काठमाडौं । अघिल्लो वर्ष प्रधानमन्त्री निवासबाट निर्देशित भएर संघीय संसदका सांसद अपहरणमा परेका घटना चर्चामा आयो । त्यसबेला प्रधामनमन्त्रीकै निर्देशनमा तराईतर्फका एक सांसद अपहरणमा परेका भन्ने थियो जो पछि प्रहरीमा उजुरी परेर पनि सत्ताका आडमा सामसुम भयो । यो ०७७ को प्रारम्भको कुरा हो । त्यसको एक सवा वर्षपछि प्रदेशसभाका सांसद त्यहीँका मुख्यमन्त्रीको निर्देशनमा अपहरणमा परेर पाँच दिनसम्म मुख्यमन्त्रीकै निवासमा बन्धक बनाइएको भनी पीडित सांसद आफैँले पत्रकार सम्मेलनमार्फत सार्वजनिक भएको अवस्था छ । त्यसमाथि पछिल्लो समयको यो बन्धक महिला सांसदको भयो । त्यसमा अझ राज्यले संरक्षण दिनुपर्ने एकल महिला ।
यो लुम्बिनी प्रदेशसभा सदस्य विमला वली खत्रीको सन्दर्भ हो । यी महिला सांसद साउन १५ देखि सम्पर्कमा नरहेको भनी उनको दल माओवादीले त्यस बेलादेखि बताइरहेको थियो । यो समाचार सार्वजनिक भइरह्यो तर आफ्नो निवासमा रहेकी यी सांसदबारे मुख्यमन्त्रीको निवास र कार्यालयले आफ्नो निवासमा रहेको भनी कतै जानकारी गराएन । साधारण नागरिक बेपत्ता भएको समाचार आउँदा त यो कार्यालयले जवाफ दिनुपर्ने हुन्छ भने मुख्यमन्त्रीकै गृहजिल्लाकी जनप्रतिनिधिको बेपत्ताको कुरा आउँदा यतिका दिनसम्म यो कार्यालय किन मौन बस्यो भन्ने प्रश्न उठ्छ नै ।
आफ्नो दलको सम्पर्कमा आउन नसकेकी यी सांसदको आफ्नै मुखले दिएको बयान अनुसन्धानका लागि एउटा ठूलो आधार हुनसक्छ । उनले आफू साउन १५ गते उपचारका लागि नेपालगञ्ज जाने तयारीमा रहेका बेला लुम्बिनी प्रदेशसभाका मुख्य सचेतकलगायतको टोलीले आफ्नो घरमा आई माओवादी केन्द्र छोडेर एमाले रोज्न दबाब दिएका कुरा बताएकी छिन् । उनी नेकपाबाट चुनाव जिते पनि पछि यी पार्टी दुईवटा भएपछि माओवादी रोजेर गएकी सांसद हुन् । त्यसक्रममा आफूले त्यो शर्त नमान्दा अर्थात् एमाले हुन नमान्दा मलाई पार्टीले कारबाही गर्न लागेको जानकारी दिइयो । त्यसपछि आफूहरू पनि नेपालगञ्ज जानलागेको भन्दै आफूलाई पु¥याइदिने भन्दै गाडीमा हालियो र मुख्यमन्त्रीले भेट्न खोज्नुभएको छ, बुटवल पुगेर भेटेर फर्किनुहोला भन्दै उता लगियो । उनले यही बेलादेखि आफू बन्धकमा परेको जानकारी गराएकी छिन् ।
उनका शब्दले यो घटनाको थप वर्णन हुँदा उनलाई बलपूर्वक त्यहाँ रख्ने र कागज गराउने काम भयो । नेपालगञ्जका लागि हिँडाइएकोमा बलपूर्वक बुटवलस्थित मुख्यमन्त्री निवासमा पु-याइयो र मुख्यमन्त्रीबाट दबाब र प्रलोभन दिन थालियो । त्यही क्रममा तीनवटा माइन्युटमा हस्ताक्षर गर्न लगाइयो । पहिला अस्वीकार गरे पनि त्यहाँबाट निस्किन पाइने विश्वासमा मैले माइन्युटमा नपढी हस्ताक्षर गरिदिएँ ।
अपहरणको आरोप लागेको पात्र महिला हुन् र त्यसमाथि एकल । यस्तो व्यक्तित्वले प्रदेशको प्रमुख नै लागेर दिइने दबाब अनुसन्धानकै क्रममा पनि कायम होला । यो काममा सबैभन्दा चर्चित पात्र हुन् यो प्रदेशका मुख्यमन्त्री । सांसदको यो एउटा संख्याले उनको पद नै यतिबेला धरापमा परेको अवस्था छ । यी सांसद यता आउँदा उनलाई फाइदा र अन्यत्र जाँदा नोक्सान हुने अवस्था छ । आफ्नो पदलाई जोगाउनकै लागि यी सबै प्रपञ्चहरु भएका भन्ने घामजत्तिकै छर्लङ छ । त्यसकारण अनुसन्धान गर्दा अपहरणमा परेकी यी पात्रमाथि दिइने दबाबको समुचित ख्याल राख्न जरुरी हुन्छ । पाँच दिनसम्म आफ्नो निवासमा बन्धक बनाउनसक्ने शासकले जे पनि गर्छन् भन्ने तहबाट पक्षलाई सुरक्षा दिन जरुरी हुन्छ । अनुसन्धान हुँदाको क्षणमा त्यो कुरामा ख्याल राखियोस् !
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया