संवैधानिक अङ्गका पदाधिकारीले पनि आफ्नो पदीय मर्यादाविपरीत राजनीतिक दलका नेताहरूले जस्तो भाषाण ठोकेर ताली खान सुहाउँदैन । नसुहाउने काम नगरे राम्रो हुनेथियो । तर, यस्तो सुझाव उनीहरूलाई राम्रो लाग्दैन र उही क्रम दोहो-याइरहन्छन् । सरकारका मन्त्री र नेताहरू भाषण गर्न जहाँ पनि जान्छन्, भाषाण ठोक्छन्, हिँड्छन् । उनीहरूले बिहानदेखि बेलुकासम्म गरेका भाषणमा एकले अर्को भाषणको खण्डन गरिरहेको समेत भेउ पाउँदैनन् ।
नेताहरू कार्यक्रम आयोजक र सहभागी स्रोताको मनोभाव बुझेर भाषण गर्दछन्, ताली खान्छन् र जान्छन् । उनीहरूलाई आफ्नो भाषणले जनतामा कस्तो प्रभाव पार्छ र त्यसले राज्यसत्तालाई के दखल पर्छ भन्ने पनि हेक्का हुँदैन । स्रोताले पनि त्यति धेरै गम्भीररूपमा लिँदैनन्, नेता हो, बोल्यो भन्नेकै गर्व गर्छन् । उसले बोलेअनुसार काम हुने कुरामा विश्वास पनि गर्दैनन् । विपक्षीलाई कति घोचपेच ग-यो त्यसैमा रमाउँछन् । तर, त्यही रूपमा संवैधानिक अङ्गका पदाधिकारीले भाषण गर्दै हिँडने हो भने कस्तो होला, अनुमान गर्न पनि सकिँदैन । तर, हाम्रो मुलुकमा नेता र संवैधानिक अङ्गका पदाधिकारीबीच विभेद गर्न सकिने अवस्था रहेन ।
गत ६ गते आइतबार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था आईक्यानले आयोजना गरेको छलफल कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भाषण गरे । अर्थमन्त्री डा. युवराज खतिवडालगायतले गरेको भाषणभन्दा कमजोर भाषण गरेका उनले सबै लेखापरीक्षकहरूलाई एउटै टोकरीमा हालेर वित्तीय ठगी र भ्रष्टाचारमा लागेको आरोपसमेत लगाए । उनी त्यो नियन्त्रण गर्ने निकायको प्रमुख हुन् । त्यसरी वित्तीय ठगी र भ्रष्टाचारमा संलग्न भएकै भए पनि उनीहरूलाई कारबाही गर्ने निकायको पदाधिकारीले त्यसरी ललकार्नु राम्रो होइन । त्यसमा पनि सार्वजनिकरूपमा सबैलाई भ्रष्टाचारी भन्नु पनि राम्रो होइन । कारबाही गर्ने अङ्गको प्रमुखले नै त्यसरी भाषण गर्दा भ्रष्टाचार गरेकै व्यक्ति भए पनि भाग्ने मौका प्रदान गरेजस्तो हुन्छ । भ्रष्टाचारीलाई भगाएर कारबाहीको दायरामा आउन नदिनु पनि आफैँमा भ्रष्टाचार हो ।
संवैधानिक निकायका पदाधिकारीहरूले आफ्नो पदीय मर्यादाको ख्याल नराख्दा समाजमा एक–अर्काको भिन्नता छुट्ट्याउन अफ्ठ्यारो पर्दै गएको छ । यसले समाजलाई निष्प्राण भीडजस्तो बनाइदिएको छ । अख्तियार प्रमुखको उदाहरण मात्रै हो, अरु संवैधानिक निकायका पदाधिकारीले पनि यस्तै गर्ने गरेका छन् भने सबैले अब आफूलाई विनाहिचकिचावट सच्याउनु पर्दछ । यसमा विलम्ब गर्नु हँदैन । यसरी सिङ्गो समाजलाई धम्क्याउने, तर्साउने अधिकार उनीहरूलाई छैन । यो भ्रष्टाचार रोक्ने र सुशासन कायम गर्ने विधि पनि होइन, यो दम्भ स्वार्थबाट प्रेरित भएकाले यो बन्द हुनुपर्दछ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- भारतीय स्थल सेनाध्यक्ष द्विवेदी मङसिर ५ गते नेपाल भ्रमणमा आउँदै
- सरकारलाई जग्गा दान गर्छु भन्दापनि पाएनन् समाजसेवी श्रेष्ठले
- पूर्वी नाकाबाट रु पाँच अर्बभन्दा बढीको भेनियर र प्लाईबोर्ड निर्यात
- बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- बढ्यो व्यक्तिगत आवास कर्जा एक वर्षमा तीन खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह
- अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरू सुधार्न अर्थमन्त्रीको निर्देशन
- उद्योगमा काटिएको विद्युत् जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
- राष्ट्रपति पौडेलले गरे विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया