यस पटकको धान दिवसमा विगतमा जस्तै रमाइला दृश्यहरू देखिए । यी दृश्यहरु २१औँ राष्ट्रिय धान दिवस हो । यस्तो दिवस मनाइएको २१ वर्ष पुगेर २२ औँ वर्ष प्रवेश भएका । दुई दशकको यो समय सानो होइन । स्थापनाको त्यसै बेलादेखि यो दिवसमा केही रमाइला दृश्यहरू प्रकट भइरहेका छन् । पछिल्ला दिवसहरूमा भने राष्ट्रपतिले आफ्नो निवासमा हातैले र प्रधानमन्त्रीले मेसिनबाट धान रोपेका दृश्यहरू देखिए । यो पर्व निकै रमाइलो गरी मनाउने गरिएको छ । केही पहिले एकजना कृषिमन्त्रीले पाँचतारे होटेलका गमलामा धान रोपेका सरकारी टिभीको प्रत्यक्ष प्रसारणमार्फत देखाइएको थियो । अर्को वर्ष अर्का कृषिमन्त्री मन्त्रीले लगाउने दौरा सुरुवाल र कोटसहित तर खेतमा त्यसरी नै रोपाइ गरिरहेका देखिए । त्यसको अर्को वर्षको दृश्य त झनै रमाइलो थियो । त्यसबेलाका कृषिमन्त्री अलिक रोमान्टिक नै भए । धान रोप्दारोप्दै उनमा के फुर्यो कुन्नी छेउमा रहेकी महिलालाई अगाँलो हाल्न पुगे र हिलाम्मे गालामा म्वाइँ नै खाइदिए । धान दिवसमा उनले महिलाका गालामा खाएको यो म्वाइँ उनका लागि भने महँगो पर्यो । उनी त्यसैदिन बेलुका मन्त्रीबाट हटाइए ।
असार १५ को यस दिन सत्तापक्ष विपक्षी दलका नेताहरूको सार्वजनिक सन्देशमा सिँचाइको विस्तार गरौँ र धानखेती वा उत्पादन बढाऊँ भनेको थियो । त्यो एमालेका अध्यक्ष हुन् कि माओवादीका वा नेपाली कांग्रेसका । सबैका भनाइ समान नै थिए । विगतमा पनि उनीहरूबाट धान दिवसका अवसरमा यस्तै सन्देश आउने गर्थे जो यसपालि पनि त्यस्तै भयो । यता सिँचाइको अवस्था कति दयनीय छ भने सिँचाइको एउटा आयोजनाको अधुरो रहेको आयु त्यसको उदाहरण हुनुपर्छ । यो सन्दर्भ हो राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाको । यो सिँचाइ आयोजना २०४५ सालमा निर्माण सुरु भएको थियो । यो २१ औँ धान दिवस मनाइरहँदा यसको आयु साढे तीन दशक पुगेको छ । यसलाई राष्ट्रिय गौरवको सिँचाइ आयोजना भनिएको छ तर किसानका खेतमा यो सिँचाइबाट अहिलेसम्म पानी पुग्न सकेको छैन । यो सिँचाइ निर्माणको दयनीय अवस्था हेर्दा अझै कति कुर्नपर्ने हो भन्ने कसैले उत्तर दिन सक्ने देखिँदैन । यो एउटा मात्रै होइन निर्माणाधीन अन्य प्रायः सबै सिँचाइ आयोजनाको हविगत पनि पनि उस्तै देखिन्छ । यता सिँचाइ बढाऔँ भन्ने यी नेताहरू दोहोर्याइ तेहेर्याइ प्रधानमन्त्री खाइरहनुभएको छ । पछिल्लो दशकमा त राज्य उहाँहरूकै कब्जामा परेको अवस्था छ । सिँचाइ विभागका अनुसार नेपालमा करिब ३५ लाख ५७ हजार सात सय हेक्टर जमिन कृषियोग्य छ । त्यसमये करिब २५ लाख ३६ हजार हेक्टरमा मात्र सतह र भूमिगत जलस्रोतबाट सिँचाइ सुविधा पु-याउन सकिने अवस्था छ । तर पुगिसकेको छैन । विभागकै अनुसार हालसम्म कुल सिञ्चित क्षेत्रफल १५ लाख ५५ हजार पाँचसय आठ हेक्टर मात्र छ ।
यो विवरणले के बताउँछ भने अझै २० लाख हेक्टर जमिन बाँझै छ । आकाशबाट पानी परे खेती हुन्छ नभए हुँदैन । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को तथ्याङ्कमा त खेतीको अझै दयनीय अवस्था देखिन्छ । यो अध्ययनअनुसार अहिले ३० प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाइको व्यवस्था रहेको छ । ७० प्रतिशत आकाशका भरमा छन । स्थिति यस्तो हुँदा राष्ट्रपति आफ्नो निवासको करेसा बारीमा हातले र प्रधानमन्त्रीले आफ्नी छोरीको नगरपालिकामा मेसिनले धान रोप्दै गरेका दृश्यले के सन्देश दिए होला ? अनुमान गर्न सकिन्छ । यस्तो कामले न उत्पादन बढाउन सक्त छ न आयात रोकन । नेताहरूमा सदवुद्धि आओस ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया