निर्यात प्रोत्साहन गर्ने कार्यक्रम असफल
काठमाडौं । चालू आर्थिक वर्षको छ महिना व्यापारमा व्यापक मन्दी आएको समय मानिन्छ । व्यापारमा मात्रै होइन वित्तीय क्षेत्र पनि यसको चपेटामा परेको अवस्था छ । पछिल्ला केही समयका रिपोर्टहरू हेरियो भने वित्तीय क्षेत्र निरन्तर घाटामा गइरहेका छन् । विगतमा आकर्षक नाफा कमाउनेमा कहलिएका बैँकहरूको नाफा अंक कल्पनातीतरूपमा नै घटेको देखिन्छ । खराब कर्जाको मात्रा बढ्नुले पनि आर्थिक गतिविधि राम्रा छैनन् भन्ने बुझाउँछ । केही पहिले राष्ट्र बैंकले आर्थिक अवस्थामा सुधार आएको भनी केही सूचकहरू प्रस्तुत गरेको थियो । तर यता व्यापारको घट्दो आकार र वित्तीय क्षेत्रमा बढ्दो घाटाले ती सूचकांकहरूलाई मात दिएको अवस्था छ । त्यसबेला पनि आर्थिक सुधार भएको भन्ने कुराले बजारमा भने प्रभाव पारेको थिएन । त्यही क्रममा चालू वर्षको छ महिनाको व्यापारिक अवस्थाको अर्को प्रतिवेदन आएको छ, जसले व्यापार सन्तुलनमा ल्याउन गरिएका सरकारी प्रयासहरू सबै असफल भएको बताउँछ । यसले खासगरी आयात प्रतिस्थापनका लागि चालिएका कदम र त्यसमा गरिएको लगानीको औचित्यमाथि नै प्रश्न उठ्न थालेको स्थिति प्रकट हुँदैछ ।
व्यापारमा व्यापक मन्दी आएको भनिएको चालू आर्थिक वर्षको पहिलो छ महिनामा कुल व्यापार घाटाको अंक सात अर्ब (छ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार) पुगेको अवस्था छ । यो अवधिमा यता निर्यात व्यापार भने एक खर्बको अंकमा पनि पुगेन । मन्दीले आयात व्यापार घटेको मान्ने हो भने निर्यात व्यापारमा त त्यस्तो नहुनुपर्ने हो । परम्परागत निर्यात भइरहेका वस्तु र तिनका बजारमा केही त्यस्तो ठूलो उतारचढाव आएको देखिएको छैन । तैपनि निर्यातमा पनि किन मन्दी आयो भन्ने सोच्नुपर्ने विषय हुनुपर्छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार यो अवधि अर्थात् चालू आवको गत साउनदेखि पुससम्ममा जुन मात्रामा आयात घटेको छ निर्यात पनि त्यही मात्राभन्दा बढी हुने गरी घटेको छ । उक्त विवरणअनुसार अघिल्लो वर्षको छ महिनाको तुलनामा आयात तीन दशमलव शून्य नौ प्रतिशतले घटेको देखियो भने निर्यात त झन् बढी सात दशमलव २३ प्रतिशतले घटेको देखिन्छ । आयात व्यापारमा मन्दी आएको अवस्थामा निर्यात परम्परागतरूपमा नै रहेको भए पनि व्यापार असन्तुलनको खाडल केही मात्रामा भए पनि पुरिनुपर्ने हो । तर त्यस्तो भएन अघिल्लो वर्षको तुलनामा आयात तीन दशमलव शून्य नौ प्रतिशतले घट्दा निर्यातको घट्ने मात्रा सात दशमलव २३ प्रतिशत हुनु भनेको बुझिनसक्नु छ । चालू आर्थिक वर्षको छ महिनामा करिब सात अर्ब आयात भएकोमा निर्यात भने ७५ अर्ब (७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार) रुपैयाँको मात्रै भयो । यो भनेको आयात व्यापारको तुलनामा निर्यात व्यापार सात भागको एक भाग पनि नपुगेको अवस्था हो ।
सरकारले चालू वर्षको बजेटमा आयात व्यापारलाई प्रतिस्थापन गर्न उच्च प्राथमिकता दिने भनिएको थियो । तर यो छ महिनामा परम्परागतभन्दा निर्यातका लागि नयाँ वस्तु थपिएको देखिएन भने पुरानाको पनि मात्रा बढेको पाइएन । भन्सार विभागका अनुसार यो अवधिमा ७४ अर्ब ९६ करोड रुपैयाँको निर्यात भएकोमा सबैभन्दा धेरै गलैँचा, अलैँची, फलाम तथा स्टिलजन्य सामग्री, जुस, पाम तेल, जुटजन्य सामग्री, चिया, यार्न आदिको मात्रा बढी देखिन्छ । गलैँचा पाँच अर्ब २३ करोड, अलैँची तीन अर्ब ९० करोड, फलाम तथा स्टिलजन्य सामग्री तीन अर्ब ६१ करोड रुपैयाँ, जुस दुई अर्ब ५९ करोड, पाम तेल दुई अर्ब ५२ करोड, जुटजन्य सामग्री दुई अर्ब १४ करोड रुपैयाँका निर्यात भए । यी वस्तुको निर्यातमा पनि विगतको भन्दा कमी आएको अवस्था छ । यसो हो भने निर्यातलाई प्रोत्साहन दिने भन्ने सरकारी कार्यक्रमको प्रभाव कहाँ पर्यो भन्ने प्रश्न उठ्छ नै । निर्यात बढाउन सरकारले आफ्ना कार्यक्रममा पुरावलोकन गरोस् ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया