काठमाडौं । देशभित्रको व्यवस्थापन दिन प्रतिदिन निराशाजनक हुँदै जाँदा देशको सशक्त नागरिक भनी चिनिएको युवाशक्तिको वैदेशिक यात्रा झन्झन् बढिरहेको छ । चालू वर्षको तीन महिनामा मात्रै अघिल्लो वर्षको यही समयको तुलनामा केही वैदेशिक रोजगारीमा जानेहरूको संख्या चार दशमलव ८५ प्रतिशतले बढेको देखियो । पछिल्लो आमनिर्वाचनमा राजनीतिक दलहरूले आफ्ना घोषणापत्रमा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता हटाउने भनेर प्रतिज्ञा गरेका थिए । त्यो निर्वाचनको पाँच वर्षे कार्यकालमध्ये अब तीन वर्ष मात्र बाँकी छ । यो बीचमा देशलाई स्वर्ग नै बनाउने र विदेश जाने होइन, विदेशबाट फर्किनेको लहर चलाउने भनी उदाएका नयाँ दलसहितका निर्वाचनमा विजयी सानाठूला सबैदलको सत्ता चल्यो । तर युवाजनशक्ति देशभित्र आफ्नो भविष्य देख्नै छाडेको विगतको अवस्थामा भने झनै वृद्धि भएको उल्लेखित वैदेशिक रोजगारीमा जानेहरूको संख्याको वृद्धिले नै देखाउँछ । यसको अर्को दुःखद् पक्ष के हो भने सरकारमा जाँदा जुनसुकै दलले गरेका प्रतिबद्धताहरूमा देशभित्रै रोजगारी बढाउने भनिँदै आउने गरिएको छ । तर लिखतमा बाहेक यो कुरा व्यवहारमा उत्रिएको पाइएन ।
वैदेशिक रोजगार विभागले हालै दिएको जानकारीअनुसार वैदेशिक रोजगारीमा जानेको संख्या बढिरहेको छ । यसको अझ दुःखद्पक्ष केहो भने राष्ट्रिय चाडवाडको महिना असोजमा मात्रै ५७ हजार युवाहरूले वैदेशिक रोजगारीका लागि देश छाडेको देखियो, जो एक प्रकारले दुःखद् नै हो । अन्तर्राष्ट्रिय विमानस्थलमा पारिवारिक विछोडले निम्त्याएका रुवावासी दृश्यहरू दशैँभर रोकिएनन् । विगतमा पनि यस्तै हुन्थ्यो ।
तुलनात्मक हिसावले अघिल्लो वर्षभन्दा चालू वर्ष विदेशिनेहरूको संख्या बढेको देखियो । विभागका अनुसार आर्थिक वर्ष २०८०/०८१ को पहिलो तीन महिनाको तुलनामा चालू आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या बढी छ । चालू वर्षको पहिलो तीन महिनामा एक लाख ७० हजार पाँच सय ९३ जनाले श्रम स्वीकृति लिए । अर्को बाटोबाट जानेहरूको संख्या यहाँ उल्लेख छैन । २०८०/८१ को यो समयमा विभागबाट श्रम स्वीकृति लिनेकको संख्या एक लाख ६२ हजार छ सय ९४ थियो । त्यो वर्षको यो समयको तुलनामा सात हजार आठ सय ९९ जनाले श्रम स्वीकृति लिएको अवस्था छ । महिनाको हिसावमा २०८१/८२ को साउनमा ५७ हजार चार सय ९३ जना, भदौमा ५० हजार सात सय ७० पुरुष र छ हजार सात सय २३ महिला गरी कुल ५७ हजार चार सय ९३ जना र असोज महिनामा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ महिला गरी कुल ५३ हजार पाँच सय २५ जनाले श्रम स्वीकृति लिए ।
श्रम स्वीकृति लिनु भनेको उनीहरू गएकै अवस्था हो । श्रम स्वीकृति लिएर नगएका भन्ने अहिलेसम्म अपवादबाहेक उदाहरण छैनन् । यद्यपि वैदेशिक रोजगारीमै जानु त्यति नराम्रोचाहिँ होइन । तिनका श्रमले देश चलेको अवस्था छ भने उनका परिवारको जीवनस्तर पनि उठेको छ । तर पनि गाउँमा युवाशक्ति झन्झन् निथिँ्रदै गएको अवस्थाले अरू विडम्बना खडा गर्ने खतरा हुन्छ भने देशलाई आत्मनिर्भरतातर्फ लान पनि समस्या बन्छ । यतिबेला त देशका गाउँहरू मलामी समेत नपाएका अवस्थाबाट गुज्रिरहेका भनेर दिनैपिच्छेजस्तो रिपोर्टहरू आइरहेका छन् । त्यो जनशक्ति देशमा थामिनका लागि सरकारले दिने भनेको रोजगारीको सुनिश्चितता जरुरी हुन्छ । रोजगारीसम्बन्धी सरकारका कार्यक्रम प्रत्येक वर्ष असफल भइरहेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम त्यसको सबैभन्दा ज्वलन्त उदाहरण हुनुपर्छ । अवस्था कस्तोसम्म भने या कार्यक्रममा प्रधानमन्त्रीको पद जोडिँदा बेइज्जत भएको भनेर प्रधानमन्त्रीले नै प्रतिक्रिया दिनुपरेको समेत पाइयो । सरकारको ध्यान जाओस् ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
- बचतकर्ताको रकम फिर्ता गराएर सहकारीलाई लयमा फर्काउनेछौँ : मन्त्री अधिकारी
- चीन भ्रमणका एजेन्डा कांग्रेस–एमालेको सहमतिमा तय हुने
- टोरन्टो घुम्ती शिविरबाट चार सय नेपालीले लिए राहदानी
- नेपाल–क्यानडा सम्बन्धका साथै साझा चासोका विषयमा छलफल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया