Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयनिषेधले काम गरेन विकल्प खोजौँ

निषेधले काम गरेन विकल्प खोजौँ


काठमाडौं,भदौ १९
प्रधानमन्त्रीले पछिल्लो समय कोरोना भाइरस विस्तार हुनुमा सरकार नभएर नागरिक नै दोषी भएको निष्कर्ष सुुनाए । केही दिनअघि एक अन्तरवार्ताको क्रममा ‘अज्ञानता भएको ठाउँमा पनि खानेकुरामा नजर नलागोस् भनेर बेसार प्रयोग गर्ने चलन छ । बेसार हालेपछि नजर लाग्दैन । मान्छेको नजर त लाग्न सक्दैन भने त्यो किटाणु (कोरोना भाइरस)को के कुरा ? यहाँ कोरोनाले मात्रै मृत्यु भएको हो भन्न सक्ने अवस्था छैन । जनताको सचेतनामा कमी र अन्य केही कारणले गर्दा समुदायस्तरसम्म कोरोना संक्रमण फैलिएको हो । यसमा सरकारको कुनै दोष छैन ।’ भनी प्रधानमन्त्री यो महामारीको दोषबाट आफू भाग्न खोजे । यो उद्धरणले अझै पनि सरकार गम्भीर नभएको देखाउँछ । यसले सरकारलाई जिम्मेवारीबाट पछि हट्न मदत पुग्छ ।

कोरोना विस्तारमा नागरिकको दोष रहेको भन्ने प्रधानमन्त्रीले भनेको कुरा आंशिक मात्रै सत्य होला तर पूर्ण सत्यचाहिँ सरकारका सतर्कताहरू पर्याप्त नभएका कारण नै हो । बीचमा केही खुलेजस्तो भए पनि नेपाल चैत ११ देखि आजसम्मको मितिमा निरन्तर बन्द नै छ । सरकारको निर्णयको सम्मान गरी जनताले त्यसको विरोध गरेका छैनन् । हालै जर्मनीको बर्लिन, बेलायतको लण्डनलगायतका सहरहरूमा धेरै मान्छे भेला हुन नपाइने, मास्क लगाउनुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने मान्यताको उल्लङ्घन गर्दै जनता सडकमा उत्रिका थिए । नेपालमा सरकारविरुद्ध त्यस्तो जनप्रर्दशन भएको छैन ।

सत्याग्रह भयो तर त्यो कोरोना भाइरस रोकथामको सन्दर्भमा नै थियो । बरु प्रधानमन्त्रीले नै सत्ता जोगाउने सन्दर्भमा आफ्ना समर्थकलाई देशव्यापी प्रदर्शनीमा उतारेका छन् । यस्तो परिस्थितिमा कोरोना नागरिकले फैलाए भन्ने आरोप लगाएर सरकार पन्छिन पाइँदैन । नागरिकले गर्ने भनेको सरकारले दिएका आदेशहरूको पालना नै हो । त्यो भएको छ । यतिबेलासम्म देशमा जताततै निषेधाआज्ञा छ । ६० वटा जिल्ला यस्ता निषेधमा छन् । निषेधको उल्लङ्घन भएको कतै थाह छैन । त्यसो भए किन कोरोना बढिरहेको छ त ?

यो चार महिनाभन्दा बढीको बन्दाबन्दी र निषेधाज्ञाको अनुभवले बन्द मात्रै विकल्प होइन रहेछ भन्ने बुझिन्छ । लकडाउन हँुदा देशमा जम्मा दुई जना मात्र संक्रमित थिए । लकडाउन हट्दा त्यो बढेर १० हजारमा पुग्यो । बन्द नै उपचार हो वा थियो भने त त्यो दुई जनाबाट घट्नुपर्ने थियो नि । यतिबेला सबैतिरको एउटै स्वर छ, लकडाउन मात्र गरेर समस्या समाधान हुँदैन, स्वास्थ्य सङ्कटले आर्थिक सङ्कट पनि निम्त्याँउछ, आर्थिक क्रियाकलापलाई रोक्ने काम भयो भने यसले आर्थिक र सामाजिक सङ्कट निम्त्याउने खतरा हुन्छ । यो अहिले नै देखिइसकिएको छ । दैनिक ज्यालामा जीवन चलाउने लाखौँ जनता यसको मारमा परेका छन् । बन्दले शासनलाई मात्र सजिलो भयो तर समाज र जनता जताबाट पनि पीडित नै छन् । निषेधका बेला कोरोना भाइरसको संक्रमण झन् बढेको देखियो । उदाहरण खोज्न टाढा जानु पर्दैन उपत्यका नै काफी छ । १५ दिनको निषेधमा त यो दर घट्न थाल्नुपर्ने हो तर बढी नै रहेको छ । यसले प्रस्ट पार्छ कि लकडाउन र निषेधाज्ञाको विकल्पको खोजी हुनु अहिलेको प्रमुख कुरा हो ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x