काठमाडौं ।
दिनरात प्रतीक्षा गरिरहेका आन्दोलनरत उखुकिसानको समस्या र आन्दोलन यतिबेला छायामा परेको छ । सरकारले तुरुन्तै समाधान गर्ने भन्दै आएको विषय संसद् विघटनको चपेटामा परेको छ । काठमाडौँको चिसोमा पीडित किसानहरू यति लामो समयसम्म खुला आकासमुनि बस्नुपर्दाको अवस्था वास्तवमा नै दर्दनाक छ । पुस १ गतेदेखि नै सत्तारुढ दलभित्र राजनीतिक किचलो प्रवेश गरेपछि किसानहरूको मर्का ओझेलमा पर्न थालेको हो । यो आन्दोलनका बारे सरकार इमान्दार नदेखिएको अवस्था हो यो ।
राजनीतिक किचलो सधैंभरि चलिरहने विषय हो । यी आन्दोलन भनेका यदाकदा र पीरमर्का परेपछि मात्र हुन्छन् । यसप्रति सरकार बेखबर रहनु वा तिनका मागको सुनुवाइ नहुनु भनेको एकप्रकारको अपराध नै हो । सरकारले सुनुवाइ नगर्दा र आन्दोलनकारीका भौतिक अवस्था नाजुक भएको खण्डमा त्यसको जिम्मा कसले लिने भन्ने प्रश्न खडा भइसकको छ ।
ध्यान रहोस्, गएको महिना दिनदेखि राजधानीका सडकमा सुरु भएको उखुकिसानको यो आन्दोलन राजनीतिक होइन । उनीहरूले आफ्नो वस्तु बेचेबापत खरिदकर्ताले दिनुपर्ने भुक्तानी नदिएका कारण हारगुहारका लागि केन्द्र सरकार खोज्दै आएका हुन् । अहिलेको हिसाबमा समान्य किसानहरूको ९० करोड बक्यौता रहनु सामान्य अवस्था होइन । सरकार आफैँले लगानी गर्नुपर्ने विषय पनि होइन यो ।
अर्कोतर्फ अहिले ससद् विघटन भएर सडकमा देखिएको आन्दोलन पनि होइन । यसको कारक सरकार आफैँ हो र त्यसको सम्बोधन गर्न सक्ने अवस्थामा सरकार नरहेको पनि होइन । यो विषय सरकारले चाहेमा निमेसभरमा नै समाधान हुन सक्तछ । किसानले त्यसै रकम मागेका पनि होइनन् । त्यसका लागि कुनै एक/दुई दिन ध्यानाकर्षण हुनका लागि प्रदर्शनी गरे पुग्ने थियो । तर यहाँ त महिनौँ बितिसकेको छ । त्यसकारण यो सरकारले देखाएको एक किसिमको रमिता हो र यो कहिलेसम्म चलिरहने हो भन्ने ठेगान छैन । सरकार आाफैँले गरेको प्रतिबद्धता समेत पूरा नहुनु झनै विडम्बनाको कुरा हो ।
आफ्नो कमाइको सम्पत्ति बेचेर त्यसबाट आउने रकमको यतिठूलो अंश वार्षौंदेखि अप्राप्य रहनु सामान्य कुरा होइन । योे ९० करोड बक्यौता रकम उठाउन यही महिना मात्रै ११ दिनको आन्दोलन भइसकेको छ । पुसको चिसोमा र त्यो झनै निरन्तर बढिरहेको अवस्थामा त यो एउटा मानवीय पक्ष पनि भइसकेको छ । अब यो सरकारको शाकसकीय हैसियतसँग पनि जोडिन जान्छ । राज्यले गर्ने काम गरेन भने त्यस्तो ठाउँमा बसिरहनुको अर्थ छैन ।
आन्दोलनका लागि काठमाडौँ आएका किसान यतिबेला गौशालास्थित धर्मशालामा बसेका छन् । यिनीहरू सर्लाही, रौतहट, कपिलवस्तु, नवलपरासी, बारालगायतका भित्री मधेशका जिल्लाबाट आएका किसानहरू हुन् । पुसको पहिलो दिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योगहरूले भुक्तानी दिने क्रम सुरु भएकाले आन्दोलन स्थगित गर्न किसानलाई आग्रह गरेका थिए । तर विगतमा पनि यसरी धेरै पटक ढाँटिएकोले किसानले मानेनन् । अहिले पनि किसान उधारो आश्वासान लिएर घर फर्किन चाहेका छैनन् । यो कुरा सरकारले बुझ्नु जरुरी छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया