काठमाडौं ।
सरकारले कोरोना महामारीका बीचमा पनि अर्थतन्त्र सुदृढ रहेको भनी दाबी गरिरहेकै बेला यथार्थ अवस्था भने त्यसको विपरीत देखिएको छ । प्रधानमन्त्रीले नयाँ वर्षमा दिएका सन्देशमा विकास निर्माणले धेरै नै ठूला–ठूला फड्को मारेको भन्ने उल्लेख छ । त्यो दिनको भाषण हेर्दा यत्तिको विकास यसअघि कहिल्यै नभएको भन्ने बुझिन्छ । यदि त्यस्तै हो भने यसले अन्य पक्षमा पनि प्रभाव पार्नुपर्ने हो तर त्यस्तो देखिएन । वेदेशिक लगानी घटेको छ ।
आन्तरिकरूपमा विकास निर्माणमा हुने खर्च पनि विगतको भन्दा बढेको छैन । कतिसम्म भने प्रत्यक्ष राजगारी दिने भनिएको ठाउँको रकम समेत दुई/तीन प्रतिशतभन्दा बढी खर्च हुनसकेको पाइएन । ११ अर्ब ६० करोड विनियोजन भएको थियो रोजगारी दिने कार्यक्रममा चालू वर्षका लागि । चालू वर्षको नौ महिनामा २९ करोड मात्रै खर्च भएको पाइयो । त्यही क्रममा व्यापारघाटाको डरलाग्दो चित्र प्रकट भएको छ जो राम्रो सङ्केत होइन ।
सार्वजनिक भएको पछिल्लो विवरणअनुसार नेपालको व्यापारघाटा निकै नै आपत्तिजनकरूपले बढेको पाइयो । प्रतिशतमा हिसाब हुँदा १२ दशमलव ४९ प्रतिशतले बढेको अवस्था प्रकट भएको छ । चालू आर्थिक वर्षको अहिलेसम्मको घाटा अंक १० खर्ब १६ अर्ब ६२ करोड रहेको पाइयो । निर्यात भने ९० अर्ब चानचुनको मात्र । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्कमा गत आवको भन्दा यो वर्ष घाटा बढेको हो । यसको अर्थ यो क्षेत्रमा गत वर्षको भन्दा घाटा झन् ओरालो लागिरहेको छ ।
अघिल्लो वर्षको यो अवधिमा नौ खर्ब तीन अर्ब ७१ करोडको घाटा थियो । विवरणमा बताइएअनुसार यस्तो घाटा बढाउनेमा भान्सामा चाहिने सामग्रीदेखि इन्धन, मेसिनरी सामग्री तथा हवाइजहाज तथा सवारीसाधनका पार्टपुर्जाहरू पर्छन् ।
भन्सार विभागको भनाइ छ निर्यात हुने सामान भने धेरै सस्ता छन् । जस्तो गलैँचा, चिया, कफी, धागो, तयारी कपडा, तरकारी तथा फलफूल र सुपारी, फलाम तथा स्टिल, हस्तनिर्मित राडीपाखी, टेक्सटाइल, थाङ्का कपडा, खाद्य तथा पशुदाना र भेजिटेबल, फाइबर आदि । मूल्यका हिसाबमा यी वस्तुले सन्तुलन कायम गर्न सक्तैनन् । त्यसैकारण पनि वस्तु निर्यात भएको जस्तो त देखिन्छ तर सन्तुलन भने हुँदैन ।
गएको यो नौ महिनाको अवधिमा पेट्रोलियम पदार्थ मात्रै एक खर्ब ४८ अर्ब ६३ करोडको आयात भयो फलाम र स्टिलजन्य सामग्री एक खर्ब आठ अर्ब ९७ करोड, विद्युतीय सामग्री ८२ अर्ब ७० करोड, अप्टिकल फाइबरहरू १५ अर्ब ६५ करोडको आयात गरिएको छ ।
पेट्रोलियम पदार्थ मात्रै एक खर्ब ४८ अर्ब ६३ करोडको आयात हुनु असन्तुलनको कारण हो भने त्यसमा कमी ल्याउन सरकारले के गरेको छ भन्ने प्रश्न उठ्छ र यही ठाउँमा हो सरकारले घाटा घटाउन प्रयास नै नगरेको भन्ने । बिजुली नेपालको उत्पादन हो । बिजुलीबाट चल्ने बाहनहरूले प्रोत्साहन पाए भने सबैभन्दा बढी मूल्यमा आयात हुने वस्तु केही हदसम्म रोक्न सक्छ । तर यता सरकारले भने त्यस्ता वस्तुहरूका आयातलाई निरुत्साहित गर्न अरु बाहनहरूभन्दा बिजुलीबाट चल्ने बाहनमा भन्सारदेखि सबै कुरा बढाइयो ।
चालू वर्षको बजेटको सबैभन्दा बढी विरोध भएको विषय थियो बिजुलीबाट चल्ने साधनमा भन्सार बढाइदिनु । व्यापारघाटामा सरकारको नीति नै सन्तुलनमा ल्याउने प्रकारको छैन भन्ने यो एउटा उदाहरण हो । यस्ता दर्जनौँ खोटहरू छन् व्यापारलाई असन्तुलन बनाउने । चिन्ताको विषय हो यस्ता खोटहरूमा कहिल्यै सुधार भएन । अघिल्ला समस्याबाट सिकेर त्यसमा सुधार गरिँदैन भने परिणाम सधैँ यस्तै रहने नै भयो ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया