काठमाडौं । अहिले देश जताततै सहकारीमय भएको छ । सरकारले अनुमति दिएर खुलेका नागरिकका रकम संकलन गर्ने अधिकार पाएका सहकारीले आफ्नो रकम अपचलन गरेको भनी एकथरी नागरिक अर्थात् पीडितहरू आन्दोलिन छन् । यस्तो आन्दोलन पनि कस्तो भने उनीहरूले महासंघ नै खोेलेका छन् । देशमा आफ्नो बचत फिर्तापाउँ भनी आन्दोलन गर्न महासंघ नै बनेको छ । अर्कातिर त्यस्ता बचतमा ठगी गर्नेहरूको लर्काे नै लागि रहेको छ । विभिन्न दलका उच्च पदस्थहरू जोडिइरहेका छन् । कतिसम्म भने संसद्को चौथो ठूलो दलका सभापति बितेको लामो समयदेखि प्रहरीको हिरासतमा छन् । उनी निवर्तमान उपप्रधान तथा गृहमन्त्री पनि हुन् । उनी राजनीतिमा आउनुभन्दा पहिले एउटा संस्थामा सहकारीको रकम ल्याएर अपचलन गरेका भन्ने आरोपमा अहिले हिरासतवासमा परेका हुन् । उनको दल पनि यतिबेला सहकारीकै नाममा सडकमा छ । यो दलको भनाइमा आफ्ना सभापतिमाथि राजनीतिक प्रतिशोध साँधियो । उसले यस्तो आन्दोलन चलाइरहँदा यी सभापतिमाथि एउटा अदालतले पाँचपटक म्याद थपेको छ भने तीनवटाले पक्राउपूर्जी जारी गरेका छन् । यसले आरोप कति गम्भीर रहेछ भन्ने देखाउँछ ।
हुन पनि सहकारीका नाममा जेभइरहेको छ देशभर नै चासोको विषय हुने भयो नै । महासंघले जनाएको एउटा विवरणअनुसार यतिबेला तीन सय ५७ सहकारी अपचलनमा परेका छन् । जसबाट करिब १४ लाख बचतकर्ताको रकममा खेलवाड भएको छ । अपचलनमा परेको कुल रकमको अंक दुई खर्ब ७५ अर्ब रहेका छ । अर्थात् जोखिममा छ । यसले नै बताउँछ सहकारीका नाममा ठग्ने र ठगिनेहरूको एउटा ठूलो जमात नै बनिसक्यो । सहकारी विभागमा रहेका विवरणअनुसार यतिबेला मुलुकभर रहेका सहकारी ३१ हजार तीन सय ७३ सहकारी छ । यसमा आबद्धहरू सदस्यहरूको संख्या ७४ लाख रहेका छन् भने २३ लाख त ऋणी मात्रै छन् । विभागकै निष्कर्ष के छ भने अधिकांश सहकारी ऐनअनुसार चलेका छैनन् । उच्च राजनीतिक पहँुचका आधारमा सहकारी खोल्ने र जथाभावी चलाउने गर्दामाथि उल्लेख भएका तीन सय हाराहारीका संख्याका सहकारी बढी समस्याग्रस्त देखिए । सहकारीमा बचत गर्नेहरू धेरैतल्लो तहका नागरिक रहेका अवस्था देखिन्छ । पछिल्लो पटक छानबिन समितिले पनि एक खर्ब रुपैयाँ अपचलनमा परेको भनेर निष्कर्ष निकालेको छ । सर्वदलीय संसदीय समितिले ४० वटा सहकारीको अध्यायन गरेको थियो । पूर्वगृहमन्त्री र उनको टोली त्यही समितिको सिफारिसअनुसार छानबिनको दायरामा आएका हुन् । अहिले यस्तै व्यक्तिबाट डुबाइएकोे रकम फिर्ता लिन सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघ नै गठन भएको र त्यसले तीन सय ५७ सहकारीले बचतकर्ताको दुई खर्ब ७५ अर्ब अपचलन गरेका भनेर विभिन्न निकायमा विवरणहरू पेश गरेको पाइएको छ ।
निवर्तमान गृहमन्त्री स्वयं ओपित भएर पाँचवटा सहकारीको रकम अपचलनमा परेका घटना सामान्य होइन । अहिल उनीसँगै अर्थात् उनी प्रबन्ध निर्देशक रहेको एउटा कम्पनीबाट मात्र चारजना आरोपित छन् । यीमध्ये उक्त कम्पनीका अध्यक्ष एकजना फरार छन् भने बाँकी तीनजना सँगसँगै हिरासतमा छन् । यसले सहकारी ठगीको जालो कुनरूपले विस्तार भइसकेको रहेछ भन्ने बुझाउँछ । अहिले हिरासतमा रहेका पार्टी सभापतिले भ्रष्टाचारको विरोध गरेर जनमत पाएका भनिन्थ्यो । तर सहकारीका सन्दर्भमा उनले गरेका काम भिन्न रहेछ भन्ने देखायो । यद्यपि अदालतको नजरले के देख्ला भन्ने छँदैछ तर सहकारी ठगीको कामले एउटा व्यावसायिकरूप लिइसकेको भन्ने यी दृश्यहरूले । यति हँुदा पनि सरकारले अब सहकारीमा यस्तो हुन नदिने भनेर कुनै कार्यक्रम ल्याएको छैन । गम्भीर चिन्ताको विषय यही हो । देशभर फैलिएको यो महारोगको उपचार गर ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- मानव तस्करीमा मुछिएका ११ जना विरुद्ध मुद्दा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति !
- राहदानी प्रणालीमा ‘र्यान्समवेअर’ आक्रमण भएको कसरी थाहा भयो, कहिलेदेखि सबैतिर सेवा सुरु हुन्छ?
- श्रीलंकाको विद्युत् पूर्वाधारका लागि एडीबीले २० करोड डलर ऋण दिने
- युक्रेनद्वारा रूसी तेल तथा ऊर्जा केन्द्रमा प्रहार
- बदलिँदै दुर्गमको परिचय
- चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
- सेती नदीको पुल निर्माण: २८ प्रतिशत भौतिक प्रगति
- चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया