Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयखोप पाउनभन्दा प्रमाण लिन गाह्रो

खोप पाउनभन्दा प्रमाण लिन गाह्रो


काठमाडौं । पछिल्ला तीन/चार हप्ता राजधानीका केही अस्पतालहरूमा ठूलो भीड देखिन थालेको छ । जो पहिले कोरोनाको परीक्षण प्रमाणपत्र लिनका लागि सम्बन्धित अस्पतालअघि दुई दिनदेखि लाइन लाग्थ्यो । त्यसको कारण थियो सरकारी अस्पतालमा निःशुल्क परीक्षणको व्यवस्था हुनु र त्यो एउटै मात्र अस्पतालबाट त्यस्तो सेवा दिइनु । त्यो परीक्षण प्रमाणपत्र सम्बन्धित सरोकारवालाले आफू संक्रमित भए/नभएको जान्ने इच्छाबाट होइन उनीहरूले आफूले भाडामा लिएको डेरामा प्रवेश गर्न आवश्यक भएपछि यसरी सडकबास रोजेका थिए ।

त्यसपछि सुरु भएको हो यो खोपको प्रमाणीकरणको लाइन । खोपको यस्तो प्रमाणीकरणका सडकमा ओछ्यान लगाएर पनि कतिपयका टिकट छुटे भने कतिपयका सम्झौता नै । उडानअघि परीक्षण गनुपर्ने बाध्यता र यता त्यस्तो खोपको प्रमाणीकरण हुन लाइनमा बस्दा बस्दै परीक्षणको समय नै सकिएका पिरलो आइपरेका थिए । कतिपय अवस्थामा अर्को परीक्षण गर्दा पोजेटिभ देखिएका घटना पनि यो बीचमा देखिए । त्यसले गन्तव्यन रोकिदिएको अवस्था निश्चय नै सामान्य होइन जो नागरिकले भोगे र भोगि नै रहेका छन् ।

जहाँ जसले खोप दिएको हो त्यो ठाउँमा नै यस्तो कार्ड वितरण गरिदिएको भए यस्तो समस्या हुने थिएन । राज्यको अव्यवस्थाका कारण नागरिकले कसरी दुःख पाइरहेका छन् भन्ने यो पछिल्लो उदाहरण हो । पहिलोे त खोप दिइँदाको ठाउँमा नै सम्बन्धित सरोकारवालालले आफ्नाबारे सरकारले दिएको परिचयपत्रअनुसार परिचित गराउनुपर्छ । त्यसका आधारमा उसको खोपको परिचयपत्र दिइन्छ । दुई मात्रा दिनुपर्ने प्रकारकको खोपमा पहिलो मात्राको त्यस्तो परिचयपत्र अनिवार्य हुन्छ । त्यो परिचयपत्र मुद्रण भएर आएको प्रकृतिको छ । त्यसो भए त्यसको मुद्रणमा नै त्यसको पूर्ण परिचय अर्थात् खोप केन्द्रबाटै खोप दिएको प्रमाणित हुने परिचयपत्र बनाउन सकिँदैन थियो ? अंग्रेजी भाषा चाहिने थियो भने त्यो पनि त मुद्रणका क्रममा विवरण बनाउने र थोरै अक्षर भरे पुग्ने गरिदिएको भए आफ्ना नागरिकले यस्तो दोहोरो पीडा भोग्नुपर्ने थिएन । यो भनेको राज्यको जिम्मेवार ठाउँमा रहेकाहरूको सोचाइयको दरिद्रता भने पनि हुन्छ । सजिलोसँग सेवा दिनुपर्छ भन्ने सोचाइ नै नभएपछि उब्जिने समस्या हुन् यस्ता घटना । सरकार भन्ला नेटमा फारम भरे हुन्छ । तर खासगरी विदेशमा रोजगार गर्न जानेहरूका लागि यस्तो अनलाइन कसरी उपलब्ध हुन्छ भन्ने पनि त हेक्का राख्नुपर्ने हुन्छ ।

एउटा त खोप पाउन नै गाह्रो छ । पाइहाले त्यसका लागि कष्टपूर्ण लाइन बस्नुपर्ने हुन्छ । त्यसपछि प्रमाणीकरणका लागि रातै बिताउनुपर्ने लाइन । यो लाइनको कुरा आफ्नो ठाउँमा छ । त्यसले कोरानाको संक्रमण फैलायो भने त्यसको दोषी को हो ? यस्ता लाइनका तस्बिरहरू हेरियो भने यी ठाउँ नै संक्रमणका केन्द्रमा परिणत भएका हुन्छ । घन्टौँसम्म सम्बन्धित व्यक्तिको भौतिक उपस्थितिलाई अनिवार्य बनाइन्छ भने त्यसले दिने परिणाम त यस्तो हुन्छ नै । सरकार नागरिकको सेवा गर्न चाहन्छ भने यस्ता कुरामा सोचोस् । यी फजुलमा दिइएका दुःखका कुरा हुन् । संसारमा मान्छेको भौतिक उपस्थितिलाई कम गरिरहिएको बेला त्यस्तो भीड बढाउनु निश्चय नै राम्रो होइन । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x