काठमाडौं ।
संसद् विघटनले लामो समय देशमा जनप्रतिनिधित्वको शून्यता खडा भएको थियो । प्रतिनिधसभा विघटन भएको पुस ५ र सर्वोच्च अदालतले पुनर्स्थापन गरेको फागुन ११ बीचका समय धेरै अन्योलमा रह्यो । कुन बेला के हुन्छ भन्ने एकअर्काबीच शंका उपशंकाहरू व्यक्त भइरहेका थिए आपसी भेटघाटमा पनि । कतिपय अवस्थामा संकटकालका कुरा पनि आए भने प्रधानमन्त्रीले पटक–पटक दोहो-याएका निर्धारित मितिमा चुनाव हुन्छ भन्ने कुरा कसैले पत्याउन सकेका थिएनन् । वातावरण पनि त्यस्तै थियो खासगरी शासनमा ‘चेक एन्ड ब्यालेन्स’ गुमेको हो कि भन्ने थियो सबैतिर । यसले एकप्रकारको उकुसमुकुसको स्थिति पैदा गराएको थियो । ६६ दिनपछि अदालतले पुनर्स्थापना गरिदिएर देशलाई एउटा बाटोमा ल्याएको थियो तर पुनर्स्थापित प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिन सकारात्मक देखिएन ।
पुनर्स्थापनापछिको पहिलो बैठक नै अवरुद्ध हुन गयो । सरकारले विघटन गर्दा संसद्ले काम गर्न नदिएको भनेको थियो । कतिपय उदाहरण त संसद्मा थन्किएका विधेयक नै प्रस्तुत भए । त्यसो हो भने पुनर्स्थापित संसद्मा एजेण्डा नभएको होइन । यता पुनर्स्थापनाको माग गरी सडक आन्दोलन गरिरहेकाहरूका लागि त यो आफैँले विजय मानेको कुरा थियो । तर अधिवेशनको पहिलो दिन नै कसैको बहिष्कार र कसैको रोस्टम घेराउमा प-यो जसको कारण यो दिनको बैठक स्थगित । यस्तो अवस्था सोचिएजस्तो होइन । प्रधानमन्त्रीले विघटन गरेको विषय असंवैधानिक भएपछि त्यस्ता प्रधानमन्त्रीलाई सही मार्गमा हिँडाउने काम संसद्ले नै गर्ने हो । त्यसमा चुकियो भने त सरकारलाई झनै हाइसञ्चो हुनेभयो नै ।
यो दिन प्रधानमन्त्रीले गरेको विघटन असंवैधानिक भन्दै सडक आन्दोलनमा उत्रेका दलहरू यो बैठकमा एकै ठाउँमा देखिए, प्रधानमन्त्रीको राजीनामा मागियो । यो दिनको प्रमुख विषय थियो, संविधानमा भएको प्रावधानविपरीत सरकारले ल्याएका अध्यादेशहरूको विरोध हुनु । त्यसकारण उनीहरूले संवैधानिक परिषद्सम्बन्धी विधेयक खारेज हुनुपर्ने माग गरेका हुन् । तर यही निहुँमा संसद्को अर्को बैठक चार दिन पर स-यो । यसबाट यत्रो संवैधानिक अभ्यासपछि पुनर्स्थापित संसद्ले पनि काम गर्न नसक्ने हो कि भन्ने सन्देश प्रवाह गरेको बुझे धेरैले ।
यसदिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानको मर्म र भावनाविपरीत जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश नमान्ने अडान लियो । यो एक हदसम्म ठीकै थियो । गएको मंसिर ३० मा सरकारले संविधानको मर्म र भावनाविपरीत हुनेगरी अध्यादेश जारी गरेको थियो र त्यसका आधारमा संवैधानिक परिषद्मा नियुक्तिहरू भएका थिए । ती नियुक्ति संसद्मा सुनुवाइ नै नगरी कार्यान्वयनमा गएकाले यसलाई पनि सच्याउने थलो संसद्नै थियो ।
यो अभ्यास हुँदाहुँदै रोस्टम घेराउलाई निहु बनाएर सभामुखले पहिलो बैठक नै चार दिन पर सार्नुले संसद् निकास दिनेभन्दा आफैँ समस्याको थलो बन्ने हो कि भन्ने चिन्ता बढायो । यो कुरा यसकारणले उल्लेख गर्नुपर्ने भयो अबका दिनमा यी कुरा दोहोरिन हुँदैन । सरकारको प्रकृति नै संसद् छल्ने हुन्छ । त्यसै पनि संसद् भनेको विपक्षको हो भने चलन छ । यसलाई ध्यानमा राखिएन भने कतिपय अवस्थामा अनर्थ पनि हुन जान्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया