काठमाडौं । जहिलेदेखि देशमा योजानाबद्ध काम गर्न भनी योजना आयोग खडा भयो, त्यसै बेलादेखि यसको संरचना र कार्य प्रस्तुतिहरू एकै प्रकारले प्रस्तुत हुने गरेका छन् । त्यसमध्येको एउटा हो यसले प्रस्तुत गरेका योजना र प्रस्ताव कहिल्यै पूरा नहुनु । बजेट कार्यक्रममा आयोगले प्रस्ताव गरेका कार्यक्रमहरू मात्र वार्षिक योजनामा पर्छन् । पछिल्लो समय आयोगले १६ औँ पञ्चवर्र्षीय कार्यक्रमहरू प्रस्ताव गर्दैछ । यतिबेला १६औँ योजनाको अवधारणापत्रका बारेमा छलफल चलिरहेको छ । यो भनेको १६ औँ योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) का कार्यक्रम हुन् । ती कार्यक्रमहरू कस्ता हुने र त्यसले देशमा कस्तो खालको उपलब्धि दिन्छ भन्ने यो अवधारणामा देखाइनु स्वाभाविक हो । १६औँ पञ्चवर्षीय योजना भन्नाले देशले १५ औँ पञ्चवर्षीय योजना भुक्तान गरिसकेको बुझाउँछ । यसको अर्थ हो योजना आयोगले योजना प्रस्ताव गर्न थालेको ७५ वर्ष बितिसकेको छ । सात दशकको यसको यात्रामा खासगरी योजनाका सन्दर्भमा एउटा प्रश्न सधैँ निरुत्तरित रहने गरेको छ । त्यो हो सधैँ यसले प्रस्ताव गरेका योजना किन अधुरै हुन्छन् र सधैँ वाञ्छित लक्ष्य पूरा हुन नसकेका योजना नै किन दोहोरिहन्छन् ? यसको जवाफ आयोगले देओस् ।
१६ औं अवधारणापत्रको प्रमुख रणनीतिक विकास प्रयासमा देखिएका संरचनात्मक अवरोध र त्यसको समाधान, योजना कार्यान्वयन र विकासका कार्यक्रम कार्यान्वयनलाई समावेश गरेको बताइएको छ । रिपोर्ट पनि त्यसरी नै भइरहेको पाइन्छ । तर यो कुरा १६ औँ अवधारणा प्रस्तुत गरिँदा लेखिएजस्तै आयोगका विगतका प्रयासकै अवधारणमा उल्लेख हुँदै आएका छन् । तर कुनै पनि वर्ष वा कुनै पनि आवधिक समयमा विकास प्रयासमा देखिएका संरचनात्मक अवरोध हटेको देखिएन भने त्यसको समाधान, योजना कार्यान्वयन र विकासका कार्यक्रम कार्यान्वयन भएको पनि पाइएको छैन । एक हप्ताअघि राष्ट्रिय विकास समितिको बैठकमा जे देखियो, एउटा कानुनको संशोधन प्रस्ताव हुँदा चार दशकदेखि यथावत् रहेको र पछि संशोधन भएर आउँदा पुरानै अवस्थामा रहेको भनी सहभागीहरूले बताएका विवरण पनि सार्वजनिक भएका छन् । आयोगले भने यो कुरालाई थाहा नै नपाए जसरी पन्छाएको देखिन्छ । यसले आयोगमाथि नै सीमित घेरामा बसेर अवधारणा पत्र तयार गर्ने र त्यसैलाई पञ्चवर्षीय योजनाका रूपमा प्रस्तुत गर्ने गरिएबाट त्यसको कार्यान्वयनमा सधैँ प्रश्न उठ्ने गरेको भन्ने धेरैको बुझाइ पाइन्छ । कतिपय असफल योजनाहरूले त्यसको पुष्टि पनि गर्छन् । पहिलो त यसअघिका कार्यक्रम किन असफल भए भन्ने सन्दर्भमा एउटा न एउटा बहाना बताइने गरिएको छ । त्यो आफैँमा कति सही हो भन्नेचाहिँ कतै उल्लेख भएको पाइँदैन ।
साह्रौँ योजनाको चर्चा हुँदा पन्ध्रौंका कार्यक्रमको कार्यान्वयनमा देखिएका असफलताको उल्लेख भएको छ । सरकारको नीति तथा कार्यक्रम तथा बजेटमा समावेश भएका विषयवस्तुसहित योजना आयोगले आफूले प्रस्तुत गरेका कार्यक्रमहरू कार्यान्वयन नहुनुमा कोभिडलाई दोष दिएको छ । त्यसमा भनिएको छ, ‘१५औँ योजनाका उद्देश्य तथा रणनीति कार्यान्वयन गर्न नसक्नुमा कोभिड–१९ महामारी कारक रह्यो । १५औँ योजनाको संक्षिप्त समीक्षा गर्दा कोभिड–१९ महामारीका कारण सामाजिक क्षेत्र तर्फका उपक्षेत्रमा लिएका लक्ष्यहरू हासिल हुन सकेनन् । याद रहोस्, कोभिड–१९ एक वर्षको थियो तर त्यसमाथि पाँच वर्षको असफलता बोकाइयो । यो भनेको आयोग आफ्ना योजना सहीरूपमा कार्यान्वयनमा नगएर वा गए पनि ती सही नभएका कारण उपलब्धि हाँसिल नभएको असफलताबाट पन्छिन खोजेको बुझ्न सकिन्छ । यो एक पटक मात्रै होइन, सधैँ यस्तै हुँदै आइरहेको छ । कोभिड नभएका बेलामा पनि कार्यक्रम असफल भएका छन् । त्यसकारण सधैँ यस्तो किन भइरहेको छ भन्ने आयोगले जवाफ दिनुपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया