विषाक्त स्यानिटाइजर उत्पादकलाई कडा कारबाहीको होस्
विश्वव्यापी कोरोना महामारीको भयावह अवस्था र त्यसको प्रभाव नेपालमा पनि बढिरहेको छ । पछिल्लो समय एक हजारमा एक जनाको दरमा संक्रमण कायम छ भने यो बढ्दै जाने देखिन्छ । कोरोनाका नाममा भएको बन्दाबन्दीका कारण नागरिकले बितेको छ महिनामा ठूलो सङ्कट व्यहोरिसकेका छन् । बन्दाबन्दीकै कारण कतिपयको ज्यान गइसकेको छ भने कति त घरबारविहीन समेत भएका छन् । यो क्रम अझै जारी छ र कहिलेसम्म रहला भन्ने निश्चित पनि छैन ।
राज्यले अपनाएका सुरक्षाका सबै मापदण्डहरूभन्दा यो संक्रमणको विस्तार झनै खतरनाक देखियो । यतिबेला त अस्पताल पनि नपाउने अवस्था छ । जतातातै बढ्दो अवस्थामा रहेको रोगले समातिहाले पनि कतैबाट सहानुभूति पाउने अवस्था छैन । संक्रमणबाट मुक्त भएकाहरूको अनुसार यो रोगसँग नितान्त एक्लो यात्रा गर्नुपर्ने बाध्यता छ ।
यता यस्तो छ भने उता यस्तो सङ्कटको बेलामा पनि मान्छेलाई झनै सङ्कट थप्ने र औषधिका नाममा विष बेचिरहेका छन् । रोगबाट बच्नको लागि भन्दै सबैले प्रयोग गरिरहेको स्यानिटाइजर समेत विषक्त हुनेगरी उत्पादन भइरहेको रहेछ । विज्ञहरूका अनुसार नक्कली र गुणस्तरहीन स्यानिटाइजरका कारण मान्छेको स्वास्थ्यमा गम्भीर आघात पुगिरहेको छ । कोरोनाबाट सुरक्षित हुन भनी जुन वस्तु प्रयोग गरिरहेका छौँ त्यो वस्तु कोरोनाभन्दा पनि बढी विषालु भएर बजारमा फैलिरहेको रहेछ यो एउटा तीतो सत्य हो ।
कोरोनाको जिवाणुबाट आक्रान्त समाजलाई त्यही समाजमा रहेकाहरूले अर्को विष थपेर झन् भयावह बनाइदिन्छन् भने यस्तो कामलाई कस्तो भन्ने ? अर्कोतर्फ जुन वस्तुले कोरोनाको जीवाणु मार्छ भनी बजारमा किनबेच भैरहेको छ त्यो वस्तु नै क्षमताहीन रहेछ भन्ने पनि पुष्टि भयो । यसै हप्ता नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले गरेको एउटा अध्ययनमा बजारमा प्रयोग भइरहेका स्यानिटाइजरमध्ये ४५ प्रतिशत प्रभावहीन र उल्टो हानिकारक रहेका देखिए ।
२२ वटा ब्रान्डको नमुना परीक्षण गर्दा ४५ प्रतिशतमा हानिकारक जीवाणुलाई नष्ट गर्ने क्षमता नभएको पाइयो साथै यता ती मानव स्वास्थ्यका लागि पनि हानिकारक रहेका छन् । यो अवस्थाको अनुगमन गर्ने निकाय भनेको औषधि व्यवस्था विभाग हो । औषधि उत्पादक संघका अनुसार यो विभागले भने यस्ता विष उत्पादन गर्नेहरूको दर्तासमेत गर्न आवशयक ठानेको छैन ।
यतिबेला देशभर स्यानिटाइजर उद्योगको संख्या तीन सयभन्दा बढी छ । तर, औषधि व्यवस्था विभागबाट जम्मा ४० वटाले मात्र सञ्चालनको अनुमति लिएका छन् । यसको अर्थ हो, बाँकी सबै अवैधरूपले चलिरहेका छन् । अहिले विषाक्त स्यानिटाइजर छ्यापछ्याप्ती भएको भन्ने गुनासो आएर प्रतिबन्ध लगाएका उद्योग पनि त्यसरी नै दर्ताबिना चलेकामध्येमा पर्छन् । यी पाँचवटा उत्पादनलाई विभाग मातहतको राष्ट्रिय औषधि प्रयोगशालाले नमुना परीक्षण गर्दा ती अत्यन्त विषाक्त पाइएका हुन् ।
विभागका महानिर्देशकका अनुसार पनि ती उत्पादकले स्यानिटाइजरमा ८३ प्रतिशतसम्म मेथानल प्रयोग गरेका पाइयो । मेथानलले मानिसको ज्यानै जान सक्छ । त्यसो हो भने अब यीमाथि कस्तो दण्ड होला ? यस्ता जनस्वास्थ्यका हितविपरीत काम गर्नेमाथि यस्तो दण्ड हुनपर्छ कि पछि अरुले पनि यस्तो काम गर्ने आँट नगरुन् ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया