काठमाडौं ।
कोरोना संक्रमितको उपचारमा पहिले पनि सबैभन्दा अभाव भएको विषय थियो साधन सम्पन्नता । एउटा त अस्पतालमा शय्या पाउन मुस्किल र दोस्रो पाइहाले पनि त्यसमा अक्सिजनको अभाव हुनु । श्वासप्रश्वासमा सहयोग गर्ने भेल्टिलेटरको उपलब्धता पनि त्यस्तै थियो ।
सम्झना रहोस् पहिलो चरणको कोरोनाकालभरि यी दुई कुरा उपलब्ध हुनसकेकोे थिएन । कोरोनाको प्रारम्भिक उपचार भनेको अक्सिजन नै हो । त्यही कुराको अभाव यो दोस्रो चरणको महामारीमा पनि देखियो ।
यतिबेला कोरोना संक्रमितको उपचारमा सबैभन्दा बढी अभाव भएको वस्तु पनि यही देखियो र त्यसकै अभावमा अधकांशले ज्यान गुमाएका विवरण आइरहेका छन् । त्यसो हो भने भन्नैपर्छ बितेको पूरै एक वर्ष खासगरी कोरोना संक्रमणको उपचारमा चाहिने आधारभूत वस्तुको जोहो नै हुनसकेन ।
करिब एक करोडको लागतमा एउटा ठूला अस्पताललाई पनि पर्याप्त हुनेगरी अक्सिजन उत्पादन गर्न सकिने कुरा अहिले चार्चामा छ । तर त्यति पनि गरिएन । त्यसकारण यो भनेको सरकारले गरेको एउटा अपराधको कोटीमा गणना हुने काम भनी विज्ञहरूले बताएका छन् ।
छिमेकी देश भारतको एउटा उच्च अदालतले त यस्तो वस्तु उपलब्ध नगराउनु जानाजान नरसंहारको अपराध गरेको भनी फैसला नै सुनायो यही वैशाख २१ मा । भारतको इलाहावाद उच्च अदालतले यसै हप्ता अस्पतालहरूमा अक्सिजनको आपूर्ति हुन नसकेर कोभिड–१९ का बिरामीको मृत्यु हुनुलाई नरसंहारभन्दा कम मान्न नसकिने भनी फैसला सुनायो । यसले पनि बताउँछ यो अक्सिजन भनेको के रहेछ भन्ने कुरा ।
सार्वजनिक भएका समाचार विवरणअनुसार इलाहावाद उच्च अदालतले अक्सिजनको आपूर्ति नभएका कारणले मात्रै अस्पतालहरूमा कोभिडका बिरामीको मृत्यु हुनुलाई आपराधिक कार्य भनी किटान नै ग-यो । त्यस्तो आपराधिक कार्य अक्सिजनको नियमित आपूर्ति गर्ने जिम्मेवारी पाएका निकायहरूद्वारा भएको भन्ने पनि त्यो अदालतको ठहर रह्यो । यसका दोषी को हुन् त ? यो अदालतको त्यो फैसलाले यसको पनि जवाफ दिएको छ । त्यसमा भनिएको छ– ‘अस्पतालहरूमा अक्सिजनको आपूर्ति नभएका कारणले कोभिड बिरामीको मृत्यु हुनुलाई आपराधिक कार्यका रूपमा लिनुपर्छ ।
यो ती पदाधिकारीका लागि नरसंहारभन्दा कम होइन, जसलाई अक्सिजनको खरिद र आपूर्ति शृङ्खला सुनिश्चित गर्ने जिम्मेवारी दिइएको थियो । विज्ञानको क्षेत्रमा यति धेरै विकास भएर मुटु प्रत्यारोपण र मस्तिष्कको सर्जरीजस्ता जटिल उपचार सम्भव भएको अहिलेको समयमा हामी हाम्रा जनतालाई यसरी मर्न दिन कसरी सक्छौँ ?’
छिमेकी देश भारत यतिबेला संक्रमणबाट संसारकै सबैभन्दा बढी मृत्यदर भएको देशमा परेको छ । संक्रमणको विस्तार भन्ने हो भने प्रति १० लाखमा भारतमा भन्दा नेपालमा बढी हुनथालेको छ । स्वाभाविक छ त्यसले मृत्युदर पनि बढाउला नै । मृत्युदर एक्कासि बढ्नुको कारण अक्सिजनको आपूर्ति नहुँदाको अवस्था हो ।
भारतमा त्यस्तो अवस्था छ भने भारतबाट नेपलमा आयात हुने वा भइरहेको अक्सिजनको आपूर्ति कस्तो होला ? यो आफ्नै देशमा र जुनसुकै अस्पतालले उत्पादन गर्नसकने वस्तु हो । यसको कच्चापदार्थ भनेको हावा र पानी हो जो नेपालमै छ । यसको कारखाना खोल्न पनि करिब एक करोड जति भए पुग्नेरहेछ ।
यहीँनेर हो सरकार व्यवस्थापनमा चुकेको । त्यसै कारण पनि होला जुन देशको होस् अदालतले यति व्यवस्था नगर्नु नरसंहारलाई निम्त्याइएको भनी ठहर गरेको । यो ठाउँमा जसले पनि भन्नुपर्छ यस्तो नरसंहार बन्द गर ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया