सरकारी निवासमा उद्योगीको पार्टी प्रवेश
काठमाडौं ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पछिल्लो समय पटक–पटक विवादमा पर्दै आएको छ । सत्तारुढ दलकै एउटा समूहले पार्टीको काम सरकारी निवासबाट गरेको भनेर त्यो बैठक समेत बहिष्कार गरेको घटना सेलाउन नपाउँदै प्रधानमन्त्रीले बालुवाटरमै रात्रिभोजको आयोजना गरेर आमन्त्रित पाहुनाहरूलाई आफ्नो पार्टीमा प्रवेश गराएका छन् । यो विषय हप्ताभरि नै चर्चाको चुलीमा रह्यो ।
त्यसै पनि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि बालुवाटारको सरकारी निवासलाई नै आफ्नो दलको कार्यालय बनाएको भनी आरोप लाग्दै आएको छ । आफ्नो थरकुलको भेलासमेत त्यहीँ गराएर पार्टीप्यालेसको काम पनि त्यहीँबाट सम्पन्न गराएको भनी आपत्तियुक्त टिप्पणी समेत हुनेगरेका थिए । त्यो कुराको पछिल्लो समय आफ्नै पार्टीबाट विरोध भयो भने त्यही क्रममा उद्योगी व्यापारीलाई झुक्याएर यो सरकारी निवासमै उनीहरूलाई पार्टीको झण्डा थमाएको कुरा आयो । यी दुवै काम स्वाभाविक थिएनन् ।
समाचारमा आएअनुसार यो हप्ता प्रधानमन्त्रीका आर्थिक सल्लाहकारले एउटा निम्ता पठाए प्रधानमनत्रीले रात्रि भोज दिन लागेका र त्यसमा सरिक हुन भनी अनुरोध गर्दै । सामाजिक सञ्जालमार्फत पठाइएको भनिएको त्यो निम्तापत्रमा भनिएको थियो– सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यूसँग निजी क्षेत्रका उद्योगी–व्यवसायीहरूको भेटघाट, छलफल तथा रात्रिभोजको कार्यक्रममा उपस्थितिका लागि अनुरोध गर्दछु । कसैले पनि यस्तो निम्ता पाएपछि नजाने कुरा भएन ।
प्रधानमन्त्रीसँग छलफलका लागि उद्योगी–व्यवसायीलाई बालुवाटार बोलाइएको त्यसमा रात्रि भोजमा सरिक हुन भनिएको घटनासम्म सामान्य नै हो । प्रधानमन्त्रीले उद्योगी–व्यवसायीलाई सम्मानका लागि आफ्नो सरकारी निावसमा रात्रि भोज दिनु पनि त्यति अस्वाभाविक होइन । तर जब त्यसक्रममा उद्योगी–व्यवसायीलाई सरकारी निवासमा नै पार्टी प्रवेश गराउने काम भयो त्यो भने आपत्तियुक्त छ ।
यसबारेमा त्यो निम्ता पाएर सहभागी हुन बालुवाटार पुगेका एक सहभागीका प्रतिक्रिया आफैँले यो कायक्रम कस्तो थियो वा हो भन्ने बुझाउँछ । सहभागीमध्ये एक जनाले भने, ‘प्रधानमन्त्रीसँग भेटघाट र छलफल भनेर निमन्त्रणा आएको थियो, सोहीअनुसार प्रधानमन्त्रीको सरकारी निवासमा गयौँ तर केही व्यवसायी एमालेमा प्रवेश गर्ने भनेर घोषणा भएपछि त छाँगाबाट खसेजस्तै भयौँ ।’ यस्तो हुनेवाला नै थियो । करिब पाँच सयको हाराहारीमा उपस्थिति रहेको कार्यक्रममा त्यसको आधाभन्दा बढी प्रधानमन्त्रीको राजनीतिक दलमा प्रवेश गर्दा र त्यसको झण्डा हातमा सामात्दा बाँकी व्यक्तिको पहिचान त्यो दलविरोधी भन्ने पर्न जाने भयो नै ।
निम्तामा उपस्थित हुनेहरू त्यो दलमा प्रवेश गर्ने भन्ने कतै उल्लेख गरिएको छैन । यदि त्यस्तो लेखिएको थियो भने त्यो दल प्रवेश गर्न नचाहनेहरू त्यसदिन त्यहाँ जाने थिएनन होला । एउटा त प्रधानमन्त्रीको निवासमा सरकारी रात्रिभोज र त्यसमा पार्टी प्रवेश गराइनु आपत्तियुक्त हुने भयो नै । दोस्रो यसबारे पूर्वजानकारी समेत नगराई यो काम भयो । त्यसैकारण अहिले यो धेरै चर्चामा आएको र गलत परम्परा बसाएको भन्ने आरोप लागेको छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया