अर्थ सुधारका सूचक बजारमा प्रतिविम्बित हुनुपर्छ
केन्द्रीय बैंकले चालू आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दा देशको अर्थतन्त्रमा धेरै नै सुधार आएका देखाउने तथ्याङ्कहरू उल्लेख भएका छन् । त्यसमा महँगी घटेको, बजार चलायमान भएको, विदेशी मुद्राको सञ्चितिमा अभूतपूर्वरूपले वृद्धि भएको चालू खाता र शोधनान्तर स्थिति बचतमा रहेकोजस्ता विवरणहरू परेका छन् । केन्द्रीय बैंकबाट यस्तो समीक्षा सार्वजनिक गरिएकै दिनयता बजारको अवस्था कति नाजुक छ भन्ने देखिने अनौपचारिक क्षेत्रबाट गरिएका अध्ययन विवरणहरू पनि आए । त्यसमा खाद्यान्नको बजार मूल्य दुई सय प्रतिशतसम्म बढेको र केन्द्रीय राजधानीका मुख्य सडकछेउका पसलहरू धेरैजसो ताला लगाएर भाडामा राखिएको भन्ने जानकारी थियो । यसपटकको दशैँमा पनि बजारमा चहलपहल त्यति नभएको भनेर त्यसबेला पनि यसरी नै खासगरी बजारको अवस्था देखाउने रिपोर्टहरू आएका थिए । चालू वर्षको असार अन्तिम दिनतिरको अर्को रिपोर्टमा राज्यको आम्दानी र खर्च दुवै घटेको भन्ने छन् जसले निराशाको सङ्केत गर्छन् ।
राष्ट्र बैंकको तथ्याङ्कले मूल्यवृद्धि नियन्त्रणोन्मुख रहेको भन्छ तर बजार छोईनसक्नुको अवस्थामा छ ।
सरकारको बुझाइमा पछिल्लो समय अधिक वर्षाले सडक, पुल भत्काएको र यातायातमा कठिनाइ परेकाले खाद्यान्नजस्ता वस्तु महँगिएको भन्ने छ । यो पनि एउटा कारण होला तर पसलहरू किन खालीखाली भइरहेका छन् ? ठूलाठूला मलहरूसमेत किन सुनसान छन भन्ने प्रश्न निरुत्तरित नै छ । चालू वर्षको मध्यदेखि ब्याजदर खर्लप्पै घटेको छ । वित्तीय प्रणालीमा लगानीयोग्य रकमको थुप्रो लागिरहेको छ । तर लगानी गर्ने माग भने भइरहेको छैन । यस्ता थुप्रै संकेतहरू छन् जसले आन्तरिक अर्थतन्त्र चलायमान बन्न नसकेको नै भन्ने बुझाउँछ । महँगीका बारेमा सधैं उठ्ने गरेको सवाल हो । केन्द्रीय बैंकको तथ्याड्ढमा घटेको महँगी बजारमा झन् किन बढिरहेको हुन्छ ? तथ्याङ्क भन्छ महँगी घट्यो उपभोक्ता भन्छन् घटेको अनुभूति नै भएको छैन । राष्ट्र बैंकको समीक्षाअनुसार गत जेठ महिनामा वार्षिक विन्दूगत उपभोक्ता मुद्रास्फीति चार दशमलव १७ प्रतिशत कायम छ । तुलननाका लागि एक वर्षअघि जेठ महिनामा मुद्रास्फीति छ दशमलव ८३ प्रतिशत थियो । बैंकको विवरणमा खाद्य तथा पेयपदार्थ समूहको पाँच दशमलव ७६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको दुई दशमलव ९४ प्रतिशत मूल्यवृद्धि भएको छ । तर वस्तु वा सेवा उपभोक्तासम्म आइपुग्दा त्यो प्रतिविम्बित हुँदैन भने सरकारी तथ्याङ्कमाथि नै शंंकाहुन थाल्छ ।
त्यसकारण विज्ञहरू यदि मूल्य घटेको हो भने त्यो बजारमा नै प्रकट हुनुपर्छ भन्छन् । बैंककै भनाइअनुसार पनि तरकारीको मूल्यवृद्धि १६ दशमलव शून्य दुई प्रतिशत, दाल तथा गेडागुडीको ११ दशमलव ७६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको सात दशमलव ३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको छ दशमलव ९८ प्रतिशत र गैरमदिराजन्य पेयपदार्थको पाँच दशमलव ९५ प्रतिशतले मूल्य बढेको छ । घ्यू तथा तेल उपसमूहको मूल्य पाँच दशमलव ५१ प्रतिशतले घटेको छ । यो ठाउँमा पनि कैफियत देखिन्छ । जुन वस्तुको मूल्य बढेको छ उपभोक्ताले त्यसअनुसार नै मूल्य तिर्नुपर्छ भने घटेको मूल्यमा चाहिँ वस्तु नै पाइँदैन । बजारमा राज्यको कमजोर उपस्थितिका कारण पनि यस्तो भएको हुनुपर्छ । राष्ट्र बैंकले अध्ययन गर्दा यस्ता पक्षहरूप्रति पनि ध्यान जानुपर्ने देखिन्छ । त्यसो भएन भने सधैँ नै तथ्याङ्क एकातिर र वास्तविकता अर्कोतिर भइरहने हुन्छ । यो परम्परा हट्नुपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया