यतिबेला सरकारले देशको सीमा पूरै सिल गरेको भनेको छ । तर यही अवस्थामा कसैलाई केही हानि नपु¥याएका र आफ्नै खर्चले निर्माण गरेको हनुमानको मन्दिरमा पूजा गरेर बसेका पुजारीलाई निर्ममतापूर्वक हत्या गरिएको घटनाको हप्ता दिनसम्म हत्यारा पत्ता लागेन । अझ सीमापारि कटेर गएको हुनुपर्छ भन्ने कुरा प्रहरीले नै बताएको छ ।
यो अवस्थामा यो सिल कस्तो हो भन्ने प्रश्न उठ्छ नै । कि आउनका लागि मात्र सिल हो, जान त पाइन्छ भन्ने मान्यताको अवलम्बन भएको हुनुपर्छ । तराई क्षेत्रका यस्ता हत्याजस्ता जघन्य घटनामा सीमाको प्रयोग हुनेगरेको छ । यसलाई नकार्न मिल्दैन । तर अहिलेको अवस्था त्यस्तो होइन । कोरोनाजस्तो सूक्ष्म जिवाणु त प्रवेश नहोस् भनी सतर्कता अपनाइएको बेला यस्तो कसैसँग कुनै दुष्मनी नभएका व्यक्तिको हत्या गरेर सीमा कटे भन्ने कुरा आफैँमा कति पत्याउने खालको होला अनुमान गर्न सकिन्छ ।
हत्या भएका व्यक्तिको आचरणले पनि धेरै कुरा बताउँछ । यतिबेलाको सवाल हो, यो हत्याको अनुसन्धानमा ध्यान दिइएन कि भन्ने । त्यसमाथि हत्याराको खोजी र कारबाहीको माग गर्नेमाथिचाहिँ कडारूपमा प्रस्तुत हुन गृह मन्त्रालयले नै जस्तो परिपत्र जारी ग¥यो त्यसले थप आशंका जन्माएको अवस्था छ ।
स्थानीय तहबाट रिपोर्ट भएअनुसार हत्या भएका यी पुजारी एकदमै सादगी थिए, सबैका मायालु । विभिन्न पर्वहरूमा प्रसाद बनाएर उत्साहपूर्वक गाउँलेलाई बोलाएर खुवाउँथे । उनको कोहीसँग दुष्मनी थिएन । यो मन्दिर पनि आफ्नै भूमिमा आफ्नै खर्चमा बनाएको हुँदा उनको उत्तराधिकारीको पनि कुरा आएन । त्यसदिन राति मन्दिरछेउमा रहेको छाप्रोअगाडि बसेका बेला पुजारीको कन्चट गोली प्रहार भई उनी मृत अवस्थामा भेटिएका थिए ।
विवरणमा आएअनुसार पुजारीको घटनास्थलमै मृत्यु भएको थियो भने उनको शवछेउमा कचौरामा रोटी, तरकारी र भुइँमा सानो कागजमा नुन र एक लोटा पानी भेटिएको थियो । यसले यी व्यक्ति अर्थात् पुजारी कति सादगी रहेछन् भन्ने बुझाउँछ । यस्ता व्यक्तिमाथि गोली प्रहार र हत्या एउटा हत्या मात्रै नभएर समाजमा सन्त्रास फैलाउनेहरूको साजिस पनि हुनसक्ने ठम्याइ छ गाउँलेहरूको । यस्ता व्यक्तिलाई त छाड्दैनन् भने भोलि जोसुकैको अवस्था यस्तै हुने खतरा देखिन्छ । त्यसका लागि पनि यो हत्या घटनाको छानबीन छिटो हुनुपर्छ भन्ने स्थानीयको माग रहेको हुनुपर्छ । कुनै पनि घटनाको जति छिटो दोषी पत्ता लगाउन सकियो त्यसले समाजलाई त्यति नै बढी शान्ति सुरक्षाप्रति विश्वस्त पार्छ ।
यो कुरा प्रहरीलाई पनि हेक्का रहेको हुनुपर्छ । तर यो ठाउँमा किन गृह मन्त्रालयले प्रत्यक्ष हस्तक्षेप गर्न रुचायो भन्ने प्रश्न उठ्न थालेको छ । यस्ता निर्दोष र त्यसमाथि धार्मिक व्यक्तिको हत्यामा यति लामो समयसम्म हत्यारा पत्ता नलाग्नु स्थानीयस्तरमा चिन्ताको विषय हो । त्यस्तो बेला हत्यारालाई छिटोभन्दा छिटो पत्ता लगाऊ, दण्डित गर भनी माग हुनु स्वाभाविक हो । तर गृह मन्त्रालयले हत्यारा पत्ता लगाउने कामभन्दा पत्ता लगाऊ भनी माग गर्नेहरू अपराधी हुन्जस्तो व्यवहार गरेको पाइयो । यसले हत्याजस्तो जघन्य घटनालाई स्वाभाविक मान्न खोजेजस्तो बुझाउँछ । सरकारको यो शैली नै शान्ति सुरक्षाका लागि चुनौती हुन सक्छ । समयमै सच्याइयोस् ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया