काठमाडौं ।
देश यतिबेला डरलाग्दो आगलागीको चपेटामा परिरहेको छ । यसले जति धनजनको क्षति पु-याइरहेको छ त्योभन्दा झनै डरलाग्दो विषय आगलागी नभएको क्षेत्र समेत आकास धुँवाले ढाकिएर दिउँसै अँध्यारो हुनु र त्यो अवस्था हप्तौँसम्म रहनु । यो कुनै अनुमानको कुरा होइन । हावाहुरी चल्ने चैतको महिना कतै पनि हावा लागेन र यस्तो तुवालो महिनाभरि नै कायम रह्यो । यस्तो विपत्सँग लड्न सरकारको अलिकति पनि तयारी नहुनु झनै डरलाग्दो थियो । स्थिति कतिसम्म भने साढे सात सय स्थानीय तहमध्ये छ सयमा आगो निभाउने दमकल नै नरहेको अवस्था देखियो । सामान्यतया यो कुरा पत्याउन सकिँदैन तर सत्य रहेछ ।
प्रहरीमा रेकर्ड भएका तथ्यांकले नै देखाइरहेका छन् गएका तीन वर्षमा मात्रै पाँच हजार स्थानमा आगलागी, एक सय ५८ जनाको मृत्यु, आठ अर्बको क्षति भयो । आग्लागीको चपेटामा सबै प्रदेश परेका विवरणहरू आइरहेका छन् । मुलुकका सात प्रदेशमध्ये कुनै पनि प्रदेश आगलागीको जोखिमबाट मुक्त छैनन् । यसबाट मुलुकले वर्षेनी ठूलो जनधनको क्षति व्यहोरिरहेको छ । माथि उल्लिखित नेपाल प्रहरीमा रहेको रेकर्डअनुसार, पछिल्लो तीन वर्षमा देशभर पाँच हजार ६४ वटा आगलागीका घटना भएकामा तिनमा एक सय ५८ जनाको मृत्यु भएको र आठ सय ७१ जना घाइते भएका तथा दुई हजार पाँच सय घरमा क्षति पुगेको अवस्थाको चित्रले अवस्था कति भयावह रहेछ भन्ने आफैं बुझाउँछ ।
कुन वर्षमा कति क्षति भयो भन्ने हेरियो भने पनि क्षतिको यस्तो भयावह अवस्थाको पनि निरन्तरता पाइन्छ । जस्तो आर्थिक वर्ष २०७५/७६ मा दुई अर्ब ७८ करोड ८९ लाख, २०७६/७७ मा दुई अर्ब २१ करोड ५६ लाख र २०७७/७८ मा तीन अर्ब ४१ करोड ५४ लाख रुपैयाँबराबरको क्षति भएको छ । यता क्षतिको निरन्तरको अवस्था यस्तो छ भने उता रोकथामको तयारी र त्यसका लागि व्यवस्था पनि कस्तो छ भन्ने पक्ष योसँग जोडिन्छ । त्यो हेर्दा आफैँ आत्तिनुपर्ने हुन्छ ।
आगलागी नियन्त्रणका सन्दर्भमा देशभरिकै अवस्था केही अपवादबाहेक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेको रेकर्डअनुसार सात सय ५३ स्थानीय तहमध्ये छ महानगरसँग १९ वटा र बाँकी ७३ वटा नगरपालिकासँग ७३ वटा दमकल छन् । त्यसबाहेक ११ वटा उपमहानगरपालिकासँग दुईवटाको दरले २२ वटा दमकल छन् ।
मन्त्रालयको अभिलेखमा रहेअनुसार काठमाडौँमा चार, ललितपुरमा तीन, पोखरामा तीन, भरतपुरमा दुई, वीरगञ्जमा तीन र विराटनगर महानगरपालिकामा चारवटा दमकल छ, १२ उपमहानगरहरूमा पनि कम्तीमा दुई/दुई दमकल भए पनि सबै ठीक अवस्थामा छैनन्, बाँकेको नरैनापुरबाहेक चार सय ५९ वटा गाउँपालिका अहिले पनि दमकलविहीन रहेको अवस्था पाइयो । रिपोर्टमा आएअनुसार पनि दुई सय ७६ नगरपालिकामध्ये दमकल नभएका दुई सय तीन नगरपालिका छन् । दमकल नै नभएका नगरपालिका कस्ता होलान् अनुमान गर्न सकिन्छ । यही हो आगलागीको पिरलो र रोकथामका लागि कुनै तयारी नभएको अवस्था प्रकट भएको ठाउँ पनि । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया