल्य घट्ने सम्भावना देखिँदैन । सरकाले भारतसँग कूटनीतिक पहल गरेर प्रतिबन्ध फुकुवाको पहल गर्न ढिलो भइसकेको छ । साथै, नेपालमा मौका छोपेर को खण्डमा भने केही राहत होला । तर फेरि पनि सरकारको अकर्मण्यतातर्फ नै कुरा जान्छ । मूल्य बढेको यो कुरा सरकारकै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा पनि देखिएको थियो । तर त्यसलाई रोक्न कुनै कारबाही भएको छैन । सरकारको यस्तो उद्धारमनालाई नाफाखोरले चामलको बजार कब्जामा लिने माध्यम बनाएको पाइन्छ ।
सरकारी विभागको अनुगमनमा नै प्रतिबोरा २०/२५ किलाको मसिनो चामल एक सय रूपैयाँ र मोटा चामलमा प्रतिबोरा एक सय ५० देखि दुई सय रूपैयाँसम्म मूल्यवृद्धि गरिएको पाइयो । भारतमा प्रतिबन्ध लागेको चामल पनि यही मोटा हो । खाद्यान्नका होलसेल व्यवसायीहरूका अनुसार पनि अहिले चामलको मूल्य प्रतिकिलो १४ रूपैयाँसम्म बढेको छ । उनका अनुसार एक साताअघि प्रतिकिलो ८२ रूपैयाँ पर्ने जिरा मसिनो चामल बढेर ९० रूपैयाँ पुगेको छ । ६२ रूपैयाँ पर्ने मोटा चामल ७६ रूपैयाँमा आएकोछ । मोटाचामलको मूल्यवृद्धिले खासगरी निम्न आय भएका व्यक्ति वा परिवारको जीवन निर्वाहमा प्रभाव पार्छ । मोटाचामल बिलासी वस्तु होइन । आधारभूत वस्तुको रूपमा लिनुपर्ने अवस्थामा त्यसको मूल्य योरूपले बढ्दा सरकार मौन रहन नमिल्नुपर्ने हो । कालाबजारीयाले भारतको प्रतिबन्धको सन्देशबाट कुस्त कमाउन खोजेको देखिन्छ । त्यसमा हस्तक्षेप गरेर बजारलाई यथास्थितिमा ल्याउन आवश्यक छ । यसतर्फ सरकारको ध्यान जाओस् ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया