Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयऋणको रकम सदुपयोग भए–नभएकोमा शंका (सम्पादकीय)

ऋणको रकम सदुपयोग भए–नभएकोमा शंका (सम्पादकीय)


गएको केही समयदेखि ऋण लिएर निर्माण भएको आयोजनाहरू चल्न नसकेर धराशायी बन्दै गएका छन् । पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल त्यसका पछिल्ला उदाहरण हुन् । अन्तर्राष्ट्रिय विमानस्थल भनिएको छ तर अन्तर्राष्ट्रिय उठान भने भएकै छैन । करिब दुई वर्षको अन्तरमा यी अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान उडान र अवतरण भएका संख्या दर्जन पनि पुगेका छैनन् होला । यता यी विमानस्थल निर्माणमा भने महँगो दरको ब्याजमा लिइएको ऋणको सावाँब्याज थुपिँ्रदै गएको छ । यी दुवै विमानस्थल लागत अनुमानभन्दा दोब्बर बढी हुनेगरी निर्माण भएका थिए । जब यति ठूला परियोजनको हालत यस्तो देखियो भने ऋणको रकम कस्तो ठाउँमा लगाउने भन्नेमा गम्भीर हुन पाठ सिकाउँछ । त्यसमाथि ऋणको रकम लगानी भएका ठाउँमा भ्रष्टाचार पनि धेरै भएको पाइयो । त्यही सन्दर्भमा अहिले संसदीय समितिले यी दुवै विमानस्थलको अनियमितताका बारेमा छानबिन गरिहेको अवस्था छ । यसले बताउने कुरा हो ऋणको रकम सहीरूपले प्रयोग भएन । यी विमानस्थल यहीरूपले स्थिर रहे भने यिनलाई चलाउन पनि अर्को ऋण लिनुपर्ने हुन्छ ।

उता त्यस्तो देखिन्छ भने यता ऋणमा खेलवाड गरिएका अरू नै कुरा प्रकट भइरहेका छन् । त्यसको एउटा उदाहरण हो गएको एक वर्षमा थपिएको साढे तीन खर्ब (३ खर्ब ५८ अर्ब दुई करोड) को ऋण अंक । सार्वजनिक ऋण व्यवस्थापन कार्यालका अनुसार आर्थिक वर्ष २०७९÷८० मा कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब रहेकामा गत आव २०८०÷८१ मा एक खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख थप भएको छ । यससँगै मुलुकको कुल ऋण २४ खर्ब ३३ अर्ब ३३ करोड ९४ लाख पुगेको हो । यसलाई वर्षमा हिसाब गर्दा साढे तीन खर्ब पुगेका देखिन्छ । ऋण व्यवस्थापन कार्यालयका अनुसार नै गत जेठ महिनाको तुलनामा कुल सार्वजनिक ऋण ३२ अर्ब ८९ करोड ५८ लाख रूपैयाँले थप हुन गएका छन् । गत वर्षको साउनदेखि असार मसान्तसम्ममा एक खर्ब ३४ अर्ब ऋण थपिएर यस्तो ऋण २४ खर्ब ३३ अर्ब पुगेको हो । ऋण लिनु धेरै नराम्रोचाहिँ होइन ।

व्यवस्थापन कार्यालयका अनुसार देशको ऋणको अंक कुल गार्हस्थ उत्पादनका आधारमा ४२ दशमलव ६५ प्रतिशतमा छ । विज्ञहरूका अनुसार गार्हस्थ उत्पादनको ४३ प्रतिशतसम्मलाई खराब मान्नुहुँदैन । उल्लेखित ऋणको अंक सीमाभित्र नै रहेको अवस्था हो तर जसरी साधारण खर्च धान्न समेत ऋण लिने प्रचलन बढिरहेको छ छिटै नै गार्हस्थ उत्पादनको ४३ प्रतिशत भनिएको सीमा नाघ्न सक्छ । सबैभन्दा खतराको पक्ष यही हो । सम्बन्धित कार्यालयका अनसार यतिबेलासम्म कुल आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड रूपैयाँ रहेको छ भने १२ खर्ब ५२ अर्ब ३३ करोड रूपैयाँ बराबरको बाह्य ऋण रहेको छ । अघिल्लो असार मसान्तसम्म आन्तरिक ऋण ११ खर्ब २९ अर्ब १० करोड र बाह्य ऋण ११ खर्ब ७० अर्ब २४ करोड रूपैयाँ रहेको थियो । गएको वर्ष देशको कुल बजेट साढे १७ खर्वको थियो । तर यता ऋणभने साढेतीन खर्व । यसले ऋण लिन उत्साह बढेको देखाउँछ । यति ठूलो अंकको ऋण कहाँ खर्च भयो र त्यसले के आम्दानी ग¥या भन्नेचाहिँ कतै देखिँदैन । उल्लेखित दुईवटा विमानस्थलजस्तै हुनेगरी लगानी भएको हो भने त्यसले के प्रतिफल देला भन्ने प्रश्न उठ्छ नै । जब यस्तो प्रश्न उठ्छ भने सदुपयोगमा पनि शंका हुने भयो नै ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x