काठमाडौं ।
देश यतिबेला कोरोना महामारीको चपेटामा छ । गएको एक महिनादेखि देशैभरि निषेधाज्ञा चलिरहेको छ । यो भनेको देशको कुनै पनि भू–भाग त्यस्तो छैन जहाँ महामारीले ग्रस्त नहोस् । हरेक नागरिक महामारीले ल्याएका विभिन्न समस्याबाट पीडित छन् । एउटा पीडा रोगको छ भने अर्को भोकको । त्यसमाथि जीवन जोगिने हो/होइन भन्ने चिन्ता अर्कातिर पहाड बनेर उभिएको छ । यो बेलासम्म राज्यले पीडितलाई राहतको महसुस गराउन सकेको छैन । देशभित्र रोजगारी छैन भने अर्कोतर्फ विदेश जाने बाटो पनि बन्द भएको छ । नीतिगत भएर हो वा केले हो आफ्नै भूमिबाट अरु देशका मान्छे भने रोजगारीकै लागि विदेश गइरहेका टुलुटुलु हेरिरहनुपरेको अवस्था झन् पीडादायक छ ।
त्यसै पनि निषेध भनेको समग्र गतिविधि ठप्प भएको अवस्था हो । सामान्यतया यो समय राज्यतहमा पनि यस्तो सुनसान रहने समय होइन । यतिबेला सरकारले प्रस्तुत गरेको नीति र कार्यक्रममा संसद्मा व्यापक बहस चलिरहेको हुनेथियो । तर यो वर्ष वैशाखको अन्त्यसम्मा पनि संसद् नै डाकिएन ।
विगतको उहाहरण हेर्ने हो भने वैशाखको अन्तिम साता सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएर त्यसले आउँदो वर्ष सरकारको गतिविधि कस्तो होला र देशले के उपलब्धि प्राप्त गर्ला भन्ने एउटा खाका आइसकेको हुनेथियो । आजको दिन संसद्मा धुमधामसँग प्री–बजेटमा छलफल चलिरहेको हुन्थ्यो । सरकारले निर्धारण गरेको प्राथमिकताले देशलाई हाँक्न सक्छ कि सक्तैन भन्ने बहस उच्चस्तरमा चलिरहेको हुनेथियो र चार दिनपछि आउने बजेटलाई त्यसले मार्गनिर्देश पनि गर्नेथियो । तर नियमित बजेट आउने समय अब चार दिन मात्र बाँकी छ ।
संविधानले जेठको १५ गतेभित्र बजेट घोषणा भइसक्नुपर्ने भन्ने दिन नै तोकेको छ । तर आजको मितिसम्म त्यसको चालचुल छैन । सरकार यसरी बसेको छ मानौँ देशमा केही भएकै छैन । न महामारी छ न त्यसको व्यवस्थापन गर्नुपर्ने दायित्व । संसद् भङ्ग गरिदिएपछि सबै कुरा आफैँ सेट हुँदै जाने भनेजस्तो अवस्थामा छ सरकार । देशमा भर्खरै चुनाव घोषणा भएको छ । एकातिर महामारीले दिनमा दुई/अढाई सयको मृत्यु भइरहेको अवस्था छ भने बजेट समेत के होला भन्ने अन्योल छ सबैतिर अवस्था छ ।
बजेटले महामारीले डुबाउन लागेको समाजलाई केही न केही राहत देला भन्ने अपेक्षा हुन्छ नै तर त्यो आफैँ अन्योलमा छ । उसँग स्रोत सीमित छन् र त्यो सीमित स्रोत पनि आफैँले बेला न कुबेला निम्त्याइएको चुनावमा लगाउनुपरेको छ भने त्यो बजेटले राहत देला भन्ने अपेक्षा गर्नु पनि बेकार छ । यसले आर्थिक गतिविधिमा निराशता उत्पन्न गर्छ । त्यसलाई चिर्न छिटोभन्दा छिटो बजेट आउनुपर्छ । यतिबेला बजेट के होला भन्ने अन्योल छ । दायित्वहरू बढाइएका छन । स्रोत भने झन्झन् साँघुरिँदै छन् । यसले देश कतातिर जाँदै छ भन्ने अन्योल पैदा गरेको छ । त्यसलाई सरकारले छिटोभन्दा छिटो प्रस्ट पार्न जरुरी छ ।
सरकारले धेरै कुरामा खेलाँची गरेको भन्ने आरोप लागि नै रहेको छ । महामारी रोकथामको व्यवस्थापनमा सरकार निरन्तर चुकेको अवस्थाले पनि धेरै कुरा बताउँछ । त्यस्तो बेलामा सरकारले बजेटबाट दिशा स्पष्ट पार्नुपर्छ । अनि मात्र विद्यमान समस्याले निकास पाउँछ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया