खाद्यमा कैफियत भेटिए ठाउँको ठाउँ कारबाही गर
काठमाडौं । केही पहिले आमनागरिकले अत्यधिक उपभोग गर्ने प्यारा सिटामोल र आँखामा हाल्ने एउटा आइड्रपमा विषाक्त वस्तु भेटिएको भन्ने समाचार आए । औषधि उत्पादन गर्ने एउटा कम्पनीका यी उत्पादनले बिमारी प्रयोग भएको एउटा निश्चित समयमा निको हुनुपर्नेमा त्यस्तो नभएको पाइएपछि उक्त औषधिको सिफारिस गर्ने चिकित्सकहरू नै शंका गरेर अनुसन्धान गर्दा त्यस्तो विषाक्त वस्तु फंगस पाइएको थियो । तर यो विवरण समाचारमा आयो र गयोजस्तो भयो । सरकारले कुनै वास्ता गरेको पाइएन । जबकि यति संवेदनशील विषयमा सरकारले तत्कालका लागि ती औषधिमा प्रतिबन्ध लगाएर आफैँले छानबिन गर्नुपर्ने हो । त्यस्तो गरिएको पाइएन । बजार अनुगमनमा भेटिएका अन्य गुणस्तरहीन वस्तु जस्तै औषधिमा प्रकट भएको गुणस्तरहीनताको अवस्था पनि आफैँ सामसुम भएजस्तो बुझिन्छ । यसले उक्त औषधिले प्रयोगकर्तामा अरू साइड इफेक्ट पारेमा यत्सको जवाफदेही को हुने भन्ने प्रश्न खडा भएको छ । यस्तो विषयलाई सामान्य भनेर पन्छाउन मिल्दैन ।
भनिन्छ, मान्छेको पेट चुल्हो रोगको नब्बे प्रतिशत घर हो । तर जब बजारमा नै गुणस्तरहीन खाद्यवस्तुको खुलारूपले बेचबिखन भइरहेको अवस्था देखिन्छ भने एउटा नागरिकले आफ्नोपेट र चुल्होलाई रोगको घर बनाउनबाट कसरी जोगाउने भन्ने अर्को गम्भीर प्रश्न हुन सक्छ । पछिल्लो हप्ता सरकारी निकायको एउटा प्रतिवेदन सार्वजनिक भएको छ । त्यो प्रतिवेदन खासगरी खाद्य वस्तुसँग सम्बन्धित छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकै प्रतिवेदनमा आमनागरिकले अत्यधिकरूपमा प्रयोग गर्ने वस्तु खानेपानी, दूध र तेल सबैभन्दा गुणस्तरहीन रहेका भन्ने उल्लेख भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्ष २०८०/८१ मा गरेको खाद्य उद्योग तथा बजार अनुगमनमा यी वस्तुमा यस्ता कैफियत देखिएको बताएको हो । बजारमा सबैभन्दा गुणस्तरहीन देखिएका भनिएका वस्तु खानेपानी, दूध र तेल हरेक नागरिकले धेरैपटक प्रयोग गर्नेमा पर्छन् । यी वस्तुविनाको जीवन नै चल्दैन त्यसो हो भने यस्ता वस्तु बजारमा खुलारूपले बेचविखन भइरहेको प्रतिजवाफदेहीको हुने भन्ने अर्को प्रश्न पनि निरुत्तरित नै छ । विभागका प्रवक्ताकै अनुसार पनि यी वस्तुका संगठित उत्पादन गर्ने अधिकांश उद्योगले गुणस्तरहीन खाद्य तथा पेयपदार्थ बजारमा पठाइरहेका पाइएको छ ।
प्रवक्ताका अनुसार पनि मानिसको जीवनमा नभई नहुने अत्यावश्यक पिउने पानी, दूध र खाने तेलजस्तो पेयपदार्थ खान नहुने दूषित पाइएपछि सरकारले के गर्नुपर्छ भन्ने नागरिकले सुझाव दिइरहनु नपर्ने हो । यी वस्तुको गुणस्तरहीनता तिनकोअनुगमनबाट देखिएका हुन । वजारमा खाद्यवस्तु यति मात्रै होइन् । सहरी क्षेत्रका नागरिकका खाद्यवस्तुकै सन्दर्भमा हरेक वस्तुबजारमै निर्भर हुनुपर्छ । सबैभन्दा धेरै प्रशोधित पिउने पानी गुणस्तरहीन पाइयो । यस्तो प्रशोधित पिउने पानी बजारमा अत्यधिक महँगो छ । वर्ष दिनअघि मात्रै सरकारले यस्तो पानीको मूल्य बढाउन अनुमति दिएको थियो । विभागको उक्त प्रतिवेदनअनुसार अधिकांश सामान्य घरपरिवारले प्रयोग गर्ने बढी गुणस्तरहीन देखिएका तेलहनमा सोयाबिन तेल र सूर्यमुखी तेल पनि परेको छन् । यी सबैको अर्थ हो, गुणस्तरहीन वस्तुको उपभोगबाट उत्पन्न हुने रोगलाई उत्पादकहरूले नै बजारमार्फत घरघर पुर्याइरहेका छन् ।
यो भनेको अति भएको अवस्था हो । खासगरी खाद्यपदार्थका विषयमा सरकारले छड्के जाँच गरेर कैफियत भेटिएमा ठाउँको ठाउँ कारबाही गर्न थालियोस् । नत्र यसले विकरालरूप लिने देखिन्छ । समयमा नै ध्यान जाओस् ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया