नेपालमा बसेर साइबर अपराधको साङ्गठित धन्दा चलाएका एक सय २२ जना चिनियाँ अपराधीलाई नेपाल सरकारले पुस १३ गते चीन सरकारलाई सुपुर्दगी गरेको छ । उनीहरू यही पुस ६ गते पक्राउ परेका थिए । त्यस दिन आठ सयभन्दा बढी त्यस्ता अवैध कारोबारी चिनियाँलाई पक्राउ गर्ने योजनासहित प्रहरीले काम थालेको थियो । गोंगबु, मनमैजु, महारजगञ्ज र बुढानिलकण्ठ क्षेत्रबाट एकै पटक चिनियाँ अपराधीहरूलाई पक्राउ गर्न थालिए पनि एकै दिनमाउक्त अभियान हल्लामा बढी र काममा कमी भएको थियो । ६९ जना पक्राउ परेको सूचना आएको केही समयमै त्यो संख्या ७२ पुगेको, बढ्दै ९६ हुँदै एक सय २२ पुगेको थियो । तर, त्यसबाट त्यो संख्या अघि बढेन । तर, छापा मारेर प्रहरीले चिनियाँ ह्याकर अनलाइनहरूमार्फत बुस्ट ग¥यो र आईजीपी सर्वेन्द्र खनालको ठाडो आदेशमा चिनियाँ ह्याकरहरूमाथि अप्रेशन चलाइएको भनी बढाइचढाइ प्रचारबाजी गराइयो ।
एउटा पत्रिकाले नै भोलिपल्ट एक सय ३० जना चिनियाँ पक्राउ परेको समाचारको प्रायोजन पनि ग-यो । तर, आईजीपी खनालको तारिफ एक साता पनि टिकाउ भएन । जब उनी चिनियाँ ह्याकर अपराधीहरूका मूल नाइकेसँग नारिएको तस्बिर सार्वजनिक भयो । त्यसपछि उनको गुनगान र तारिफ गरेर प्रायोजन गरिएका र तारिफ गरेर प्रायोजन गरिएका समाचार स्खलित भए । त्यसपछि कुरा चुहियो, चिनियाँ ह्याकरहरूमाथि निगरानी र शुक्ष्म कारबाही गरिरहेको प्रहरी नेतृत्वलाई नै वाइपास गरेर त्यो अप्रेसन गरिएको रहेछ । त्यो अप्रेसन चलाएको जस्तो गरेर उक्त गिरोहका मूल नाइकेहरू जो आईजीपी खनालसँग कुम जोडेर उभिएका देखिएका छन् । उनीहरूलाई सर्च अपरेशन चलाउनुअघि नै सूचना चुहाएर भगाइएको रहेछ । त्यही कारण उनीहरू पक्राउ नै परेनन् । हुँदै जाँदा पक्राउ परेका चिनियाँहरूको अपराध पनि भेटिएन भनियो र उनीहरूलाई चीन सरकारसमक्ष सुपुर्दगी गरियो ।
तर, यही पुस ४ गते महालेखा नियन्त्रकको कार्यालयका वेबसाइट ह्याक भएको थियो र ह्याकरले रकमको बार्गेनिङ पनि गरेको थियो । त्यस्तै अन्यत्र पनि गरेको थियो । त्यस्तै अन्यत्र पनि भएको हुन सक्दछ । त्यसपछि मात्रै ६ गते आइतबार चिनियाँ ह्याकरमाथि सर्च अप्रेसन भएको थियो । तर, त्यसको मूल उद्देश्यलाई अन्यत्र मोडेर सर्च अप्रेसनलाई सेफल्यान्डिङ गराइयो । चिनियाँ अपराधी गिरोहसँग मिलेर राष्ट्रविरुद्ध अपराध गर्ने नेपाली एजेन्टहरू को–को संलग्न छन् भन्ने कुरामाथि छानबिन नै गरिएन र घटनालाई सामसुम पारेर नेपालमा साइबर अपराध गर्ने चिनियाँलाई हतारमा चीन सरकारसमक्ष सुपुर्दगी गरियो ।
नेपाल र चीनबीच सुपुर्दगी सन्धि भएको छैन । चीनका राष्ट्रपति सी जीनपीङको केही समय पहिलेको नेपाल भ्रमणमा दुई देशबीच सुपुर्दगी हुने तयारी अन्तिम चरणमा पुगेर रोकिएको थियो र अहिलेसम्म भएको छैन । यस्तो अवस्थामा नेपालमा समातिएका अपराधीलाई नेपालमै कारबाही हुनुपर्ने हो । तर, सरकारले उनीहरूलाई लुुसुक्क चीनलाई बुझाएको छ । अहिलेको सरकार चिनले गरेको कुनै पनि क्रियाकलापलाई नराम्रो ठान्दैन । चिनियाँ ह्याकरले नेपालमा डाटा ह्याक गरे । बैंक ह्याक गरे, त्यसको यथार्थ विवरण पनि सरकारले सार्वजनिक गरेको छैन र पक्राउ परेका चिनियाँले गरेको अपराध नभेटेको भनेर चीनलाई नै सुम्पिएको छ । तर, ती व्याक्तिले चीन सरकारकै लागि यहाँ बसेर ह्याकिङ गरेको आशंकालाई उनीहरू मागेको जरिवाना दूतावासले तिर्नूले उतैबाट प्लेन चार्टर गरेर ल्याएर उनीहरूलाई लैजानुले पनि पुष्टि गर्दछ । अब त नेपालको डाटा पनि चीनसँग ह्याकर पनि चीनसँगै, कसैलाई कारबाही गर्नु नै नपर्ने, योभन्दा लाजको अवस्था अरु केही हुन सक्दैन ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया