काठमाडौं । दशैँ सकिनै लागेको बेला राष्ट्रको ढुकुटीमा विदेशी मुद्राको सञ्चिति उदाहरणीयरूपलै बढेको देखिएको छ । एक प्रकारले यो राम्रो पक्ष हो । तर बढेको सञ्चितिको प्रयोग भने कसरी भइरहेको छ भन्ने पक्षबाट हेर्दा भने त्यति सुखद् पाइँदैन । त्यो उत्पादक वा अनुत्पादक कुन क्षेत्रमा प्रयोग भइरहेको छ भन्नेले देशको विद्यमान आर्थिक अवस्थाको संकेत गर्छ, जो सुस्त अवस्थामा छ त्यसलाई अर्काे पक्षबाट हेर्दा भने त्यति सुखद् देखिँदैन । राष्ट्र बैंकको प्रतिवेदनअनुसार आजको दिनमा विदेशी विनिमय मुद्राको सञ्चिति डेढ वर्षको समयलाई धान्न सक्ने अवस्थामा छ । तर यसले न व्यापार बढायो न राजस्व । दशैँको समयमा उपभोक्ताहरू बढी चलायमान हुन्छन् । त्यसले खासगरी आयातित व्यापार बढाउनुपर्ने हो । त्यस्तो व्यापार बढेको खण्डमा एकातिर बजारमा प्रतिस्पर्धा बढ्ने र वस्तुको मूल्यमा मनपरी नहुने तथा राजस्व पनि बढ्ने हुन्छ । तर अर्थतन्त्रलाई गतिमान बनाउने यी दुवै कुरा बजारमा देखिएनन् ।
दशैँपछि सरकारी कार्यालय खुलेको पहिलो दिन नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको भदौ मसान्तसम्मको विदेशी विनिमय मुद्रा सञ्चितिको विवरण सार्वजनिक गरेको थियो । त्यसमा पछिल्लो आधा दशकयताकै ठूलो उपलब्धि भनेर बताइयो । बैंकका अनुसार गएको भदौ मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ छ । यही वर्षको गएको असार महिनाको तुलनामा त्यसपछिको दुई महिनामा मात्रै पाँच दशमलव पाँच प्रतिशतले वृद्धि भएको देखाइएको छ । यो आवको पछिल्लो दुई महिना साउन र भदौमा मात्रै एक खर्ब ११ अर्ब रुपैयाँ विदेशी मुद्राको सञ्चिति थपिएछ । बैकको विवरणअनुसार गत असारसम्म मुलुकको विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड थियो । विश्लेषणअनुसार चालू आर्थिक वर्ष २०८१/०८२ को दुई महिनाको वस्तु आयातलाई आधार मान्दा यो सञ्चितिले १७ महिनाको सेवा तथा वस्तु आयात धान्न सक्छ । राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा, त्यसमा भुक्तानी हुने वा प्राप्त हुने सबै किसिमको निक्षेप, कर्जा, मौज्दात, विदेशी धितोपत्र र विदेशी मुद्रामा भुक्तानी हुने वा हुन सक्ने अन्तर्राष्ट्रिय प्रचलनमा रहेका मौद्रिक उपकरणलाई विदेशी विनिमयका रूपमा लिइन्छ । यी सबैको जोडमा नै यो सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको हो ।
यसो हेर्दा मौद्रिक र वित्तीय क्षेत्रका सूचकले आर्थिक गतिविधि तीव्ररूपले चलायमान भइरहेकोजस्तो देखाउँछ । विदेशी विनिमयको सबैभन्दा ठूलो स्रोत रेमिट्यान्समा निरन्तर वृद्धि हुनु नै हो । तर विदेशी विनिमयको निरन्तर बढिरहेको आप्रवाहअनुसार मुलुकले त्यसको खर्च गर्न नै सकेन । यो भनेको एक प्रकारले सरकारले अनुमान गरेका वा लक्ष्य किटान गरिएका रकमहरू खर्च हुन नसकेजस्तै अवस्था हो । विदेशी मुद्राको ठूलो हिस्सा खर्च हुने ठाउँ भनेकोे आयात व्यापार नै हो । त्यसमा वृद्धि हुन सकेन । जसले गर्दा विदेशी मुद्रा बैंकमा थुप्रिने क्रम बढ्दै गयो । बैंककै अनुसार पनि पछिल्ला १५ महिनायता विदेशी मुद्रा सञ्चितिले प्रत्येक दिनजसो नै हुनेगरी नयाँ रेकर्ड राख्दै आएको छ । यता राजस्व भने झन्झन् घट्दै छ । सामान्य प्रशासन चलाउन पनि ऋण लिनुपर्ने अवस्था छ । निश्चय नै यो संकेत राम्रो होइन । यो सञ्चितिलाई प्रयोग गरेर राजस्व बढाउने उपायको खोजी हुन आवश्यक देखिन्छ । यसतर्फ सरकारको अविलम्ब ध्यान जाओस् ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया