संसद्मा देखिँदैछन् अस्वाभाविक दृश्यहरू
काठमाडौं । संसद्मा यतिबेला विचित्रका दृश्यहरू देखिइरहेका छन् । संसद्मा अवरोध हुँदा मार्सल लगाएर चलाउने र सामान्य हुँदा सांसदहरू नै उपस्थित नहुने क्रम बढ्दो छ । अहिले बजेटमाथिको छलफलमा सभाका सिटहरू प्रायः खालीखाली देखिए । यसअघि भने विपक्षी दल पूरै उभिएर नाराबाजी गरिहेका सभा खचाखच देखिन्थ्यो र मार्सल लगाएर बैठक चलाइन्थ्यो । यस्तो नाराबाजीमा पनि सभामुख कतै केही भएको छँदै छैनजस्तो गरेर सभाका कारबाहीहरू अघि बढाइरहन्थे भने पछिल्लो समय कोरमको पनि ख्याल गर्न छाडिएको देखियो । पहिलेका कतिपय समय विपक्षसँग सत्तापक्षका शीर्ष नेता बैठक चलिरहँदा आफैं उठेर विपक्षीसँग जोरिखोज्न उत्रिन्थे । त्यसबेला बैठकका अवस्था कस्तोसम्म देखियो भने प्रत्यक्षदर्शीहरूले यसरी शब्दमा वर्णन गर्ने गरेका थिए । संसद्मा नारा लागिरहेको छ, प्रधानमन्त्री भाषण गरिरहनुभएको छ, मर्यादापालकहरूको सुरक्षाका बीच विपक्षी दलका सांसदहरू नाराबाजी गरिरहेका छन्, झडपको माहौलमा विश्वासको सिर्जना कसरी हुन्छ ? पहिला माहोल ठीक गर्ने कि संसद्को काम–कारबाही ? केही नसोची प्रधानमन्त्रीले विश्वासको मत मागिरहनुभएको छ । खासमा त्यस्ता कुरा सोच्ने काम प्रधानमन्त्रीको नभई सभामुखको हो, तर सभामुखले यसरी संसद् सञ्चालन गरिरहनुभएको छ, मानौँ संसद्मा केही भएकै छैन ।
पहिले यस्ता दृश्यहरूका उदाहरण नै बनेका छन् । जस्तो प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका बैठकमा अविश्वासको वातावरण र होहल्ला अरूबेला भएका थिएनन् होला । छ वटा दलको विपक्षी गठबन्धनलाई मार्सलको घेरामा राखेर विश्वासको मत लिइयो । यस्तो मत दिने नदिने सांसदहरूको अधिकारको कुरा हो । तर सभामुखले विश्वासकोमत दिन्नँ भन्ने पक्षलाई त्यसबेला रोस्ट्रममा उभिएर बोल्नै दिएनन् । विपक्षीको विरोध र नाराबाजीकै बीच विश्वासको मत दिन्छौँ भन्ने सत्तापक्षका नेताहरूलाई भने जति पनि बोल्न दिइयो । उनीहरूको बोलीलाई विपक्षले मर्यादापालकको घेरामा रहेर नै सुनिरहे । त्यही क्रम दोहोरियो प्रधानन्त्रीले धन्यवादको प्रस्ताव राख्न जाँदाको दिन पनि । विपक्षीले बेल घेराउ गरिरहेका बेलामा सभामुखले प्रधानमन्त्रीलाई सो प्रयोजनका लागि रोस्ट्रममा बोलाए । मर्यादापालकले हातेसाङ्लो बनाएर रोस्ट्रममा पुर्याइदिए । बजेट आउने दुई दिनअघिसम्म प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलहरूका विरोधका बीच नै सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलायो । गएको जेठ १ गते राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम संघीय संसद्का संयुक्त बैठकमा प्रस्तुत भएको थियो । त्यसको १२औँ दिनपछि यस्तो छलफल चलाइएको थियो । जसमा विपक्षी दलका तर्फबाट एकजनाले समेत बोल्न पाएनन् । विपक्षी दलको अनुपस्थितिको कारण भने सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नहुनु थियो । सरकारको नीति र कार्यक्रममाथि छलफल हुनुभन्दाअघि अर्थमन्त्रीले संसद्मा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थतन्त्र सुध्रिएको घोषणा गरेका थिए । उनी पनि मार्सलकै सहाराबाट रोस्ट्रममा पुगेका थिए ।
जब त्यस्तो छानबिन समिति बनेर संसद्का बैठक चल्न थाले । त्यसपछि सांसदहरू उपस्थित नै हुन छाडे । सभामुख महोदय, मेरो आँखाले देखिरहेको छैन । अर्थमन्त्रीज्यू कहाँ हुनुहुन्छ ? कसले सुनिदिनुहुन्छ, मेरो कुरा । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिकोे सैद्धान्तिक छलफल चलिरहँदा अर्थमन्त्री नै संसद्मा नदेखिएपछि विपक्षी दलका एक नेताले यस्तोप्रश्न गरेका थिए । उनको थप भनाइ थियो– सत्तापक्षका साथीहरूले त भेटेरै सुनाउँदा पनि भयो । मिलाएरै बजेट ल्याएको होला । समर्थन गरे पनि, गुनासो गरे पनि, हामी त अर्थमन्त्रीलाई सुनाउनका लागि नै बजेटमाथिको छलफलमा छौँ । सत्ताबाहिर रहेकाहरूले त यहीँ त हो सुनाउने । अर्थमन्त्री उपस्थिति हुनुपर्यो ।
बजेट प्रस्तुत गर्ने अर्थमन्त्री नै अनुपस्थित रहेको अवस्थामा अरू सांसदको त कुरै नगरे भयो । संसद्का बैठकमा यस्ता दृश्यहरू नियमित हुन थालेका छन्, जो राम्रो होइन ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया