काठमाडौं । दशैंको महिना असोज दोस्रो हप्ताको प्राकृतिक प्रकोपले देशैभर नै आतंक मच्चायो । मानिसहरू घर त गए तर जिउज्यान माया मारेर । थलमार्गमा जताततै पहिरो गएको अवस्थामा सबैभन्दा सुरक्षित मानिनेज्ञ हवाई मार्ग थियो । तर त्यही बेला राज्य नभएजस्तो गरी हवाईमार्ग यति महँगो भयो, जुन अरूबेलाभन्दा तीन/चार दोब्बर नै बढी पर्ने भयो । यसलाई नियन्त्रण गर्न सरकार अघिसर्नु पर्थ्यो । तर उसको उपस्थिति नै देखिएन । जसले गर्दा यातायात धेरै नै जोखिमयुक्त रह्यो । त्यसमाथि महँगीको कुरा त स्थायीजस्तै हुने भयो नै । कालोबजारी योसँग यातायात सहजरूपले नचलेका भन्ने बहाना छँदै थियो । जे–जसरी होस् दशैँ बित्यो उपभोक्ताप्रति सरोकार राख्ने निकायले अनुगमनको माग गरिरहे । तर सरकार भने सुनेको नसुनेझैँ गरेर बसिरह्यो । यी सबैका बीच दशैँ बित्यो । अव तिहारमा त्यस्तो नहोस भन्ने आम चाहना थियो । सरकारले अलिकति अनुगमन गरिदिए । बजारमा चलेको एक प्रकारको लूट रोकिन्छ भन्ने आमबुझाइ र विश्वास पनि हो । तर हुन्छ, हुन्छ भन्दै सरकारले भने टारिरहेकै अवस्था देखिए ।
खासगरी तिहार पर्वका प्रमुख आकर्षक हुन लक्ष्मी पूजा र भाइटीका । लक्ष्मी पूजामा बिजुलीका सामान र र भाइटीका । दिदीबहिनीले दाजुभाइलाई उपहारस्वरूप दिने वस्तुहरू सबैभन्दा बढी खपत हुनेमा पर्छन् । तर सरकार यहीबेला अनुपस्थित भइदिँदा बजारमा यो बेला बढी खरिदबिक्री हुने वस्तुहरू नरिवल, काजु, बदाम, ओखर, मिश्री, दालचिनी, किसमिस, पिस्ता मिश्री भाइमसला आदिको मूल्य अचाक्ली नै हुनेगरी बढ्यो । नेपाल खुद्रा व्यापार संघका अध्यक्षले नै बताएअनुसार यी दिन हरेक परिवारले खरिद गर्ने भाइमसलाको मूल्य २० देखि ५० प्रतिशतका दरले बढेको अवस्था देखियो । व्यापारीहरू नै भन्छन् भाइमसलाको मूल्यमा अघिल्लो वर्षको तुलनामा अत्यधिक वृद्धि भएको देखियो । तिहार अगाडिसम्म अघिल्लो वर्षकै मूल्यमा रहेका यस्ता वस्तु जब ग्राहक यी दिनका लागि किनमेलमा बजार पुगे अनि छोइनसक्नुको मूल्य देखेर तर्सिए । जस्तो केही अघिसम्म एक हजार दुई सय ५० मा पाउने बदाम एक हजार सात सय पुगेको, आठ सयमा पाउने मखाना एक हजार नौ सय, एक हजार छ सयमा पाउने काजु दुई हजार एक सय ५०, नरिवल, पेस्ता, किसमिस, छोकडालगायत सबैको मूल्य यस्तै पाइएका उपभोक्ताका अनुभव रह्यो । तिहारमा सबैभन्दा खपत हुने नै यस्तै विभिन्न प्रकारका भाइमसला हुन् । सरकार यो बेला बजारमा देखिएको भए यति मनपरी चल्ने थिएन कि ।
यी वस्तुको मूल्य बजारमा अभाव अर्थात् आयात कम भएर होइन । न त सरकारले करमा कुनै परिवर्तन गरेको छ । एउटा सत्य के हो भने यो बेला खपत भने बढी हुन्छन् । तर यही कारणले मूल्य बढ्नुपर्छ भन्ने नहुनुपर्ने हो । बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तदारुकता देखाएको थियो भने र कारण नखुलाई मूल्य बढाइएको पाइएमा नमुनाकै लागि पनि ठाउँको ठाउँ कारबाही गरिएको थियो भने यस्तो लुट हुने थिएन होला । नागरिकका लागि सरकार छ भन्ने ठाउँ पनि यस्तैयस्तै हुन्छन् । भर्खर मात्रै प्रधानमन्त्रीले यो सरकार तपाईंहरूकै सेवाका लागि बनेको हो भनेर बताएका थिए । तर, त्यो बोलीअनुसार यता व्यवहार भने भएन । यो कुनै आरोप होइन । आमनागरिकले नै सरकार चाहिने बेलामा नभेटिएको भनेर व्यापक गुनासा गरेका छन् । सरकार जनताका लागि हो भने यस्तोबेला उसको उपस्थिति किन हुँदैन भन्ने प्रश्नको उत्तर दिनुपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया