दिनैपिच्छे कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । परीक्षणकै सन्दर्भमा पनि कतिपय अवस्थामा त दुई जनामा एक संक्रमित देखिन थालेका पाइन्छ । यो धेरै खतरानाक अवस्थाको संकेत हो । प्रधानमन्त्री निवासमै एक सय ५० को हाराहारीमा गरिएको परीक्षणमा ७० जना संक्रमित भेटिएको पछिल्लो आवस्था आफैँ एउटा डरलाग्दो चित्र हो । १९ हजार तीन सय २० जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार आठ जना (२५.९२ प्रतिशत) संक्रमित देखिए ।
पछिल्लो समयको यो सबभन्दा ठूलो संख्या हो । यसअघि १८ हजारको हाराहारीमा परीक्षण हुँदा करिब ४५ सयको संख्या संक्रमित भेटिएका थिए । १० देखि १२ हजारको हाराहारीमा परीक्षण हुँदा २५ सयसम्मको संख्या देखिएको अवस्था पनि गुज्रिसकेको छ । यी भनेका दिनहुँ भयावहतातर्फको यात्रा हो । गएको शुक्रबारदेखि संक्रमितको संख्या एक लाखभन्दा माथिबाट गणना हुन थालेको छ ।
यतिबेला कोरानाको विस्तार भयावह त छ नै त्यसमाथि सरकारका कामकुरा पनि उत्तिकै आलोचनामा परेका छन् । आलोचनाको पहिलो ठाउँ थियो परीक्षणको क्षमताको प्रयोग नहुनु । प्रधानमन्त्रीले नै असोजको तेस्रो दिन नै देशमा २४ हजारको क्षमता रहेको भनी जानाकारी गराएका थिए । त्यसमध्ये बितेका दुई दिन मात्रै १८ र १९ हजारको प्रयोग भयो । यसमा पनि पाँच हजारको संख्या त खेर गएको अवस्था छ । त्यसअघि त प्रत्येक दिन १२–१३ हजारको दरले क्षमता खेर गएको थियो ।
परीक्षण नहुनु भनेको संक्रमण लुक्ने हो र संक्रमण लुक्नु भनेको कति खतरनाक हो भन्ने उल्लेख भइरहनु पर्दैन । यो भनेको सरकारी नेतृत्व असफल भएको भन्ने संकेत हो । संविधान दिवसकै अवसरमा प्रधानमन्त्रीले देशको क्षमता त्यति दयनीय नरहेको भनी बताएका थिए । त्यसो हो भने स्वाभाविक छ त्यसको प्रयोग भएन कि भनी प्रश्न उठ्छ नै । १९ हजार तीन सय २० जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार आठ जना (२५.९२ प्रतिशत) मा संक्रमण देखिएको अवस्थालाई मध्यनजर गरिँदा संक्रमण धेरै नै विस्तार भैसकेको बुझ्नुपर्ने हुन्छ । कुल क्षमताको २४ हजारकै परीक्षण गरिँदा आउने परिणाम कस्तो होला भनी आँकलन गर्नसक्ने ठाउँ बनिसकेको छ । यो भनेको कतै सरकारी नेतृत्व हुनुपर्ने ठाउँमा गम्भीर नभएको हो कि भन्ने शंका गर्नुपर्ने अवस्था हो ।
यस्तो आम तहमा प्रश्न उठ्न थालेको छ, प्रधानमन्त्री कता छन् भन्ने । एउटा मन्त्रिपरिषद् फेरवदल गर्ने सन्दर्भमा सत्तारुढ दलका दुई अध्यक्ष प्रत्येक दिन भेटघाट र घण्टौं वार्तामा समय बिताएका समाचारहरू आइरहेका छन् दिनहुँ नै । यता देश कोरोना महामारी र त्यसको अवस्था पनि हुन नसक्दा देशमा एकप्रकारले रुवााबासी नै हुनेगरेको अवस्था छ ।
यस्तोबेला शीर्ष नेतृत्वको एक/दुई जना मन्त्री फेरबदलका लागि हप्तौँ लाग्ने र घाण्टौँ बितिरहेको अवस्था विद्यमान परिस्थितिका अगाडि निरर्थक नै हो । कोरोनाका सन्दर्भमा गठन भएका समितिहरू असफल नै भएको अवस्था छ । यस्तोबेला अब शीेर्ष नेतृत्वले नै नृतृत्व लिनुपर्ने देखिन्छ । त्यसै पनि यस्तो गर्न ढिलो नै भइसकेको छ । अब प्रधानमन्त्रीले सम्बोधन गरेको भरमा चल्ने अवस्था छैन । प्रधानमन्त्री मैदानमै आउनुनपर्ने भयो । यसतर्फ ध्यान जाओस् ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया