काठमाडौं । संसद्को तेस्रो र चौथो दल सडक आनदोलनमा उत्रिएका छन् । राजनीतिक दल सडक आन्दोलनमा आउनु कुनै अनौँठो होइन । तर अनौँठो कहाँनेर देखिँदैछ भने यिनका उद्देश्य अदालतमा न्यायिक निरुपणका लागि प्रक्रियामा रहेको विषयलाई प्रभावित पर्नुजस्तो देखिएको छ । यो गम्भीर आपत्तिको विषय हो । समाजमा व्यापक परिवर्त गर्ने र विकृतिहरूलाई निर्मूल पार्ने भनेर खडा भएको नयाँ दलले अदालतको आदेशबाट भएका कामकुरालाई सरकारको प्रतिशोध भनेर त्यहीबमोजिम सडकमा उत्रिएको लामो समय भयो । संसद्को चौथो हैसियत पाएको दलका सभापति यतिबेला अदालतको कठघरामा छन् । अदालतले नै पक्राउपूर्जी जारी गरेर अदालतले नै अनुसन्धानका लागि दुईपटक म्याद थपेर चलिरहेको अनुसन्धानलाई अब सरकारले चाहेर पनि रोक्न सक्तैन । यी सभापतिमाथि सहकारीको रकम अपचलनको आरोप छ । त्यस्तो आरोप लागेको दलका कार्यकर्ता एकातिर आफ्ना सभापतिलाई अर्कोतिर सहकारीको रकम अपचलन गर्नेमाथि कारबाहीको पनि माग गरिरहेका छन् । एकैपटक यस्तो दोहोरो भूमिकामा प्रकट हुँदा यसको आन्दोलन आफैँ अनौँठो मानिन थालेको हो ।
यो दलले जे गर्दैछ यसकै सभापतिको मान्यताविपरीत देखिएको छ । गएको असार अन्तिमतिर सरकार परिवर्तन भएपछि गृह मन्त्रालय छाड्दै गर्दा यो दलका सभापति आफैँले आफ्नो विषयमा जेजस्ता विवादका विषयहरू उठेका छन् ती कुराहरूको अध्ययन अनुसन्धान अघि बढाउनु होला भनेर नेपाल प्रहरीका अधिकृतहरूसमक्ष आग्रह गरेका थिए । यो कुराले त्यसबेला धेरै चर्चा पनि पायो । त्यसबेला संसदीय छानबिन समितिले प्रतिवेदन पनि दिएको थिएन । केवल पत्रपत्रिकामा आएका विवरणहरूले नै उनलाई एक प्रकारले अभियोगी मानिसकेको थियो । गृह मन्त्रालयबाट हिँड्ने बेला मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले आफ्नो बारेमा पनि धेरै प्रश्नहरू उठेको भन्दै आफू मन्त्री भएकाले कुनै प्रभाव परेको भए आजबाट अनुसन्धान र अध्ययन प्रक्रिया अघि बढाउन आग्रह गरका हुन् । उनकै शब्दमा–सरुवा, बढुवाका कुराहरू छन् । सरुवा र बढुवामा कुनै व्यक्ति विशेषलाई हेरेर मैले गरेको छैन । कहिले काहीँ प्याब्सनको आधारमा मान्छेलाई यता उति सार्नेबाहेक हामीले विधि मिच्ने काम गरेका छैनौँ । बाँकी रह्यो मेरो कुरा । विषय त मेरो बारेमा पनि धेरै कुरा उठेका छन् । उठ्छ, हिजो पनि उठेका हुन् । मैले आजसम्म यहाँहरू सबै यहीँ साक्षी हुनुहुन्छ, आफ्ना विषयमा यो गर्नुहोस्, त्यो गर्नुहोस्, भनेको छैन, निर्देशन दिएको छैन । तर पनि मन्त्री भएका कारणले केही अप्ठ्यारो परेको रहेछ भने आजैबाट मेरा विषयमा गहन अध्ययन, गहन अनुसन्धान गर्नुस् । गल्ती गरेको जोकोही होस्, त्यो बच्नुहुँदैन, बचाउनुहुँदैन ।
गल्ती गरेको जोकोही होस्, त्यो बच्नुहुँदैन, बचाउनुहुँदैन भन्ने आफ्नै सभापतिको भनाइविरुद्ध उनको दल यो अनुसन्धानलाई पूर्वाग्रह भनेर नयाँ भाष्य खडा गरी निरन्तर आन्दोलनमा छ । हिरासतमा यी सभापतिले विशेष सुविधा पाएका छन् । तर त्यसको समेत गलत प्रचारगरी भ्रम छर्न खोजको भनेर प्रहरीले नै विज्ञप्ति निकालेको अवस्था छ । उता यही बीचमा अर्को जिल्लाको सहकारीमा पनि उनले रकम अपचलन गरेको भनी पक्राउपूर्जी जारी भएको छ । यता कास्की जिल्लाबाट थपिएको दोस्रोपटकको म्याद सकिएको छैन ।
यी सबै प्रक्रियाका बीच यो दलको तत्काल रिहाइका लागि गरिएको आन्दोलनले यो दल देशको प्रचलित काननुभन्दा आफूलाई धेरैमाथि राख्न खोजेजस्तो देखाएको छ । सहकारीको रकम अपचलन गरेबापत पाँच सयको हाराहारीमा त यतिबेला अदालतकै आदेशबाट पुर्पुक्षका लागि थुनामा नै छन् । सहकारी पीडितहरूको त झनै कुरै भएन । यस्तो बेला यो दलले कानुनलाई सघाउनु नै उचित हुन्छ ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया