संसारभरिकै लागि झन् झन् भयावह बन्दै गएको कोराना महामारीले हरेकलाई आतंकित पारिरहेको बेला नेपालका सरकारको पछिल्लो निर्णयका कारण यो महामारी झन् फैलाउनेमा सरकार आफै त कारक बन्ने होइन भन्ने प्रश्न खडा भएको छ । दशैँअघि लगत्तै अर्थात् दशैँ विदाका समयमा सरकारले गरेको लक्षित समूहबाहेकलाई कोभिड–१९ को परीक्षण र उपचारमा शुल्क लिने भन्ने निर्णयले नोक्सान पारेको देखियो । त्यसैको प्रभाव अब प्रकट भइरहेकोे विज्ञहरुले औँल्याउन थालेका छन् । कोरोनाको प्रकृति नै संक्रमण हुनबाट रोक्ने सबैभन्दा भरपर्दो उपाय हो संक्रमण भएका र नभएकाहरुको रेखा कोरिनु । यति भयो भने महामारी आफै नियन्त्रणमा आउने दाबी छ विज्ञहरुको । पहिचान भएको व्यक्तिले पहिचान नभएको व्यक्तिको तुलनामा रोग सार्ने अवस्था शून्यबराबर अथवा धेरै नै कम हुने अनुमान गरिन्छ । तर सरकारको पछिल्लो निर्णयले पहिचानलाई निरुत्साहित पारेको अवस्था प्रकट हुँदै छ । यो सबैभन्दा डरलाग्दो कुरा होे ।
पछिल्लोपटक आएको रिपोर्टअनुसार यो महामारीविरुद्धको अभियानमा सबैभन्दा अचुक मानिने काम हो कन्ट्याक्ट ट्रेसिङ । दशैँअघि सरकारले कोभिड उपचार र परीक्षणमा कात्तिक २ गतेबाट शुल्क लिन थालेपछि सबैभन्दा बढी कन्ट्याक्ट ट्रेसिङको काम प्रभावित भएको बुझियो । त्यसबेला सरकारद्वारा लक्षण देखिएकाहरूको मात्र परीक्षण गर्ने र त्यसमा पनि सक्नेले आफैँ शुल्क तिर्नुपर्ने व्यवस्था गरेको थियो । त्यसपछिका बितेका दुई हप्तामा पैसा तिर्नुपर्ने भएपछि कन्ट्याक्ट ट्रेसिङ पूर्णरूपमा प्रभावित भएको अनुभव स्वास्थ्य मन्त्रालयकै रह्यो । यसले संक्रमणको विस्तारमा झनै जोखिम बढाएको अवस्थाको महशुस गरे सबैले । यो स्वाभाविक पनि हो । कन्ट्याक्ट ट्रेसिङ गर्न छाडेको अवस्थामा संक्रमित भएका र नभएका व्यक्ति छुटिने अवस्था आएन ।
पहिले यस्तो कन्ट्याक्ट ट्रेसिङ एउटा अनिवार्यजस्तो थियो । अब त्यो स्वेच्छामा र सक्नेले मात्र गर्ने विषयमा परिणत भयो । एकपटक परीक्षण गर्न एउटा परिवारले न्यूनतम पनि १०–२० हजार खर्च गर्नुृपर्ने भएपछि लक्षण देखिए पनि निच मार्नु पर्ने अवस्था राज्यले नै खडा गरेको अवस्था यो महामारीका सन्दर्भमा निकै नै दुःखद हो । अनिवार्य र निःशुल्क हुदा त कतिपय कारणले मान्छेहरु परीक्षणका लागि सम्बन्धित ठाउँसम्म पुग्न गाह्रो मान्थे भने त्यसपछि ऋण खोजेर परीक्षण गर्नुपर्ने अवस्थामा त्यो ठाउँसम्म पुग्नेहरुको संख्या अति न्यून हुनु स्वाभाविक नै हो । यस्तो परीक्षणमा अझ संक्रमित देखियो भने त अझ महाभारत थपिने भयबाट पनि मान्छेहरु लुक्न खोज्छन् ।
यता यस्तो सीमित परीक्षण हुँदा पनि संक्रमण भने बढी नै रहेको छ । दशैँपछिको एक दिनको विवरणअनुसार संक्रमितको सख्या १ लाख ६८ हजार २ सय ३५ जनामा प्रयोगशाला प्रमाणित कोभिड संक्रमण देखिएका छन् । निको पनि भएका होलान् तर सवाल हो संक्रमण विस्तारको । यो बेलासम्म ९ सय २० जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको हो । ३८ हजार ३ सय ५७ जना सक्रिय संक्रमित रहेका बेला काठमाडौंमा मात्रै १६ हजार २ सय ४२, ललितपुरमा २ हजार ३ सय ४५ र भक्तपुरमा १ हजार १ सय ६५ जना छन् । यो भनेको कुल संख्याको आधाभन्दा बढी हो । यसले घनाबस्ती झनै भयावह बन्दै गएका छन् । यस्तो बेला नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा सरकारले रोजेको बाटो त्यस्तो देखिएन । परिणामले नै भनेको कुरा हो यो । त्यसकारण सरकारको पछिल्लो निर्णय सच्याउन अनुरोध गर्नुपरेको हो ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- बढ्यो व्यक्तिगत आवास कर्जा एक वर्षमा तीन खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह
- अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरू सुधार्न अर्थमन्त्रीको निर्देशन
- उद्योगमा काटिएको विद्युत् जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
- राष्ट्रपति पौडेलले गरे विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन
- दक्षिण कोरियाको लागि इ७ भिसा तत्काल लागू नगर्ने
- सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे
- ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दा जलवायु परिवर्तनको विषयमा कस्तो प्रभाव पर्ला ?
- बिटकोइनसँग जोडिएका सात रोचक र अपत्यारिला कुरा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया