३३ किलो सुनकाण्ड छानबिन गरेजस्तो मात्रै
२०७४ साल माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको भनिएको ३३ किलो सुनको छानबिन गरेजस्तो गरे पनि त्यसलाई निष्कर्षमा पु-याउनबाट सरकार पछि हटेको छ । त्यसै काण्डमा संलग्न रहेका थाइ एयरवेजका कर्मचारी सानु भन्नेको माघ २२ गतेको एयरपोर्टभित्र ट्याक्टरले हानेर हत्या भएको र सनम शाक्यको फागुन १९ गते मोरङमा हत्या भएको अवस्थामा भेटिएको थियो । त्यसपछि सरकारले २०७४ चैत ३० गते सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा विशेष अनुसन्धान समिति बनाएको थियो । त्यही दिन बिहान प्रहरी नियन्त्रणमा रहेका प्रेमलाल चौधरीको रहस्यमय रूपमा झुण्डिएर मरेको अवस्थामा भेटिएको थियो ।
३३ किलो सुन तस्करीमा संलग्न रहेका ६३ जनामध्ये ३३ जना पक्राउ परे पनि ३० जना पक्राउ नै परेनन् । फरार रहेका ३० जनामध्ये कृष्णगोपाल अग्रवाल ‘काले’, नर्मदा खरेल उप्रेती, अर्जुनप्रसाद खरेल, सञ्जय अधिकारी, माधव आचार्य, समीर अधिकारी, शिवकुमार गुभाजू, रोहित आचार्य, हरिसरण खड्का, मणिराम चौलागाई, गीता श्रेष्ठ, सुनिल श्रेष्ठलगायतका छन् । पक्राउ पर्नेमा चुडामणि उप्रेती ‘गोरे’लगायतका थिए । त्यस काण्डमा प्रहरीका गोविन्द निरौला, दिवश लोहनी, विकासराज खनाल, श्याम खत्रीलगाएतका हाकिमहरू नै पक्राउ परेका थिए ।
सो काण्डको छानबिनका क्रममा सरकारले डाँडा, खोला सबै हल्लायो । गोरे प्रकाउ पनि ग-यो तर नर्वदा खरेल उप्रेतीलाई पक्राउ गर्न सकेन । सो काण्डमा फरार रहेकामध्ये नर्वदा पनि एक हुन् । उक्त काण्ड सार्वजनिक हुनुभन्दा केही दिनअघि नर्वदा खरेल र अग्नि खरेलसँगै उभिएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । अग्नि खरेल अहिलेका महान्यायाधिवक्ता हुन् भने नर्वदा खरेल उप्रेती गोरेकी श्रीमती हन् ।
यही नातावादका कारण प्रहरीले नर्वदा खरेललाई कहिल्यै भेटेन, मोरङ जिल्ला अदालतले पनि नर्वदाको घर समेत भेटेन । त्यति धेरै चर्चामा रहेको ३३ किलो सुन तस्करी काण्ड यही कारण विस्तारै सेलाउँदै ग-यो । छानबिन समितिको प्रतिवेदन सार्वजनिक पनि भएन, एक पटक भारतमा त्यही ३३ किलो सुन पक्राउ परेको सरकारले प्रचार पनि ग-यो । त्यसपछि त्यस काण्डमा पक्राउ परेका प्रहरीहरूका सबै हाकिमले सफाइ पाएर काममा फर्किए तर सरकारले नर्वदालाई पनि भेटेन, उनको घर पनि फेला पारेन ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर रु ३१ अर्ब बढीको सुन तस्करी
- ‘तपस्वी’ बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति सजाय आदेश
- एमाले र कांग्रेस मिलेर सत्ता समिकरण परिवर्तनको प्रयास
- लोकतान्त्रिक–कम्युनिष्ट शक्तिलाई एकताबद्ध भएर अघि बढाऔं: अध्यक्ष नेपाल
- अमेरिकामा ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ लोकार्पण
- खुट्टाले लेखेर एसइई उत्तीर्ण
- ‘शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ’
- दुई हजार ६३ बिन्दुमा उक्लियो सेयर बजार
धेरैले पढेको
- हवाई माफियाद्वारा सिर्जित वाइडबडी विवाद २३० टन कि २४२ टन ?
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया