काठमाडौं । प्रत्येक वर्ष उच्चस्तरको व्यापार घाटा मुलुकको नियति नै हो कि जस्तो हुन थालेको छ । यो भनेको सरकारले प्रत्येक बजेटमा घोषणा गर्ने आयात प्रतिस्थापन नीति र कार्यक्रम सधैँ असफल भएको अवस्था हो । प्रत्येक वर्ष सरकारको लक्ष्य उच्चस्तरको व्यापार घाटा रोक्ने नै रहँदै आएको छ । निर्यातलाई प्रोत्साहन गर्न भनी प्रस्तुत हुने कार्यक्रममा खर्च पनि भइरहेका छन् । बजेटमा आउनु भनेको घाटा व्यापारप्रति राज्य चिन्तित छ भन्ने नै हो । तर सबैभन्दा बढी असफल भएको नीति र कार्यक्रम पनि घाटा व्यापार घटाउने भन्ने नै देखिएको छ । निर्यात बढाउन र आयातलाई प्रतिस्थापन गराउन भनी सरकारले गरेको सहुलियत व्यवस्था वा दिएको सुविधा सम्बन्धित निकायले उपभोग पनि गर्छन् । तर त्यसले व्यापार घाटालाई अलिकति पनि घटाएको जस्तो देखिँदैन । यसले सरकारलाई समुच्च व्यापारको अवस्था तथा आफ्ना नीति तथा कार्यक्रमको पुनरावलोकन गर्न आवश्यक भइसकेको देखाउँछ र देखिन्छ पनि । त्यसो भएन भने सरकारी निकायले बजेट घाटा बढेको भन्दै प्रतिवेदन दिनेबाहेक अरू केही बाँकी रहँदैन ।
चालू वर्षको प्रारम्भमै व्यापार घाटा घट्ने सन्दर्भमा राम्रो संंकेत देखिएको छैन । गएको साउनमा व्यापार घाटा सवा खर्ब पुगेको देखियो । भन्सार विभागको सबैभन्दा पछिल्लो तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०८१/८२ को यो साउन महिनामा एक खर्ब १६ अर्ब १५ करोड नौ लाख रुपैयाँको व्यापार घाटा भएको छ । यो भनेको अघिल्लो आर्थिक वर्ष २०८०/८१ को यही महिनाको भन्दा जेजति मात्रामा होस् बढी नै हो । अघिल्लो वर्षको या महिनामा एक खर्ब १५ अर्ब ७१ करोड तीन लाख रुपैयाँको व्यापार घाटा थियो । यसलाई सरकारको आम्दानी र खर्चसँग तुलना गर्दा त झनै निराशाको चित्र देखिन्छ । यो वर्षको यो एक महिनामा सरकारको कुल आम्दानी ९६ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ भएको छ । त्यस्तै खर्च ४० अर्ब २० करोड ७६ लाखको छ । यहाँ शंका गर्नुपर्ने ठाउँ के देखियो भने आयातको अंक बढ्दा आम्दानीको अंक पनि बढ्नुपर्ने हो । तर त्यस्तो भएको पाइँदैन । यसको अर्थ हो, चुहावट पनि बढिरहेको छ । मुलुकका लागि दुःखद् पक्ष के हो भने सरकारले आम्दानी बढाउन आयातित व्यापारलाई प्रोत्साहित गर्ने गरेको छ जसले गर्दा सरकारले सधैँ प्राथमिकतमा राख्ने गरेको कृषि, उत्पादन, सेवा, ऊर्जा, खनिज पर्यटनलगायतका क्षेत्रहरू प्रभावित हुने गरेको छ । आयात जतिको मात्रामा निर्यातले आम्दानी बढाउदैनन् भन्ने सोचाइ रहेको पाइन्छ ।
यता व्यापारघाटा बढेको भन्ने छ तर समग्रमा चाहिँ आयात निर्यातको मात्रा घट्दै गएको देखिन्छन् । मुद्रा सञ्चितिको हिसाबले यस्तो व्यापार बढ्नुपर्ने हो । तर अघिल्लो वर्षको तुलनामा गएको साउनमा आयात र निर्यात दुवै घटेको विभागको विवरणले देखाएको छ । यो साउनमा एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँको आयात भयो । जो अघिल्लो वर्षको यही महिनामा एक खर्ब २९ अर्ब २३ करोड ८९ लाख रुपैयाँ आयात भएको भन्दा जेजति मात्रामा होेस् कमै हो । यो भनेको समग्र अर्थतन्त्र मन्दीतर्फ गएको वा जानेतर्फ लागेको संकेत हो । बजारमा उपभोग घटेपछि आयात पनि घट्छ । अर्थतन्त्रका लागि यो अवस्था गम्भीर हो । यता लगानी गर्नुभन्दा क्षणिक लाभ हुने क्षेत्रतर्फ आकर्षण बढिरहेको छ । सेयरबजार त्यसको एउटा नमुना हुनुपर्छ । सरकार गम्भीर भएन भने यी खतराका संकेत पनि हुनसक्छन् ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया