काठमाडौं । पछिल्लो समय नेपालले भारतमा बिजुली बेचेर देशलाई नै समृद्धिको शिखरमा पु-याउने भनी प्रधानमन्त्रीदेखि मन्त्री र सम्बन्धित अधिकारीहरूले दिनहुँ भाषणवाजी गरिहेको पाइन्छ । नेपाल जलस्रोतको दोस्रो धनी देश हो भने छिमेकी देश भारत विद्युत् उपभोगको सबैभन्दा ठूलो देश हो । नेपालको बिजुलीको उत्पादन अवस्था हेरियो भने बिजुली बेचेर समृद्धि ल्याउने कुरा त्यति हावादारी पनि होइन । पछिल्ला केही वर्षमा यस प्रकारका अभ्यासहरू पनि भइरहेका छन् । नेपालको व्यापार घाटाको अंक सबैभन्दा बढी छिमेकी देश भारतसँग नै छ । हरेक कुरामा तयो देशसँगको निर्भरता बढिरहेको अवस्थामा नेपालले सबैभन्दा ठूलो मात्रामा निर्यात गर्ने भनेको बिजुली नै हो । कृषि उत्पादन बढाउन सके त्यो पनि व्यापार सन्तुलनका लागि योगदान पु-याउनेमै पर्छ । गएको केही महिनादेखि भारतीय बजारमा नेपाली गोलभेँडाले बजार कब्जा गरेको अवस्था देखियो । तर यो त्यति भरपर्दो नहुन सक्छ । उत्पादनको व्यवस्था भरपर्दो नहुँदासम्म त्यसले स्थायित्व पाउँदैन । तर बिजुली त्यस्तो होइन । त्यसकारण यो जति बढी निर्यात गर्न सकियो त्यति नै फाइदा हुने अवस्था हुन्छ ।
तर दुई देशबीचको बिजुलीको मूल्यमा देखिएको व्यापक असमानता भने सामान्य छैन । यदि यही असमानता कायम रहने हो भने त्यसले झन् व्यापार घाटा बढाउने देखिन्छ भने अर्कोतर्फ यसले यी दुई देश समानरूपका स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न होइनन् कि जस्तो देखाउँछ । सरकारले कसको कमजोरीबाट यस्तो भइरहेको छ भन्ने गम्भीर अध्ययन हुनु जरुरी छ । नेपाल विद्युत् प्राधिकरणको विद्युत् व्यापारसम्बन्धी एउटा प्रतिवेदनअनुसार नेपालले भारतीय बजारबाट खरिद गरेको बिजुलीको मूल्यभन्दा नेपालले भारतलाई धेरै नै सस्तो मूल्यमा बिक्री गर्ने गरेको देखिन्छ । गएको आर्थिक वर्षको कारोबार मात्रै हेरियो भने पनि पुग्छ । नेपालले गएको आर्थिक वर्षमा बिजुली खरिद–बिक्रीमा प्रतियुनिट औसत तीन रुपैयाँ (दुई रुपैयाँ ८८ पैसा) घाटा खाएर सहेर बिजुली बेचेको देखिन्छ । तर यता यसो गर्नुृपर्नाको कारण भने कतै खुलाइएको पाइँदैन । साथै, घाटाको यो व्यापारलाई घटाउन खोजेको पनि देखिँदैन । यसले प्राधिकरणको नेतृत्वमाथि नै गम्भीर प्रश्न खडा गरेको छ । प्राधिकरणकै अधिकारीका अनुसार भारतसँग बिजुलीको व्यापार बढाएको देखाएर स्याबासी लिन खोज्दा यस्तो स्थिति आएको पनि हुन सक्छ । यदि यसमा सच्चाइ छ भने सरकारले तत्कालै छानबिन गरोस् । त्यसो भएन भने यो यथास्थितिले देशलाई निरन्तर नोक्सानीमा लैजाने छ ।
प्राधिकरणको विवरणअनुसार नेपालले भारतबाट सरदरमा प्रतियुनिट १० रुपैयाँ ६२ पैसामा बिजुली किनेको देखिन्छ । यता बिक्रीचाहिँ सरदरमा आठ रुपैयाँभन्दा कम (सात रुपैयाँ ७४ पैसा) मा बेच्ने गरेको देखिन्छ । जब ठूलो कारोबार हुन्छ । त्यसले घाटाको अंक पनि बढाउँछ । जस्तो, आर्थिक वर्ष ०७९/८० मा प्राधिकरणले भारतबाट १९ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको बिजुली किनेको र १० अर्ब ४२ करोड रुपैयाँ बराबरको बिक्री गरेको भन्ने प्राधिकरणको रेकर्डमा अंकित छ । यस्तो, विद्युत् खरिद–बिक्रीबाट प्राधिकरणले प्रतिवर्ष करिब नौ अर्ब चार करोडको घाटा व्यहोर्नुपरेको अवस्था छ । खरिद र बिक्री गर्दाको मूल्यमा अन्तर परेर वर्षमा नै यति ठूलो घाटा हुन्छ भने त्यस्तो व्यापारलाई कसरी सन्तुलित मान्ने ?
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया