१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता नेपालमा सम्पन्न भएको छ । नेपालले प्रतियोगितामा अभूतपूर्व सफलता पनि हात पा-यो र त्यसका लागि नेपाली खेलाडीहरूलाई बधाई नदिइरहन सकिँदैन । नेपालले यो प्रतियोगिता पहिलो पटक आयोजना गरेको नभएर यसअघि दुई पटक आयोजना गरिसकेको छ । यस हिसाबले यो प्रतियोगिता सञ्चालन गर्न नेपाल अनुभवविहीन थिएन, अनुभवी थियो । त्यहाँ अनुभवी खेलाडीले खेल कौशल देखाएर पदक दिलाए । प्रशिक्षकहरूले खेलाडीलाई प्रशिक्षित गरे, जसले गर्दा खेलाडीले तक्मा जित्न सफल भए । उनीहरूले मेडल जितेर राष्ट्रको नाम चम्काए, राष्ट्रको गौरव बढाए ।
साग गेम सम्पन्न भयो । यसले नेपालको नाम विदेशमा चम्कायो पनि । सरकारले पनि यो गेम सम्पन्न गर्न कुनै कमी हुन दिएन । सरकारले यस गेमलाई काठमाडौँमा मात्रै सीमित राखेन । काठमाडौँको अलावा पोखरा र जनकपुरमा पनि केही प्रतियोगिता आयोजना गरिएको थियो । यसले नेपालको प्रसंशा झन् बढाएको छ । यति हुँदाहुँदै पनि साग गेम सञ्चालनका लागि आयोजकले गरेको क्राइसिस मेनेजमेन्टभित्र स्वार्थ लुकेको प्रस्टै देखिन्छ ।
२०७४ सालको भूकम्पले लथालिङ्ग भएको दशरथ रंगशालाको पुनर्निर्माण अन्तिम क्षणसम्म पनि भएको थिएन । त्यसो त तिहारपछि मात्रै डिसेम्बर १ देखि १० तारिख मात्रै नेपालमा १३औं साग गेम आयोजना गरिने निर्णय भएको पनि होइन र दशैँ तिहारपछि मात्रै सरकारले रंगशाला पुनर्निर्माणका लागि बजेट छुट्याएको पनि होइन । सरकारले समयमै साफ गेमको पूर्वतयारीका लागि अर्बभन्दा बढी रूपैयाँ बजेट विनियोजन गरेको थियो । तर, पनि राष्ट्रिय खेलकुद परिषद्ले बेलैमा रंगशाला पुनर्निर्माणको काम अघि बढाएन र बेला घर्किएपछि रातारात काम गरेको देखाइयो ।
यो नै खानेको अनेक दाउ भनेजस्तै हो । बेला छउन्जेल अल्याङतल्याङ गर्ने र बेला घर्किँदै गएपछि हस्याङफस्याङ गरेर काम गर्ने, आफूलाई खर्चपानी निकाल्ने बेइमानहरूको नयाँ तरिका पनि हो । हतार हतारमा काम गरेको देखाएर जनताको सहानुभूति बटुल्ने र मनपरी खर्च गर्ने आयोजकको शैली नबुझिएकोे पनि होइन । दौरा सुुरुवालको प्रसङ्ग स्वेच्छाचारी खर्चको एउटा सानो उदाहरण मात्र हो । साग गेम सम्पन्न भइसक्दा पनि काम भने विरालाले आची गरेर छोपेजस्तो छ ।
बाहिर हेर्दा झल्याकझुलुक देखिए पनि पुनर्निर्माणको फिनिसिङ राम्ररी सकियो भनेर त्यतिकै छाडिने सम्भावना छ । तर, यो होइन कि १३औं साग गेम तयारीका लगि बजेट अपर्याप्त थियो । सत्य यो हो कि हतारको काम लतारपतार भनेजस्तै गरेर आयोजक समूहले हसुरेको हुनुपर्दछ । तर, नहुन पनि सक्दछ । यो गेमको पूर्वतयारीमा गरिएको खर्चमाथि कहीँकतै उजुर नलाग्ने भनिएकाले पनि आयोजकले जे मन लाग्यो त्यही गरेका छन् । तर, यो होइन कि यो काम हतारमा गर्नैपर्ने र उत्तरदायी हुनु पर्दैन । यो जति महत्वपूर्ण काम जुन जटिलताबीच सम्पन्न भयो, त्यसैगरी त्यसको खर्च पारदर्शीरूपमा सार्वजनिक गर्नु आयोजकको दायित्व पनि हो ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया