Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयनिर्वाचनको निष्पक्षतामा प्रश्न नउठोस्

निर्वाचनको निष्पक्षतामा प्रश्न नउठोस्


काठमाडौं ।
देश यतिबेला महानिर्वाचनको मुखमा छ । कात्तिक अन्तिम र मंसिर पहिलो साता निर्वाचनको मिति तोकिएको छ । अहिलेसम्मका विवरण हेर्दा कुनै ठूलो प्राकिृतिक विपत् नआएमा यो निर्वाचन समयमा नै हुन्छ, यद्यपि शंका गर्ने ठाउँ भने प्रशस्त रहेका छन् । त्यसको निवारण सरकारले गर्नुपर्ने हुन्छ । त्यस्तो शंकाको निवारण गर्नुपर्ने काम सरकारको हो जसले यो निर्वाचनलाई नै उचित निकास भनिरहेको छ । निर्वाचनको यो अभ्यास पाँच महिनाबीचको दोस्रो हो । पुसमा पनि यस्तै घोषणा भएको थियो जसलाई असंवैधानिक भनेर अदालतले रोकिदियो र दोस्रो पटक पनि फेरि त्यो त्यसरी नै चुनावको घोषणा भएको अवस्थाको संवैधानिक कसीमा परेको छ ।

यो भनेको सरकार र संविधानको कुरा हो । यो आफ्नो प्रकारले गति लेला । सरकारको काम निर्वाचन घोषणा गर्ने र अदालतको काम संविधानअनुकूल छ छैन भन्ने हेर्ने हो । निर्वाचनको कुरा उठ्दा अदालतबाहिर राजनीतिक दल र त्यससँग जोडिएका निकायहरूको चर्चा हुन्छ जसमा निर्वाचन आयोग प्रमुख हो । एउटा निर्वाचनको निष्पक्षताका लागि र अर्को दलहरूको आधिकारिकताका बारे निर्णय गर्ने निकाय यही हो । त्यसकारण जब–जब निर्वाचनको प्रसङ्ग चल्छ यो निकायको भूमिकाबारे चर्चा सुरु हुन्छ ।

निर्वाचनको सन्दर्भ चलिरहँदाको समयमा आयोगले निष्पक्षता अपनाएको भन्ने महसुस भएको थिएन पहिले पनि । त्यसमध्येको एउटा काम हो सत्तारुढ पक्षलाई फाइदा हुनेगरी निर्णय नरिनु । त्यसको चर्चा पहिलो निर्वाचनको घोषणा भएर अदालतले त्यसलाई नरोकेका बेलासम्म चलि नै रह्यो । पछिल्लो समय फेरि अर्को निर्वाचनमा त्यस्तै सत्तारुढ पक्षलाई साथ दिएको भन्ने चर्चा आएको छ जनता समाजवादी पार्टी (जसपा)का दुई अध्यक्षबीचको सन्दर्भमा । केही पहिले यी दुवै अध्यक्षले एकअर्कामाथि कारबाही गरेका थिए । यो ठाउँमा कसै न कसैको त गल्ती थियो होला तर आयोगको निर्णय आयो– विधानसम्मत नदेखिएकोले यो कारबाही अभिलेखीकरणका लागि स्वीकार हुँदैन । यसमा बाहिर आएअनुसार खोट सत्तापक्षको थियो भन्ने छ ।

किनभने सत्तापक्ष अल्पमतमा रहेर आयोगले नै मागेको कागजपत्र अर्थात् बुहमतको निर्णय जुटाउन नसकेको भन्ने बाहिरको बुझाइ हो । यसमा आयोगको पछिल्लो बैठकले यसअघि सत्तारुढ पक्षलाई सहज हुनेगरी त्यसबेला जस्तो निर्णय आयो अहिले त्यही शैलीमा राजनीतिक दलभित्रको विवादमा निर्णय दिन अस्वीकार गरेको भन्ने आरोप छ । यसअघि पनि सत्तारुढ दलभित्र नै दुई अध्यक्ष रहेको पक्षले पनि यसैगरी कारबाहीका लागि अनुरोध गर्दा आयोगले अभिलेखीकरण गर्न अस्वीकार गरेको अवस्था प्रकट भएको थियो । यसले सत्ता चलाइरहेको पक्षलाई फाइदा भएको भन्ने कुरा आयो ।

जब कुनै राजनीतिक दलको कुनै सदस्यलाई त्यो दलबाट साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको अवस्था आउँछ र त्यस्तो कारबाहीको विवरण आयोगमा पुग्छ भने त्यही ठाउँमा हो सम्बन्धित निकायले निर्णय गर्नुपर्ने पनि । यो ठाउँमा कुनै एक जना त दोषी हो नै । यसमा जानकारी पनि नभएको होइन । त्यसैबेला आयोगको दर्ता किताबमा अभिलेखीकरणका लागि अनुरोध गरेका थिए यी दुवै पक्षले । तर दुवै पक्षको माग राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधानसम्मत नभएको भन्दै यस्तो निर्णय भयो, कारबाही गर्ने र कारबाहीमा पर्ने सबै समान भए ।

यसले चिन्न्ता कहाँनेर जन्मायो भने महानिर्वाचनका बेला पनि यस्तै कसैलाई फाइदा पु¥याउन अनिर्णय नै भइरहने र फेरि कसैलाई फाइदा पु-याउँदै अतिशीघ्र निर्णय भइरहने हो कि भन्ने शंका गराउँछ । स्वतन्त्र निकायका लागि यो राम्रो होइन । त्यसमा पनि निर्वाचन नजिकै आइरहेको बेलामा त यस्ता संस्थाबाट जनविश्वास उड्यो भने त्यो देशकै लागि घातक हुन्छ । सम्वन्धित निकायले ध्यान दिनुपर्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x