काठमाडौं ।
गएको मंसिरको अन्तिम साता प्रधानमन्त्रीले कोरोना महामारी नियन्त्रण गर्न सरकार निरन्तर सफलतातर्फै अघि बढिरहेको दाबी गरे । यो दाबी आफ्नो निवास बालुवाटारमा बोलाइएको सर्वपक्षीय भेलामा गरिएको हो । कोरोनासम्बन्धी पछिल्ला विवरण हेर्दा सामान्यरूपमा त्यस्तो लाग्छ पनि । एकताका दिनको पाँच हजारभन्दा बढीको संख्या पुगेको संक्रमितको दर पछिल्लो समय पाँच सयको हाराहारीमा आएको छ । पछिल्ला तीन/चार दिनमा छदेखि आठ सयसम्मको दरमा मात्र देखिएका छन् । कहाँको पाँच हजार र कहाँको पाँच सय । त्यसै पनि महामारी रोकिएको भन्ने यो विवरण आफैँमा एउटा उदाहरण हो । तर अझै पनि महामारी नियन्त्रण भइसकेको जसरी सरकार पछि हट्न मिल्ने अवस्था आइसकेको छैन ।
एकातिर पीसीआर परीक्षण घटाउँदै लगिएको छ जसले स्वाभाविकरूपमा संक्रमितको संख्या पनि घट्छ नै । तर यता कोरोनाबाट मृत्यु हुनेको संख्या भने प्रत्येक पछिल्ला दिन बढिरहेको छ । यदि संक्रमणको संख्या घटेको हो भने मृत्युदर किन बढिरहेको छ भन्ने एउटा प्रश्न उठ्छ । स्वास्थ्य मन्त्रालयकै तथ्यांकअनुसार पनि पछिल्लो हप्तासम्म एक हजार सात सय ७७ जनाको ज्यान गइसेको छ । त्यो विवरणको दर नोभेम्बरमा पाँच सय ७१, डिसेम्बरको उत्तरार्ध दुई सय ७१, अक्टोबरमा चार सय ३९, सेप्टेम्बरमा दुई सय ७०, अगस्टमा एक सय ७२, जुलाइमा २७ र जुनमा २९ जनाले ज्यान गुमाएका छन् ।
सरकारले भनेजस्तो महामारी रोकिएको हो भने मृत्यदरचाहिँ किन बढिरहेको छ ? यो प्रश्न निरुत्तरित नै छ । वास्तविकता के हो भने सरकारले संक्रमण कम देखाउन पीसीआर परीक्षणको संख्या घटाउँदै यस्तो ठाउँमा आइपुगिएको अवस्था छ । ८० वटा ल्याबबाट दिनको चार हजार जनाको मात्र परीक्षण भइरहेको छ । त्यसमाथि औपचारिकरूपमा परीक्षण गराउनेको संख्या झनै ठूलो छ ।
मन्त्रालयको विवरणअनुसार पछिल्ला दिन दैनिक औसत पाँच हजार हाराहारीको पीसीआर परीक्षण हुँदै आएको देखिन्छ । दुई दिनअघि मात्र ४५ सरकारी र ३५ निजी गरी कुल ८० वटा प्रयोगशालामा चार हजार सात सय ८० पीसीआर परीक्षण भएका थिए । यसमा सात सय १० जनामा संक्रमण देखियो । यो रेसियोमा जाँदा पनि २० हजारको परीक्षण भएको थियो भने दिनमा ३० हजारको संख्यामा संक्रमण देखिने अवस्था छ ।
विज्ञहरू नै भन्छन्– हाल देशभरि कोभिडको सस्पेक्टेड केसमा संक्रमण देखिने वास्तविक दर २५/२६ प्रतिशत नै छ । सस्पेक्टेड केसको दाँजोमा विदेश जाने स्वस्थ व्यक्तिहरू अत्यधिक मात्रामा दिनहुँ पीसीआर परीक्षण गराउने भएकाले नै संक्रमण दर कम मात्र देखिएको हो । स्वास्थ्य मन्त्रालयकै एक अधिकारीले सरकारको नियतमाथि शंका गरेका छन् ।
अधिकारीका अनुसार हाल संक्रमण दरमा देखिएको कमीका कारण कोभिडको लक्षित समूहबाहेकका व्यक्तिद्वारा अत्यधिक मात्रामा पीसीआर परीक्षण गरिएकाले लक्षित समूहको परीक्षणमा अत्यन्त कमी आएको छ । जसका कारण परिणाम अर्कै आउँछ । बताइएजस्तै हो भने यो धेरे नै खतराको कुरा हो । यो ठाउँमा सरकार सच्चिनु पर्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया