काठमाडौं ।
सरकार यतिबेला शिक्षा आयोग प्रतिवेदन सार्वजनिक गर्नेलाई कारबाही गर्ने सन्दर्भमा एउटा अनावश्यक विवादमा अल्झिएको छ । यहीबाट प्रश्न उठ्यो यस्तो कारबाही त्यो प्रतिवेदन सार्वजनिक गर्नेमाथि हुनुपर्ने हो कि नगर्नेमाथि । समान्यतया यस्ता आयोगहरू सरकारी लगानीमा गठन हुन्छन् र त्यसमा साधनस्रोत तथा मानवीय श्रमको पनि खर्च हुन्छ । आयोग गठन हुँदा विज्ञहरू नै राखिन्छन् । लामो समयसम्म यसरी प्रतिवेदन लुकाइयो भने त्यो साधनस्रोतको मात्र होइन हरेक पक्षको दुरुपयोग भएको मान्नुपर्छ । यस्तो गर्ने अधिकार कसैलाई छैन । कुनै पनि अध्ययन तथा प्रतिवेदन सार्वजनिक गर्नकै लागि तयार पारिन्छ । यसमा ठूलो संख्याको सहभागिता रहने हुँदा सिद्धान्ततः त्यो गोप्य रहँदैन । अर्कोतर्फ त्यो गोप्य राख्नका लागि बनाइने कुरा पनि होइन ।
एउटा उदाहरण नै छ बालुवाटारको ललिता निवास जग्गाका बारेमा अध्ययन गर्न कमिटी गठन भएको थियो । त्यसले अघिल्लो मंसिरमा प्रतिवेदन दियो । त्यो प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन । त्यसका आधारमा कारबाही भने भइरहेको छ । यसैमा हो सत्तारुढ दलका नेतामाथि आरोप लागेको । सरकारले भन्न सक्नुपथ्र्यो प्रतिवेदन सार्वजनिक नभई यस्तो आरोप कसरी लाग्यो ? तर भनिएन । कारण हो त्यो एउटा प्रतिवेदन थियो, जस्तो देख्यो त्यस्तै लेख्यो भन्ने तहको । यो ठाउँमा चर्चामा आएको विषय त जति बढी बहस भयो त्यति नै बढी देशले लाभ लिने विषय हो ।
त्यसै पनि विज्ञहरूले दिएका सुझावमाथि लोकतान्त्रिक मुलुकमा सार्वजनिक बहस हुन्छ र हुन पाउनु पनि पर्छ । अध्येताहरूको भनाइ पनि यस्तै छ । यो प्रतिवेदन सरकारको हात लागेको दुई वर्षदेखि गुपचुप राखेपछि उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्यहरूले नै सार्वजनिक हुन आवश्यक ठाने । आयोगका १३ सदस्यको निर्णयबाट प्रतिवेदन सार्वजनिक भएको बताइएको छ । देशको सार्वजनिक शिक्षा कस्तो हुनुपर्छ भन्ने विषय आफैँ गोप्य रहने विषय होइन । प्रश्न उठ्छ यतिबेलासम्म यो किन गोप्य राखियो, यसमा कसको के स्वार्थ थियो आदि । स्वाथ्र्य नभई यस्ता कुरा गोप्य रहँदैनन् । यो कसरी सार्वजनिक भयो भन्नेभन्दा पनि कसरी सार्वजनिक भएन भनेर हेर्न जरुरी छ ।
विवरणमा आएअनुसार गएको हप्ता आयोगका १३ सदस्यले दरबार हाइस्कुलमा प्रतिवेदन सार्वजनिक गरेका थिए । २०७५ असार ३२ गते शिक्षामन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षमा मन्त्रिपरिषद्ले आयोग गठन गर्ने निर्णय गरेको थियो । माघ १ प्रधानमन्त्री निवासमा बुझाएको प्रतिवेदन अनौपचारिकरूपले त्यतिबेलै बाहिरिएको थियो । तर सरकारले भने आजसम्म यो प्रतिवेदन गुपचुप नै राखेको छ । एक सदस्यका अनुसार सरकारले दुई वर्षसम्म लुकाएर चुप बस्यो, प्रधानमन्त्रीलाई बालुवाटारमा जस्तो प्रतिवेदन बुझाएका थियौँ, हुबहु प्रकाशित गर्न स्वीकृति दिएका हौँ । प्रधानमन्त्रीले प्रतिवेदन लुकाए भन्ने हाम्रो बुझाइ थियो । शिक्षा मन्त्रालय पनि प्रतिवेदन गुपचुप राख्न चाहँदोरहेछ भन्ने पुष्टि भयो ।
सरकारले लुकाएको शिक्षा प्रतिवेदन बाहिरियो यो सारा जनताले जान्न पाउनुपर्ने विषय हो, सार्वजनिक बहसमा जाओस् भनेर प्रकाशन गरिएको हो । यतिबेला सरकारले प्रकाशन गर्नेमाथि कारबाही गर्न खोजिरहेको बुझिएको छ । प्रतिवेदन सार्वजनिक भएकोमा रुष्ट सरकारले कारबाहीका लागि प्राविधिक कारण देखायो भने त्यो पनि आपत्तिको विषय हुन सक्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया