काठमाडौं ।
पछिल्लो समय कोरोनाको रोकथाममा अर्थात् खासगरी कोरोनाको खोप चाँडो उपलब्ध गराएर प्रशंसा कमाएको सरकार पछिल्लो समय प्रस्तावित मात्राको आयात र आमतहमा पु-याउन नसकेका कारण बदनाम हुने क्रममा पुगेको छ । एकातिर कोरोनाप्रति आम नागरिकमा लापरबाही बढ्दै छ भने अर्कातिर यसको प्रकोप बढिरहेको छ । पछिल्लो दश दिनमा मात्र संक्रमितको संख्या एक हजारभन्दा बढी रहेको छ ।
यस्तो अवस्था खोपको उपलब्धता नभएर होइन । हातमा परिसकेको मात्रा पनि ल्याउन नसक्दा यो अवस्था उब्जिएको हो । यो भनेको सरकारको अव्यवस्था नै हो । भारतसँग भुक्तानी भएको खोप ल्याउन सकिएको छैन भने अर्को छिमेकी देश चीनले दिएको अनुदानको पनि हप्तौँदेखि ल्याउन सकिएको छैन । यसले निर्धारित समूहका लागि तोकिएको दिन धेरै पर धकेलिँदै गएको छ जो राम्रो होइन । यो कूटनीतिक पहल हुन नसक्दाको अवस्था हो । यसले कोरोना रोकथामका लागि व्यवस्थापकीय रूपमा राम्रो सङ्केत दिँदैन ।
भारतले अनुदामा दिएको बाहेक किटानी भएर २० लाख डोज खरिद गरिएको थियो । भुक्तानी भइसकेपछि त्यो खोप आउनुपर्ने हो । यदि समयमा उपलब्ध नहुने हो भने कम्पनीले भुक्तानी नै लिँदैन । अहिले भुक्तानी भएर पनि त्यो खोप रोकिएको छ । ४६ करोड अग्रीम भुक्तानी भएको भनी त्यसबेला सरकारले नै बताएको थियो । त्यसबेला देखाइएको यस्तो अति उत्साह के कारणले दबिन गयो भन्ने सरकारले जानकारी गराएको छैन । उत्पादित खोप संसारभरका देशका लागि आवश्यक छ र तानातान पनि चलिरहेको छ । जुन भारतीय कम्पनीबाट नेपालले खोप ल्याएको हो त्यसमा केही व्यावहारिक पक्ष अरु देशभन्दा भिन्न प्रकारका छन् ।
नेपालले पहिलेका अन्य खोपहरू पनि यही कम्पनीबाट ल्याएको हो र अब पनि ल्याउने त्यही ठाउँ हो । त्यसकारण खोपको यस्तो उपलब्धता नेपालका लागि हक नै बन्छ । तर पछिल्लो समय भुक्तानी भइसकेका खोप महिना दिनसम्म नेपाल नआउनुको कारणको खोजी भएको पाइएन । यो दुःखद पक्ष हो । त्यो खोपलाई देखाएर सरकारले ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिने भनी मिति नै तोकेको थियो । सोअनुसार यो उमरसमूहका जेष्ठ नागरिकहरू खोप लिनका लागि तयार बने पनि अन्तिम घडीमा आएर ६५ वर्षभन्दा माथिल्लो उमेरका नागरिकले मात्र पाउनेगरी व्यवस्था भयो ।
खोपको यस्तो अभाव भइरहेको बेला सरकारले अनुदनामा पाएको आठ लाख डोज खोप ल्याउन आनाकानी गरिरहेको छ । यसले कूटनीतिमा समेत गलत अर्थ लाग्ने देखिन्छ । भारतले अनुदानमा उपलब्ध गराएको समयको हाराहारीमा नै चीनले दिएको खोप अहिले अलपत्र अवस्थामा छ । जानकारीमा आएअनुसार नेपाली दूतावासले खोप बेइजिङमा तयार रहेको भन्दै पटक–पटक जानकारी गराएको छ तर सरकारले कहिले ल्याउने भनी मिति समेत तोक्न सकेको छैन ।
यता मौज्दात अभावले पहिलो डोज रोकिएको छ भने दोस्रो डोज १२ सातापछि मात्र सुरु हुनु भनेको अव्यवस्थाको नमूना नै हो । चीनले नेपाललाई अनुदानमा दिएको खोपको समय दुई महिनाभन्दा बढी भइसकेको छ तर सरकार त्यो ल्याउन नै आनकानी गरिरहेको छ । यसले आमतहमा नै सरकारी कामको आलोचना गराएको छ । आठ लाख डोज भनेको कम्तीमा चार लाख नागरिकको जीवनसँग जोडिएको विषय हो । त्यसकारण खोपको यो कुरालाई खेलाँची नमानियोस् ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया