काठमाडौं । देशको अर्थ मन्दरूपले मन्दीमा रहेका अनेक संकेतहरू प्रकट भइरहेको बेला कर्जा प्रवाहमा आएको कमी पनि एउटा हुन सक्छ । सरकारले यसमा बेलैमा ध्यान दिएन र ऋण प्रवाहलाई बढाउनेतर्फ कदम चालेन भने यसले पार्ने साइड इफेक्ट सामान्य तहको मात्रै नहुन सक्छ । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार निक्षेप खाताको संख्या पाँच करोड नाघिसकको अवस्थामा कर्जा खाता भने केही लाखमा सीमित रहेको अवस्था छ । अध्ययन भएको समयमा ६२ लाख निक्षेप खाता थपिँदा यता कर्जा खाता भने १६ हजार मात्रैमा सीमित रहेको देखियो । थपिएका खाताको खाताको संख्यालाई आधार मान्ने हो भने यो धेरै ठूलो अन्तर हो । यसलाई आर्थिकरूपले राम्रो लक्षण मानिँदैन । निक्षेप खाता बढेकोमा खुसी हुनुपर्ने अवस्था आउँछ । तर त्यही छेउमा कर्जा खाता घट्दै गएको अवस्था उत्रिकै दुःखद् हो । यसले लगानीलाई संकेत गर्छ । कर्जा खाता घट्नु भनेको लगानी घट्नु हो । त्यसकारण यसतर्फ सरकारको ध्यान जान आवश्यक मानिएको हो ।
बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्नु धेरै प्रकारले सकारात्मक मानिन्छ । एउटा त मानिसको रकम जम्मा गर्ने बानीमा बैंकले प्रवेश पाएको बुझाउँछ भने त्यस्ता रकम अनुत्पाक रूपमा एक ठाउँमा थुप्रिन पाउँदैन । आर्थिक कारोबार पारदर्शी हुन जान्छ । अर्कोतर्फ उद्योगधन्दा कलकार्खानहरूले पुँजी पाउँछन् र उत्पादनमूलक व्यवसाय फस्टाउने हुन्छ । जो आर्थिक दृष्टिले उपलब्धिपूर्ण कुरा हो भन्न सकिन्छ । तर यो पछिल्लो उपलब्धि हासिल गर्नका लागि सर्त हो कर्जा खाताको पनि सोही अनुपातमा वृद्धि हुनु । त्यसो भएन भने पुँजी फेरि बैंकमा गएर थुप्रिन्छ वा केही सीमित व्यक्तिको हातमा पर्छ । त्यसकारण पनि नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले निक्षेप खाताको संख्या पाँच करोड बढी देखाउँदाको सकारात्मक कुरामा कर्जा खाता केही लाखमा सीमित रहेको अवस्थाले नकारात्मक सन्देश दिइरहेको बुझनुपर्छ भनिएको हो । निक्षेप खाताको यस्तो संख्याले एकातर्फ करोडौँ व्यक्तिबाट रकम सार्वजनिक संस्थामा आएको अवस्थामा त्यो रकम फेरि केही सीमित व्यक्तिको हातमा सरेको वा बैंकमा रहेको देखिन्छ भने अर्थतन्त्रमा यसले योगदान गर्ने मान्न सकिन्नँ । अर्थ चलाउनेहरूले यो कुरालाई गम्भीरतापूर्वक लिऊन् । मर्जर आदि कारणले बैंक तथा वित्तीय संस्थाको संख्या घट्दै गएको अवस्थामा पनि निक्षेप खाता बढेको देखिनु झनै राम्रो हो । यसको तलुनामा कर्जा खाता पनि बढाउन सकियो भने अर्थतन्त्रले थप गति पाउने हुन सक्छ ।
राष्ट्र बैंकको तथ्याङ्कले विगतको तुलनामा निक्षेप खाताका संख्या बढिरहेको देखिन्छ । यो भनेको आर्थिक गतिविधि पनि बढेको अवस्था हुनुपर्छ । विवरणअनुसार आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थामा कुल पाँच करोड ११ लाख ७७ हजार नौ सय २३ निक्षेप खाता सञ्चालनमा छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६२ लाख पाँच हजार नौ सय ५४ ले बढी हो । आर्थिक वर्ष २०७८/७९सम्म बैंक तथा वित्तीय संस्थामा कुल चार करोड ४९ लाख ७१ हजार नौ सय ६९ निक्षेप खाता सञ्चालनमा थिए । यता कर्जा खाता सोअनुसार बढेको देखिएन ।
आर्थिक वर्ष २०७८/७९मा कुल १८ लाख २९ हजार ४४ वटा कर्जा खाता सञ्चालनमा रहेकोमा गत आर्थिक वर्ष त्यो संख्या बढेर १८ लाख ४५ हजार दुई सय १३ पुगेको छ । गत आर्थिक वर्ष मात्रै कुल १६ हजार एक सय ६९ नयाँ कर्जा खाता थपिएका छन् । खाता थपिएको हो नै तर निक्षेपको तुलनामा धेरै कम हो । यसले लगानी कुन तहमा भइरहेको छ भन्ने बुझाउँछ । सरकारको तत्काल ध्यान जानुपर्ने र कारण खोज्नुपर्ने ठाउँ यही हो ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया