प्रत्येक वर्ष बजेट घाटा बढिरहेको छ । अवस्था कस्तोसम्म भने अघिल्लो वर्षको तुलनामा बजेटको आकार घटाउँदा पनि यस्तो घाटा पूर्ति हुने गरेको स्थिति छैन । अघिल्लो वर्ष सरकारले विदेशी मुद्राको सञ्चिति घटेको भनेर केही वस्तुहरूको आयात रोकेको थियो । स्वाभाविक छ त्यस्तो बेला आयातित व्यापार घट्ने भयो नै । यताका वर्ष विदेशी मुद्राको सञ्चिति यति बढ्यो कि विगतका सबै रेकर्ड तोडिए । तर व्यापार भने बढ्न सकेन । सरकारले यसको कारण पनि खोजेको छैन । पछिल्लो समयजति व्यापार भएको छ, त्यसमा विलासिताका वस्तुहरू र कृषिउपजका वस्तुहरू बढी छन् । तर समग्र व्यापार घट्दा त्यसले राष्ट्रको आम्दानीमा प्रभाव पार्ने भयो नै । आयातित व्यापारबाट उठ्ने राजस्व नै राष्ट्रको आमदानीको मूल स्रोत हुनेगरेको छ ।यस्तो व्यापार घटदा आम्दानीमा चोट लाग्नु स्वाभाविकै हो । गएका दुई÷तीन वर्षको अवस्था यस्तै छ । यता सरकार भने बजेटको आकार घटाएर त्यसको पर्ती गर्न खोजिरहेको छ, जो आफैँ स्वस्थ्य होइन । यसले ऋणभार बढाउने र विकास निर्माण घटाउने काम गर्छ । यो चिन्ताजनक पक्ष हो ।
गएको हप्ताको अन्त्यतिर सार्वजनिक भएको चालू वर्षको आयात–निर्यात व्यापारको अवस्था अघिल्लो वर्षको तुलनामा जे–जति मात्रामा होस् बढ्नुपर्नेमा समग्र वैदेशिक व्यापार घटेको देखाएको छ । चालू वर्षको ११ महिनाको विवरणअनुसार गएको जेठमा एक खर्ब ५० अर्ब ३४ करोडको वस्तु आयात भएको र १३ अर्ब आठ करोडको वस्तु निर्यात भएको देखिन्छ । अरू महिनाको भन्दा यो वर्षको ११ महिनाको तुलनामा यो एक महिनाको यो अंक सबैभन्दा बढी हो । गएको वैशाखमा एक खर्ब ३५ अर्ब ९८ करोडको आयात र १२ अर्ब २२ करोडको निर्यात भएको थियो ।
त्यसको तुलनामा जेठ महिनामा निर्याततर्फ एक अर्ब र आयाततर्फ एक खर्बका दरले बढेको देखिन्छ । चालू आर्थिक वर्षको जेठसम्म कुल आयात १४ खर्ब ५३ अर्ब ७० करोडको छ तर गएको वर्ष २०७९÷८० को ११ महिनाको तुलनामा एक दशमलव ८४ प्रतिशतले कमी भयो । गत वर्षको यो ११ महिनामा १४ खर्ब ८० अर्ब ९८ करोडको वस्तु आयात भएको थियो । यो भनेको आयात व्यापारमा नै ३० अर्बले कम हो । आयात व्यापारमा जति कमी आउँछ राजस्वमा पनि त्यसको प्रभाव पर्छ । मात्रा के–कति हो त्यो आफ्नो ठाउँमा छ व्यापारतर्फबाट जे–जति राजस्व प्राप्त हुन्छ भनेर अनुमान गरिएको थियो । त्यो पूरा नहुने भन्ने संकेत यसबाट देखिन्छ । अघिल्लो वर्षको तुलनामा मात्रा जे–जति भए पनि बढ्नुपर्ने ठाउँमा घटेका अवस्था निश्चय नै राम्रो होइन ।
व्यापारको यस्तो स्थितिमा अर्को दुखद् पक्ष पनि प्रकट भएको छ । यता आयातित व्यापार घटेको छ भने आफ्नै देशभित्र उत्पादन हुने वस्तुको भने आयात बढेको देखिन्छ । चालू वर्षको यो अवधिसम्म धान, मकै, गहुँ, तरकारी, फलफूलको आयात बढेको छ । यी वस्तुहरूले भन्सारको राजस्व बढाउँदैनन् । तर आत्मनिर्भरताचाहिँ खोस्छन् । देशभित्र नै प्रयास गरे पर्याप्त उत्पादन हुन सक्ने भटमास, सनफ्लावर तेल समेत तेस्रो मुलुकबाट कच्चा पदार्थका रूपमा आयात गरेर स्वदेशको माग पूर्ति भइरहेको छ । विदेशीमुद्राको सञ्चिति पर्याप्त रहेको कारणले उल्लेखित वस्तुको आयात बढेकोप्रति त्यति ध्यान नगएको होला । तर विदेशीमुद्राको सञ्चिति बढेको अवस्था स्थायी स्रोतबाट होइन भन्ने त धेरैतिरबाट सुझावका रूपमा आइरहेका छन् । अब केही दिनदेखि नयाँ पञ्चवर्षीय योजनाको आधार वर्ष प्रारम्भ हुँदैछ । यसमा सरकारले आधार भूतरुपले सुधार थाल्नुपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया