बिजुलीका तार भूमिगत गर्दाको लापरबाही रोक
काठमाडौं । विकास निर्माणका काममा जताततै हेलचक्राइँ र लापरबाहीको चरम अवस्थाले सम्पन्न भएका कामहरू आफैँ गुणस्तरहीन र जोखिमयुक्त रहने गरेकै क्रममा नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्दा त्रुटिपूर्ण काम गरेको देखिएको छ । प्राधिकरणको लापरबाही र त्रुटिपूर्ण भएको अर्को कैफियत थपिएको छ । पहिले पानीमा ढलमिसिएर खानेपानी नै प्रदुषित बन्ने गरेको विवरणहरू सधैँ आइरहन्थे भने कतिपय अवस्थामा भूमिगतरूपमा खानेपानी र ढलका गुणस्तरहीन विस्तारका कारण सडक नै ढल र पानीका खोलोजस्तै बग्दथे । पछिल्लो समय मेलम्ची खानेपानीका पाइपहरू त्यसरी नै अवैज्ञानिक तरिकाले बिछ्याइँदा कतिपय मूल सडकहरू सवारीका लागि महिनौँ रोकिनुपरेका उदाहरण छन् । वर्षात्कोे समय भए पनि अहिले पनि नालाबाट ढल बग्दैनन् । सबै सडकमा भरिभराउ हुन्छन् । यस्तो रोग करिबकरिब सबै सहरमा व्याप्त छ । निर्माणका क्रममा अर्थात् पानी र पाइपका ढलहरू बिछ्याउँदाको क्र्रममा यथोचित ध्यान दिइएको भए यस्तो स्थिति आउने थिएन । अहिले यस्तो रोग नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्दा पनि त्यस्तै प्राविधिक बुटी दोहोरिएको देखिन थालेको छ ।
प्राधिकरणले बिजुलीको तार भूमिगत गर्दा गरेको लापरबाही कुनै सतही आरोप होइनन् । खासगरी सडक निर्माणसँग सम्बन्धित अर्को सरकारी निकाय सडक विभागले आफ्नो क्षेत्रमा काम गर्दाका क्रममा प्रकट भएका त्रुटि हुन् । काठमाडौं, ललितपुर महानगरपालिका, खानेपानी, नेपाल टेलिकम, ढल विभाग आदि निकाय प्राधिकरणको बिजुलीका तार भूमिगत गर्दा गरेको लापरबाहीका प्रत्यक्ष पीडित समूहहरू हुन् । यिनले आफ्ना निकाय मातहतका काम सम्पन्न गर्दा प्राधिकरणले भूमिगत गरेका भनिएका बिजुलीका तार बाधक भए । बिजुलीका तारको प्रकृत्ति भिन्नै हुन्छ । यी खोनपानी ढल र टेलिफोनका तारजस्ता मात्रै होइनन् । कथंकाल तार बिछ््याउने क्रममा कुनै प्राविधिक कारणले वा खानेपानी ढल वा यस्तै प्रयोजनका लागि खाडल खनिँदा तारका खोल काटिन गएमा त्यसले ज्यानकै खतरा पार्न सक्छ । त्यसै कारण पनि प्राधिकरणले गहिराइको उचित मापदण्ड पूरा नगरको कतिपय ठाउँमा काम गर्न नमानेका कुरा समेत सम्बन्धित निकायमा रिपोर्ट भएको छ । यसलाई प्राधिकरणले गम्भीरताका साथ लिएर सच्याउन जरुरी छ । उल्लेखितरूपले तार नाङ्गिन गएको अवस्था यथावत रहे त्यसले गर्ने मानवीय क्षतिको कल्पनासमेत गर्न सकिन्नँ ।
आम तहमा नै यति सम्वेदनशील विषयमा राज्यका निकायहरू यति हलुकापूर्वक किन लिन्छन् भन्ने बुझ्न सकिएको छैन । ठेक्कापट्टामा गुणस्तरीयता काम गरिएको भए यस्तो हुने थिएन । बिजुलीका तार भूमिगत गरिँदा लापरबाही भन्ने कुरा कतै पनि थोपोसम्म हुनु हुँदैन । तर उल्लेखित सहरका अवस्था कस्ता देखिए भने कतै गुणस्तरीय अर्थात् मापदण्ड पूरा गरेको पनि भेटिन्छन् कि भनी खोज्नुपर्ने अवस्था देखिँदैछ । यसरी नै सञ्चारमाध्यममा रिपोर्टहरू सार्वजनिक भइरहेका छन् । यस्तो खेलाचीलाई तुरुन्तै सच्याउन आवश्यक छ । सच्याएर मात्रै पुग्दैन यस्तो गल्ती गरिएका कारण अरू निकायबाट आफ्ना काम सम्पन्न गर्न पुगेको बेलाबखत उसले माफी माग्नुपर्छ । सडक निर्माणको दायित्व भएको भौतिक मन्त्रालयका अनुसार पनि विद्युत् बहने तार भूमिगत गर्दा प्राधिकरणले कतिपय ठाउँमा १५ देखि २० सेन्टिमिटर गहिरो खाल्डो खनेर पाइप बिच्छ्याइदिएको छ । जबकि कुनै सडक बनाउन नै त्यसको मापदण्डअनुसार पिचको सतहदेखि करिब एक मिटर गहिरोसम्म कुनै पनि वस्तु बिच्छ्याउन मिल्दैन । त्यसकारण पनि यसलाई अविलम्ब सच्याउन निकायगत आग्रह गरिएको हुनुपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया