‘तित्रो’ एकप्रकारको चरा हो । यो वनमा बस्छ । त्यसमा पनि झाडीमा बस्छ । बनमा पाइने कीराफट्याङ्ग्राहरू खान्छ । फुुल पार्छ, ओथारो बस्छ । चल्ला काढ्छ, चारो खोजेर ल्याउँछ र बचेरालाई खुवाउँछ । बच्चा हुुर्कन्छन् र उड्न थाल्छ । उनीहरूले पनि भालेपोथी मिलेर आफ्नो गुँड बसाउँछन् । त्यही जीवनचक्र चलिरहन्छ । वनमा बस्ने तित्रोलाई आफ्ना दुश्मनको डर हुन्छ । उसले शत्रुुले नदेखोस् भनेर मुन्टो झाडीभित्र घुसाँउछ र पुच्छरतिरको भाग आकाशतिर फर्काएर लुक्छ । आहारा खोज्दै हिँडेको स्याल, ब्वाँसो, वनबिरालोदेखि शिकारीसम्म कसैले पनि नदेखोस् भनेर तित्रोले आकासतिर पुुच्छरतिरको भाग फर्काएर मुन्टो लुकाउने गरेको हो ।
कायर र काँतर मानिसले पनि दुुश्मनको सामना गर्न नसकेपछि त्यसैगरी मुन्टो लुुकाएर कायरता प्रर्दशन गर्ने गर्दछ अनि हाम्रो समाजमा यसैसँग तुुलना गर्ने गरिन्छ । यो सृष्टिमा यस्ता अनगिन्ती जीवजन्तुुहरू रहेका छन् । ती कुनैमा पनि बानीबेहोरा अर्कोसँग मिल्दैन । हरेक प्रजातिका जीवजन्तुु चराचुुरुङ्गीहरूको बानीबेहोरा फरक हुन्छन् । त्यही कारण तित्रोको पनि फरक स्वभाव र जीवनशैली हुनुु अनौठो होइन । सृष्टिमा भएका एक जीवले अर्कोलाई खान्छ र आहारा बनाउँछ ।
तित्रोलाई मान्छेले मार्छ पकाएर वा पोलेर खान्छ । स्याल, ब्वाँसो, बाघ, बिरालो, चिलले जिउँदै मार्छ । ती सबैखाले शत्रुुबाट जोगिन तित्रोले मुुन्टो तलतिर पारेर पुच्छर आकाशतिर फर्काएर बस्ने गर्दछ । त्यसो गर्दा उसलाई शत्रुुबाट सुरक्षित भएजस्तो लाग्छ । यो तित्रोको भ्रम मात्र पनि होइन । किनकि अहिलेसम्म यसै गरेर उसको अस्तित्व जोगिँदै आएको छ । हुुनसक्छ कि यो प्रजातिको चरा धेरै माथि र टाढासम्म उड्न सक्दैन । उडेर गएपछि पनि झाडीमा नै बस्छ ।
शत्रुले धावा बोल्दा होस् वा अन्य कुुनै अवस्थामा नै किन नहोस् उडेर एक ठाउँबाट अर्को ठाउँमा पुुगेपछि उसको जोडीसँग बिछोड हुन्छ । को कहाँ छ थाहा हुँदैन । त्यो थाहा पाउनको लागि तित्रोले बास्ने अर्थात् कराउने गर्दछ । त्यसो त चल्लासँग बिछोड हुँदा वा प्रेमिका खोज्दा वा आपत् पर्दा अथवा खुसी हुँदा पनि त्यसैगरी कराउने हो । त्यसरी बास्दा ‘तीनताराचित्रिक्’ भनेर कराएको कराएको जस्तो सुनिन्छ । त्यो बास्दा अन्य चराहरूजस्तो सानो र मसिनो स्वरले बास्दैन । निकै टाढासम्म सुनिने गरी बेस्सरी कराउने गर्दछ । त्यसरी बेस्करी बास्दा पहिलेको झाडीबाट उडेर कहाँ पुुगेर बसेको छ भन्ने शिकारीले सजिलै अनुुमान लगाउन सक्छ र फेरि उसले पिछा गर्न थाल्दछ ।
भर्खरै उडेर एक ठाउँबाट अर्को ठाउँमा पुुगेको तित्रो फेरि पहिलेजस्तै गरी उड्न सक्दैन । उसले पहिलो पटकमा नै लामो वेग हान्न सक्दैन । त्यसमाथि पनि लगत्तै दोस्रो पटक उड्न सक्ने सामर्थ्य त्यो तित्रोसँग हुँदैन । तित्रोले त्यसरी ठूलो आवाजमा कराउँदा शिकारीको पञ्जामा पर्ने सम्भावना बढी हुन्छ । शिकारीबाट उम्कन भागेर दौडन्छ । सके उडेर लामो वेग हान्छ, नसके भुुइँमा खस्छ । त्यतिबेला दौडन पनि नसके उसले त्यही झाडीबाट पतिङ्गरमा मुन्टो लुकाउँछ र सुरक्षित महसुुस गर्दछ । तर शिकारले उसलाई भेटिसकेको हुन्छ । शिकार गरेर लैजान्छ । खान्छ, तित्रोको जीवन सकिन्छ । यसरी तित्रोको जीवन सकिनुुमा उसले ठूलो स्वरमा बास्नुु नै हो । त्यही कारण नेपाली समाजमा तित्राको मुुखै वैरी भन्ने भनाइ प्रख्यात भएको हो ।
तित्रोको मुुखै वैरी भन्ने भनाइ नेपाली समाजमा उखान बनेर चलनचल्तीमा प्रसिद्ध भएको छ । नचाहिने कुरा प्यारप्यार धेरै बोलेर कसैले दुःख पायो भने नेपाली समाजमा तित्राको मुुखै वैरी भन्ने गरिएको छ । पछिल्लो समय प्रधानमन्त्री केपी ओलीको भारतविरोधी अभिव्यक्तिलाई पनि यसैसँग तुुलना गर्न थालिएको छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया