बालुवाटारमा कोरोना प्रवेशको स्रोत खोजियोस्
कोरोना संक्रमण डरलाग्दो आकारमा परिणत हुँदै गरेको केन्द्रीय राजधानी काठमाडौँ उपत्यकामा एउटा अर्को घटनाले थप भय उत्पन्न गरेको छ । पछिल्लो पटक सबैभन्दा सुरक्षित मानिएको कडा सुरक्षा घेराभित्र रहेको प्रधानमन्त्री निवासमा सवा सयजतिको परीक्षण गरिएकोमा ७० जनाको हाराहारीमा कोरोना संक्रमण देखियो । प्रधानमन्त्री भने स्वास्थ्यका कारणले पहिलेदेखि नै धेरै सतर्क रहेका भन्ने विवरणहरू सर्वसाधारणको जानकारीमा आइरहेका छन् । प्रधानमन्त्री संलग्न हुने हरेक कार्यक्रम निवासको घेराभित्र नै सम्पन्न हुनेगरेका भन्ने त विगतदेखिकै सत्य हो ।
गएको चैत महिनायता प्रधानमन्त्री निवासबाट बाहिर निस्किएका भन्ने जानकारी अपवाद मात्रै होला । पछिल्लो समय यो दलको सचिवालयको बैठक एक पटक पेरिसडाँडामा बसेको थियो । त्यसपछि फेरि त्यो बैठक बालुवाटारभित्रै बस्ने तय भएको छ । यस्तोमा निवासभित्र कोराना कसरी प्रवेश भयो भन्ने आफैँमा एउटा प्रश्न हुन सक्छ । यद्यपि प्रधानमन्त्री भने जोगिएको अवस्था छ । तर उनका वरिपरिका सबैमा यो संक्रमण देखियो ।
यसमा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार, विदेश मामिला सल्लाहकार, प्रेस सल्लाहकार र स्वकीय सचिवमा कोरोना पुष्टि भयो । यसअघि बालुवाटारभित्रकै फोटोग्राफर मात्र होइन चिकित्सकमा समेत कोरोना देखिएको छ । यो समूह भनेको प्रधानमन्त्रीको धेरै नै निकट रहने समूह हो । उनीहरू आफैँले सामाजिक सञ्जालमार्फत आफूहरूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
यो राजनीतिक समूह मात्र होइन प्रधानमन्त्री निवासको सुरक्षामा खटिने भित्री घेरामा रहेका सुरक्षाकर्मीहरूको पनि ठूलो संख्या संक्रमित भएको देखियो । यसमा नेपाली सेनाका २८, नेपाल प्रहरीका १९ र सशस्त्र प्रहरीका १८ तथा राष्ट्रिय अनुसन्धान विभागका दुई जना गरी ६७ जनामा कोरोना पुष्टि भयो ।
अहिलेसम्म सरकारी घेरामा एकैपटक यति ठूलो संख्यामा संक्रमण देखिनुले प्रधानमन्त्री निवासमा कोरोनाको सतर्कता कस्तो छ भन्ने कुरा देखाउँछ । यसअघि प्रधानमन्त्री ओलीका निजी चिकित्सक र फोटोग्राफरलाई कोरोना पुष्टि भएपछि निवासमा कोरोना प्रवेश गरेको संकेत प्राप्त भइसकेको थियो । त्यसबेला उनीहरूलाई कोराना पुष्टि भएपछिको एक/डेढ हप्तापछिको कुरा हो यो । अहिले अनुमान के छ भने यस्तो परीक्षण गर्न नै ढिलाइ भयो ।
बालुवाटारमा कोरोना देखिएको यो घटनाले एक पटक फेरि कोरोना परीक्षणको अहिलेको दररेटमाथि प्रश्न खडा हुन्छ । बालुवाटारको सुरक्षा घेराभित्रबाट यति ठूलो संख्याको संक्रमण भेटिएको अघिल्लो दिन काठमाडौंमा संक्रमितको संख्या यो बेलासम्मको सर्वाधिक थियो ।
शनिबारसम्म देशभर २१ हजार तीन सय दुई जना सक्रिय संक्रमित रहेको अवस्थामा काठमाडौं उपत्यकामा मात्रै १२ हजार दुई सय ५४ जना सक्रिय कोरोना संक्रमित पुष्टि भएको अवस्था छ । काठमाडौं उपत्यकाको उक्त सक्रिय संक्रमितको संख्या कुल संक्रमितको ५७ दशमलव ५२ प्रतिशत हो । काठमाडौं यसकारणले बढी चर्चामा छ, यो केन्द्रीय राजधानी हो भने सबैभन्दा बढी शिक्षित जनसंख्या रहेको ठाउँ पनि यही हो । अब त योभन्दा झनै बढी सुरक्षित मानिएको ठाउँ प्रधानमन्त्री निवास नै सबैभन्दा असुरक्षित रह्यो ।
यसले एकप्रकारले सरकारको कमजोरीलाई नै देखाउँछ । समाजमा थप भय सिर्जना गर्छ । त्यसकारण कुन स्रोतबाट कोरोना संक्रमण बालुवाटार प्रवेश ग-यो त्यो पत्ता लगाउन जरुरी छ । कहाँ र कोबाट हेलचेक्र्याइँ भएको छ त्यो पत्ता लागाउन जरुरी छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुसार सरकारले अपनाएको मापदण्ड निवासले पालना गरेन । वास्तवमा त्यसै हो भने यो अनुसन्धानको विषय हुन जान्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया