काठमाडौं ।
सरकारले कोरोनालाई कसरी निम्ता दिइरहेको छ भन्ने कुरा मन्त्रिपरिषद्को एउटा निर्णय हेरे पुग्छ । १९ वैशाखको मन्त्रिपरिषद्को बैठकले वैशाख २३ गते राति १२ बजेदेखि लागू हुनेगरी भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय ग-यो । त्यसमा हाल नेपाल र भारतबीच भइरहेको एयर बबल अवधारणाअनुसारको उडानलाई हप्ताको ७ दिनबाट घटाएर दुई दिनमा झारिएको थियो । निहुँ जे होस् संसारभरिका उडान बन्द हुँदा भारतबाट भइरहेका उडान भने यथावत राखिएको अवस्थाको सूचना हो यो ।
सरकारले यस्तो निर्णय गरेको दिन भारत कोराना संक्रमणको भयावह अवस्थामा पुगेको थियो । संसार एकातिर र भारत एकातिरको अवस्था भएको थियो । त्यसै हप्ता अमेरिकाले आफ्ना नागरिकलाई भारत भ्रमणमा रोक लगाएको थियो भने कतैबाट भारतीय नागरिकलाई आफ्नो देश प्रवेशमा समेत रोक लगाएको थियो ।
यसबीचमा भारतीय उडानहरू संसारभरिका धेरै देशले अल्पकालीन नै भए पनि प्रतिबन्ध लगाएका थिए । त्यस्तो बेला नेपालले भने अरु देशका उडान बन्द गरेर भारतीय उडानलाई कायम राख्यो । विशेषज्ञले भने भारतीय उडान अविलम्ब बन्द गर्न बारम्बार ताकेता गरिहेका थिए ।
अर्को मन्त्रीहरूले जथाभावी बोलिदिँदा त्यस दिन सरोकारवालाहरूमा एकप्रकारले हाहाकार नै मच्चियो । त्यस दिनको मन्त्रिपरिषद्को निर्णय भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार दिउँसो उडान रद्ध गरिएका दिन र समयका बारे थप प्रस्ट पारेको थियो । सोअनुसार नेपाली समयअनुसार २३ गते बिहीबार राति १२ बजेपछि नेपाल आउने र नेपालबाट हुने सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडानमा र २० गते सोमबार मध्यरातदेखि आन्तरिक उडानमा रोक लगाइएको हो ।
यसअघि आइतबारको यो मन्त्रिपरिषद्को बैठक सकिएपछि नेकपा एमालेका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले २२ गते रातिदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय भएको जानकारी गराएका थिए । त्यसै दिन कृषि मन्त्री पद्मा कुमारीले भने भारतलगायतका अफ्रिका, ब्राजिल आदि केही देशका उडानमा मात्र प्रतिबन्ध लगाएको भनी जानकारी दिइन् । यो ठाउँमा एउटा विषय उडानका बारे तीन जना मन्त्रीका कुरा मिले तर प्रवक्तासम्मले दिएका जानकारी पछि झुटा साबित भयो ।
उड्डयनको नयाँ व्यवस्था गरिएको विषयले सरोकारवालाको ठूलो संख्या प्रभावित हुने भयो नै । साथै अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यसले खैलाबैला मच्चायो । यी उडानहरूले अरु क्षेत्रमा पनि प्रभाव पार्ने हुन्छ । यतिबेलाको अवस्था कुनै पनि उडानमा सिट पाएर मात्र हुँदैन अरु मापदण्ड पनि पूरा गर्नुपर्छ । जस्तो ४८ घण्टाको पीसीआर रिपोर्ट । यस्तो रिपोर्ट जुनसुकै ठाउँमा गराएर पनि हुँदैन । तोकिएकै ठाउँ र तोकिएकै बेलाको चाहिन्छ ।
अनुमान गरौँ उडानको २४ घण्टाको अन्तर प-यो भने यी सबै तारतम्य मिलाउन एउटा यात्रुले कस्तो हम्मे व्यहोर्नु प-यो होला तीन जना मन्त्रीले दिएको गलत जानकारीले ? २२ गते मध्यरात र २३ गते मध्यरात कुन हो भन्नेमा गलत सूचना प्रवाह गर्ने मन्त्रीहरूमा भने यस्तो गलत सूचना प्रवाह गरेकामा गल्तीको सामान्य बोध समेत भएको पाइएन । हेर्दा सानो कुरा लाग्ला तर यो शासकीय शैली वा शासन कसरी चलिरहेको छ भन्ने पछिल्लो पटकको यो उदाहरण उल्लेख्य छ । यस्ता कुरामा सरकार सच्चिनु जरुरी छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया