रिक्त सभामुख पदमा चयन हुने व्यक्तिको नाम सिफारिस हुन नसक्दा यही पुस ४ गते सुरु भएको भनिएको प्रतिनिधिसभा संसद्को बैठक बस्न सकेको छैन । आइतबार तेस्रो पटक सूचना टाँसेर संसद्को बैठक अगामी माघ ६ गते सोमबार दिउँसो एक बजे बोलाइएको छ । प्रतिनिधिसभामा सत्तारुढ नेकपाको प्रचण्ड बहुमत छ ।
झण्डै तीन महिनाअघि यौन दुराचारको अभियोग लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका थिए । त्यस बेलादेखि प्रतिनिधिसभामा सभामुख पद खाली नै छ । प्रतिनिधिसभामा सत्तारुढ नेकपाको प्रचण्ड बहुमत छ । समाजवादी पार्टीले समर्थन फिर्ता लिनुअघिसम्म दुई तिहाइ बहुमत नै थियो । नेकपाबाहेक अन्य कुनै दलबाट सभामुख खोजिएको पनि छैन । सभामुख कसलाई बनाउने भनेर नेकपाले निर्णय गर्नेबित्तिकै यो समस्या समाधान हुन्छ । तर, नेकपाले नै निर्णय गर्न सकिरहेको छैन । नेकपाका दुई अध्यक्षबीच कसलाई सभामुख बनाउने भन्ने विषयमा शीतयुद्ध चलिरहेको छ । पार्टी एकता हुनुअघि माओवादी कोटामा महरा सभामुख भएका थिए । उनी बलात्कार काण्डमा फालिए ।
पूर्वमाओवादी खेमाले अहिले पनि आफ्नो कित्ताबाटै सभामुख छानिनुपर्ने मनसाय राखेको छ तर पूर्वएमाले अध्यक्षसमेत रहेका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चलाउन सहज हुनेगरी आफूले सभामुख छान्न पाउनुपर्ने दाबी गरेका छन् । यी दुई दाबीका बीचमा अहिलेकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू नै सभामुखको स्वाभाविक दाबेदार भएको अडान राख्दै आएकी छिन् । यी तीनतिरका अडानले नेकपाले सभामुख छान्न सकेको छैन ।
संसद्मा प्रचण्ड बहुमत रहेको नेकपाले सभामुख चयन गर्न नसक्नु लाजमर्दो अवस्था देखिएको छ । यसले दुई तिहाइ बहुमत नजिकको नेकपाको सत्तामा कसले कसलाई पछार्ने भन्ने गम्भीर विवाद रहेको स्पष्ट देखिन्छ । नेकपाको त्यही विवादले संसद्लाई नै अनिर्णयको बन्दी बनाएको छ । झण्डै एक महिनाअघि बोलाइएको संसद्को हिउँदे अधिवेसनको बैठक नै बस्न नसक्नुभन्दा अर्को लाजमर्दो अवस्था केही हुन सक्दैन ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया