कोरोनाको संक्रमण र त्यसले पु-याएको क्षति जतिजति बढिरहेको छ त्यहीअनुसार त्यसविरुद्धको खोपको प्रतीक्षा पनि झन् बढिरहेको छ । पछिल्लो समय वैज्ञानिकहरूले खोप पत्ता लगाएका कुरा आइरहेका छन् । पुगनपुग सयवटा कम्पनीहरूले खोपको अनुसन्धान गरिरहेका र त्यसमध्ये दर्जनजतिका परिणाम सकारात्मक देखिएका छन् । तीमध्ये पनि अमेरिकाका दुईवटा कम्पनीले त ९५ प्रतिशत सफलता मिलेको भनी सार्वजनिक घोषणा नै गरिसकेको अवस्था छ । यी परीक्षणहरू पुगनपुग आधा लाखको मानव शरीरमा प्रयोग भएर यस्तो सफलता प्रकट भएको हो । यसले के देखाउँछ भने दादुरालगायतका खोपजस्तै हुनेभयो कोरोनाको खोप पनि । फरक यति हो त्यस्तो खोप एउटा निश्चित वर्गमा मात्र हुन्थ्यो भने योचाहिँ आम नागरिकका लागि नै आवश्यक भयो ।
अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएअनुसार सबैभन्दा पछिल्लो समय अमेरिकी कम्पनी मोडेर्नाको कोरोनाविरूद्धको खोप करिब ९५ प्रतिशत प्रभावकारी हुने पाइयो । कम्पनी आफैँले प्रेस विज्ञप्ति जारी गर्दै प्रारम्भिक तथ्यांकका आधारमा आफ्नो खोप ९४ दशमलव ५ प्रतिशत प्रभावकारी देखिएको जानकारी दिएको हो । अघिल्लो हप्ता जर्मनीको कम्पनी बायोएनटेक र फाइजरले बनाएको खोप पनि ९४ प्रतिशत प्रभावकारी भएको जानकारी आएको छ । खोप प्रभावकारी हुनु भनेको कोरानामाथिको मानवीय विजय हो ।
संसारभरिका सञ्चारमाध्यमले यी दुवै खोपका समाचार मानिसमात्रका लागि एउटा ठूलो आशाको केन्द्र माने । यी दुई खोपको अबको चरण भनेको आफ्नो खोप प्रयोगका लागि अनुमति पाउने र वितरणमा ल्याउने मात्र हो । समाचारअनुसार मोडेर्नाको खोप अमेरिकाका ३० हजार मान्छेमा परीक्षण गरिएको थियो । मोडेर्नाका प्रमुख मेडिकल अफिसर टल जाक्सका भनाइमा आफूहरूले गरेका चरणबद्ध परीक्षणका आधारमा यो खोपको प्रभावकारिता धेरै राम्रो पाइयो ।
यो अनुसन्धानकर्ताहरूकै लागि पनि खोप करिब ९५ प्रतिशत प्रभावकारी होला भन्ने आशा नगरेकोमा परेको बताइएको छ । यो भनेको मानव जातिकै सफलताको कुरा हो । यसले उद्धार गर्ने भनेको मानवजातिकै हो । त्यसकारण यो उपलब्धिलाई संसारभरिकै र हरेक मान्छेले प्रतीक्षा गरेको विषय हो ।
अबको सवाल हो यसमा आम नागरिकको पहँुच कस्तो हुन्छ । समाचार विवरणमै आएअनुसार कम्पनीले यो खोप कहिलेदेखि उपलब्ध हुन्छ भन्नेमा देशअनुसार भर पर्ने बताएको छ । उसले खोप प्रयोगको अनुमति पाएपछि सबभन्दा पहिले अमेरिकाका लागि दुई करोड खोप उपलब्ध गराउनेछ । यसको अर्थ हो अबको एक हप्ताभित्रमा नै एउटा निश्चित मापदण्डअनुसार खोपको प्रयोग हुन थाल्छ । यसपछि आगामी वर्षसम्म संसारभरका देशका लागि करिब एक अर्ब खोप बनाइनेछ । यो एउटा कम्पनीको मात्र कुरा हो ।
यसको चर्चा किन पनि बढी भयो भने यसको प्राविधिक पक्ष पनि सहज छ । जस्तो यो खोपको भण्डारण सामान्य प्रकारको र हाल उपलब्ध भएको चिस्याउने उपकरणको प्रयोग भए पुग्छ जो नयाँ व्यवस्था गरिरहनु पर्दैन । सवाल हो नेपालले कति खोप ल्याउला । पहिलेको व्यवस्थापन हेर्दा सरकारको आशलाग्दो व्यवस्थापन छैन । जस्तो चैत्रमा सम्झौता भएका वस्तु असारमा मात्र आइपुगेका उदाहरण छन् । त्यसकारण संसारमा प्राप्त भएको उपलब्धिको उपभोगमा भने व्यापक निराशा बढिरहेको छ । सरकारले आफ्ना नागरिकलाई योजनाबद्ध रूपले आश्वस्त पार्नुपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया