Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसीमामा सरकारलाई प्रतिपक्षको बलियो साथ

सीमामा सरकारलाई प्रतिपक्षको बलियो साथ


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक समय निकै नै विवादमा आएका थिए । कारण थियो, छिमेकी देश भारतले निकालेको नक्सामा नेपाली भू–भाग भारततर्फ पारिएको सन्दर्भ । देउवाले त्यो नक्सा प्रधानमन्त्री केपी ओलीको समर्थनमा नै प्रकाशित भएको भनी आशंका प्रकट गरेका थिए । देउवाको यो भनाइको विषयलाई सरकारले छिटो सल्टाओस् भन्ने उद्देश्यबाट आएको थियो तर त्यसमा सत्तारुढदल नेकपा र उसको सरकाले ठूलो रडाको मच्चायोे । यतिठूलो राष्ट्रवादी नेताले त्यस्तो गर्न सक्छ ? भन्ने उनीहरूको तर्क थियो ।

तर, कालान्तरमा देउवाको यो आरोपले आफ्नो ठाउँ पायो । गएको कात्तिक महिनामा प्रकाशित त्यो नक्साका बारे त्यस बेला केही होहल्ला गरेजस्तो गरेर जसरी मथ्थर भयो वा पारियो त्यो नै यो कुराको साक्षी हुनुपर्छ । त्यसपछि सरकारले कूटनीतिक नोट दिएको भन्नेदेखि रक्षामन्त्रीको हवाइ निरीक्षण आदि र प्रधानमन्त्रीबाट कागजको नक्सा होइन जमिन नै फिर्ता गर्ने भन्नेजस्ता कुरा आए तर काममा भने कुनै कुरा भएनन् । त्यो सन्दर्भ यथावत नै रहेको बेला बितेको दुई÷तीन महिनादेखि यो कुरो सरकारले नै ओझेलमा पारिसकेको थियो । सरकारले वास्तवमा नै त्यो जमीनका बारेमा गम्भीरता अपनाएको भए यतिबेलासम्म छिनोफानो भैसक्ने थियो होला ।

तर, त्यो घाउ यथावत रहेको बेला नै फेरि देशमा सीमाभूमिकैबारे अर्को चोट प्रकट भएको छ । यसमा पनि विपक्षको बलियो साथ प्रकट भएको पायो यदि सरकारले प्रयोग गर्न चाहन्छ भने । विपक्षीदलका नेताको वक्तव्यले नै पनि यो कुरो बताउँछ । अहिले उनले सरकारलाई सार्वजनिक वक्तव्यमार्फत नै बलियो साथ दिएका छन् । त्यसको एउटा अंश– लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका भू–भाग नेपालका हुन् । सरकारमा रहेका बेला होस् या आज प्रतिपक्षमा छँदा यी भू–भागबारे नेपाली कांग्रेसले सदैव प्रस्ट धारणा राख्दै र आवश्यक भूमिका निभाउँदै आएको छ ।

सन् २०१५ ‘मे’मा भारत र चीनका प्रधानमन्त्रीले लिपुलेकबारे बेइजिङमा सहमति गरेपछि नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले दुवै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाएर नेपालका तर्फबाट प्रस्ट धारणा र गम्भीर असहमति प्रकट गरेको थियो । नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनु पर्ने विषयमा सरकारले गम्भीर कुटनीतिक पहलकदमीमार्फत समाधान खोज्न प्रक्रिया थालनी गरोस्, राष्ट्रियताको प्रश्नमा नेपाली कांग्रेसको साथ सरकारलाई रहनेछ ।

विपक्षीको यो साथलाई सरकारले कसरी प्रयोग गरेर राष्ट्रका पक्षमा उपयोग गर्छ भन्नेचाहिँ हेर्नुपर्ने भएको छ । विगतका उदाहरण भिन्न खालका छन् । त्यसको उदाहरण हो विपक्षीले त्यस्तो सथ दिँदादिँदै पनि गएको कात्तिक महिनाममा प्रकाशित भएको भारतीय नक्सामा परेको नेपाली भू–भागका बारे एउटा कूटनीतिक नोट पठाएर मौन बसेको सरकार त्यसको करिव ६ महिनापछि बाटोको सन्दर्भमा ब्युँझिएको छ । यो बाटो नक्साजस्तो एकैचोटी प्रकाशमा आएको होइन । तर, सरकारले चाहिँ त्यस्तै भएको भन्ने बुझाउन खोजिरहेको छ । त्यसो नहुँदो हो त कम्तीमा लाखौँ खर्चेर हवाइ निरीक्षणमा जाँदा त देखिनुपर्ने थियो होला ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x