जुन बेला कोरोनाको संक्रमण भर्खर प्रकट हुँदै थियो, त्यसै बेलादेखि सरकारको तयारीबारे विज्ञहरुले सुझाव दिनथालेका थिए तर सरकारले सुनेन । बरु त्यसको उल्टो, नगर्ने कामहरु गरिँदै गइए र गर्ने कामचाहिँ छोडिँदै आइए । यसको परिणाम कस्तो आयो भने धान्नै नसकिने अवस्थामा आइपुगियो । त्यस बेला गर्नैपर्ने काम थिए– आपत् आइलाग्यो भने त्यसको बन्दोबस्तका लागि अस्थायी किसिमका व्यापक रुपका उपचार कक्ष, आइसोलेसन कक्ष र क्वारेन्टाइनको निर्माण । यो काम गर्ने संगठित संस्था सेना थियो तर त्यसको दक्षता र कार्यप्रकृतिभन्दा भिन्न रुपको काम औषधि खरिदमा लगाइयो ।
त्यसबेला सरकारको यस्तो कामका बारे पूर्वप्रधानसेनापतिदेखिका विज्ञहरु सबैले विरोध गरे । हुन पनि त्यस्तै भयो– औषधि खरिदमा सेना बदनाम भयो । सुझाव थिए– सेनाको दक्षताअनुसारको काम क्याम्पहरु बनाउन देऊ । त्यस्तो निर्माण भएपछि जे काममा पनि प्रयोग गर्न सकिने भन्ने थियो । सरकारले त्यो कुरा सुनेन । त्यसकारण पनि होला अहिले आपत् पर्दा सरकारसँग प्रयोग गर्ने त्यस्ता कुनै भवन भएनन् ।
यतिबेला फेरि त्यस्ता सुझाव दिन थालिएको छ । यो ठाउँमा आग्रह गर्नुपरेको छ, सरकारले यो कुरा सुनोस् । सरकारले विज्ञहरुको सुझाव नसुन्दा नै कोरोना महामारीसँग लड्न कठिनाइ परिरहेको बुझाइ छ सबैतिर । कोरोना संक्रमितको संख्या एक लाख नाघेको सन्दर्भमा विज्ञका सुझावहरु आइरहेका छन् त्यससँग कसरी लड्ने भनेर । यी सुझाव साझा प्रकारका छन् । त्यसमध्ये जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले दिएको सुझाव उदाहरणका रुपमा लिन सकिन्छ । उनले १० हजार बेडको आइसोलेसन केन्द्र बनाउन सरकारलाई सुझाएका छन् ।
पूर्वसेनापतिहरुको भनाइमा पनि यो सम्भव छ । सेनालाई एक हजार बेडको कोभिड डेडिकेटेड अस्पताल (प्रिफ्याबको, अस्थायी) तथा १० हजार बेडको आइसोलेसन केन्द्र बनाउन सरकारले स्थान, साधन, स्रोत र छोटो समय प्रदान गरोस् भन्ने आग्रह छ उनको । उनकै भनाइमा जनस्वास्थ्यका मापदण्ड पालना गराउन, अनुगमन र निगरानी प्रभावकारी बनाउन गृह मन्त्रालयले विशेष अभियान सञ्चालन गरोस् । स्वास्थ्य मन्त्रालयले परीक्षण व्यापक गर्ने, हरेक अस्पताललाई चुस्त राख्ने, आवश्यकताअनुसार ठूला अस्पताल तथा मेडिकल कलेजलाई कोरोना डेडिकेटेड अस्पताल बनाउने काम गरोस् । महानगरले पाँच हजार बेडको आइसोलेसन केन्द्र बनाउने भनेको थियो, त्यो तुरुन्त कार्यान्वयन होस् ।
सरकारलाई मात्र होइन, यी विज्ञले सर्वसाधारणलाई पनि जोगिएर रहन केही कुरा सिकाएका छन्– जस्तो घरबाहिर निस्किन अनिवार्य भएमा सही तरिकाले मास्क लगाऔं, जसरी सम्भव हुन्छ, व्यक्तिगत दूरी कायम गरौँ, भीडमा जाने दुस्साहस नगरौं । उनले एउटा प्राकृतिक उदाहरण दिएका छन् जो यो बेला सबैले सम्झिनुपर्छ । उनले सुझाएको कुरा हो– तालचराले ज्यान जोगाउन अपनाएको तरिका । यसमा पशुपक्षीले आफूलाई सुरक्षित राख्न गर्ने गरेका कामहरु सिको गर्न पनि भनिएको छ जो अवलम्बन भए जे जति भए पनि फाइदा नै होला ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया