Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयविशिष्टको ‘भ्रमण मोह’ले प्रकोप व्यवस्थान भद्रगोल !

विशिष्टको ‘भ्रमण मोह’ले प्रकोप व्यवस्थान भद्रगोल !


काठमाडौँ । यस पटक देशभर नै अकल्पनीय विपद आइपर्यो । तीनदिनको लगातार वर्षले पुर्याएको क्षति त्यसको उदाहरण हुनुपर्छ । मौसम विभागकै अनुसार छ, दशकपछि यस्तो वर्षा भएको हो । हुन पनि देशको आधा भाग पूरै डुबानमा परेको थियो भने पुल र बगेका र पहिरो गएका कारण भू–भाग जोडिन कतिपय ठाउँमा वैकल्पिक अवस्था समेत बाँकी रहेनन । मौसम अनुमानमा यो वर्षाले ५६ वटा जिल्ला अतिप्रभावित हुने भनेको थियो, भयो पनि त्यस्तै । यता यस्तो डुबान हुँदा देशका जिम्मेवार पदाधिकारी भने लामो विदेश भ्रमणमा थिए । प्रधानमन्त्री स्वयं संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिकामा थिए । असोज ४ मा अमेरिका गएका उनी १४ गते मात्रै फर्किए । छिमेकी देश भारतका प्रधानमन्त्री भने जम्मा तीनदिन बसेका थिए । त्यही एउटा सम्बोधनका लागि नेपालका प्रधानमन्त्रीले भने यस्तो संकटको पूरै ११ दिन विदेशमा बिताए । त्यसबेला अर्थमन्त्री पनि देशमा थिएनन् । यो भयंकर बाढीपहिरोको प्रकोप फैलिँदा प्रहरी प्रमुख पनि विदेशमै थिए । उनको ‘इन्टरनेसनल इन्फोर्समेन्ट कन्फरेन्स’ मा सहभागी हुने कार्यक्रम असोज ८ देखि १० सम्म थियो । असोज ६ मा ग्रिस गएका उनी १५ गते मात्रै फर्किए ।

जुनबेला देशमा यस्तो विपत् आयो त्यसबेला राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख देशबाहिर अर्थात् बेलायत पुगेका थिए । उनको एकहप्ते निजी भ्रमण रहेको बताइएको छ । यहीबेला मुख्यसचिव पनि विभिन्न सम्मान लिन भन्दै राजधानीबाहिर गएका थिए । उल्लेखित पदाधिकारी देशमा विपत् आइपरेका बेला धेरै सरोकार राख्नेमध्येका हुन् । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण त नामले नै यसको भूमिका प्रष्ट हुन्छ । यी पदाधिकारीको अनुपस्थितिको कारणप्रति इंगित गर्दै विज्ञहरूले विपत्जन्य अवस्थामा अन्तरनिकाय समन्वयको अभाव रहेको भनेर औँल्याएको हुनुपर्छ । इन्जिनियरिङ अध्ययन संस्थान, विपत् अध्ययन केन्द्रका निर्देशकका अनुसार अन्तरनिकायबीचको समन्वय भएन विपद् व्यवस्थापनमा भनेर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बन्यो । त्यसको काम नै विश्वविद्यालय, संघसंस्थाहरू, नेपाल सरकारसँग भएका निकायहरूलाई समन्वय गरेर बृहत्तर विपद् व्यवस्थापनको जोखिम न्यूनीकरण गर्ने हो अथवा विपद् व्यवस्थापन गर्ने हो । तर एक अर्का निकायबीचको समन्वय नभएको देखिन्छ । हामीले साइन्स बेस डिसिजन मेकिङ प्रोसेस अथवा इभिडेन्स बेस डिसिजन मेकिङ प्रोसेस हुनुपर्छ भनिरहेका छौँ । तथ्यगत आधारमा नीति बन्नुपर्छ । विश्वविद्यालय तहमा भएका अध्ययनका तथ्यहरूलाई राज्यले नीति निर्माणको तहमा लागू गरेको देखिँदैन ।

पछिल्लो समयमाथि उल्लेख भएका पदाधिकारी र त्यसमाथि विपत् व्यवस्थापनका लागि भनेर गठन भएको निकायका प्रमुख नै देशबाहिर हुँदा निकायगत समन्वय हुन सकेन । यता मौसम अनुमान विभागले यो दिन यतियति मात्रामा पानी पर्छ भनेर औँल्याएको र त्यस आधारमा सतर्करहन भनेर सूचनाजारी गरिरहेको बेलामा प्रधानमन्त्री र मातहतका निकायका प्रमुखहरू विदेश भ्रमणमा जानु भनेको राज्यलाई भद्रगोल अवस्थामा छाड्नु नै हो । एकदिनको सम्बोधनमा प्रधानमन्त्रीले बाँकी १३ दिन के गरे भन्ने चित्तबुझ्दो जवाफ आएको छैन । यस्तो विपत्मा सबैभन्दा बडी भूमिका हुने प्रहरीका प्रमुख पनि दुई दिनको कार्यक्रममा १० दिन बिताएको कुरालाई सामान्यरूपले लिन हुन्नँ । तर प्रधानमन्त्री नै यस्तै भ्रमणमा रमाएको देखिएको अवस्थामा यी पदाधिकारीलाई कसले प्रष्टीकरण सोध्ने भन्ने प्रश्न उठ्ने गरेको छ । त्यसैभित्र पर्छ विपत् व्यवस्थापनका लागि भनेर गठन भएको निकायका प्रमुख नै देशबाहिर रहेको विषय पनि ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x